नेपाल पत्रकारको बार्षिक साधारण सभा सम्पन्न, शाखा सदस्यहरूलाई सम्मान तथा पुरस्कार प्रदान

निर्मल बस्नेत
१० जेठ , चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको ३० औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । बार्षिक साधारण सभाको अवसरमा शाखामा रहेको पत्रकारहरुलाई विविध नामको सम्मान एवं पुरस्कार प्रदान गरिएको थियो ।

जिल्ला शाखाको बार्षिक साधारण सभामा २ लाखको कल्याणकारी कोष स्थापना गर्ने घोषणा गरिएको छ । कोषबृद्धि गरि यो कार्यकालमा १० सम्मको कोष निर्माण गर्ने लक्ष्य लिएको अध्यक्ष दंगालले बताए । ३ वर्षे कार्यकाल क्षमताको विकासको वर्षको रुपमा लिएको समेत जानकारी गराए ।

साधारण सभाकै अवसर पारि जिल्लामा कार्यरत पत्रकाहरुलाई सम्मान एवं पुरस्कृत गरिएको छ । यसरी सम्मानित हुनेहरुमा सिन्धु पत्रकारीता सम्मानबाट पूर्व अध्यक्ष पवित्रकुमार खड्का, इश्वरीमान श्रेष्ठ र राम केशी स्मृति पत्रकारीता सम्मानबाट फोटो पत्रकार तथा जिल्लाको पहिलो टेलिभिजन जुगल टिभीका सञ्चालक होमनाथ कट्टेल किशोर र सिन्धु शाखाका पूर्व उपाध्याक्ष एवं राष्ट्रिय परिषद सदस्य ज्ञानेन्द्र प्रसाद तिमल्सिना, कञ्चन ज्ञानेन्द्र स्मति पुरस्कार शाखा समितिका पूर्व सदस्य एवं सिन्धुज्वाला साप्ताहिकका सम्पादक दिनेश दुलाल, दुर्गा प्रसाद श्रेष्ठ स्मृति पत्रकारीता पुरस्कारबाट कान्तिपुर टेलिभिजनमा कार्यरत रुपक कोईराला सम्मातित भएका हुन् ।

त्यस्तै रामप्रसाद घिमिरे स्मृति पत्रकार पुरस्कार न्युज २४ मा कार्यरत जगन्नाथ दुलाल, कृष्णष्णमाया घिमिरे स्मृति पुरस्कारबाट शर्मिला ठकुरी, नानीराम नेपाल स्मृति क्रियाशिल युवा पत्रकारीता पुरस्कार चित्र मिजार र जुगल नमोदित पत्रकारीता पुरस्कारबाट कान्तिपुर दैनिक जिल्ला संवाददता अनिष तिवारी, साथै सर्वपक्ष युवा पत्रकारीता पुरस्कारबाट नमोबुद्ध एफएम तथा मिलिजुली डटकमका प्रकाश सुन्दास सम्मानित भएका हुन् । उनीहरुलाई सम्मानको साथमा जनही ५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।

उनीहरुलाई सम्मान चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाको हातबाट प्रदान गरिएको हो ।
साधारणसभा कार्यक्रका प्रमुख अतिथि सापकोटाले शक्ति सम्पन्न राष्ट्रहरुको होटबाजीका कारण राष्ट्रिय राजनीतिमा संकट पैदा भएको तर्क गरे । यस विसम परिवेशमा छिमेकी राष्ट्र र सेना प्रहरी र सरकारको भुमिका कस्तो हुन्छ भन्ने कुरामा आम नागरिकहरुको चासो बढेको बताए ।

नगरप्रमुख सापकोटाले सरकारले सामान्य कुरामा पनि अंकुश लगाएकोप्रति आपत्ति जनाए । बर्तमान सरकार जनउत्तरदायी बन्नुको सट्टा जनताको हकअधिकार र कानुनी दायित्वमाथीसमेत धावा बोलेको आरोप लगाए ।

कार्यक्रमका विशेष अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय कोषध्यक्ष रामकृष्ण अधिकारीले भने “७२ वर्षभन्दा बढी समय व्यतित गरेको अगुवा नागरिक संस्था पत्रकार महासंघ भएको तर्क गरे । ” नागरिक अधिकार र गणतन्त्रको स्थापना गर्न दलहरुको भुमिका र नागरिक आन्दोलनको संयोजन पत्रकार महासंघले गरेको समेत बताए । बर्तमान सरकारले सरकारी बिज्ञापनमा लगाएको रोक संघियताको मर्म विरोधी भएको भनि आपत्ति जनाए ।

उनले सञ्चारमैत्री कानुन निर्माण होस् भन्ने चाहना र कामना हुदाहुँदै सरकारले सुचनामा बन्देज लगाएर निरंकुशता लादेको भनि खेद व्यक्त गरे । देशैभरी हस्ताक्षर गरिरहेको भन्दै राष्ट्रिय अन्तराट्रिय फोरमहरुमा बहस चलाएर सरकारलाई दवाब सिर्जना गरेको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले संविधानको रक्षा गर्दै नागरिकको अधिकार सवालमा वकालत गर्दै आएको महासंघको गतिविधिको खुलेर प्रशंसा गरे ।
उनले महासंघले राज्य, सरकार र नागरिकको संयुक्त प्रयासबाट मात्र सुशासन र पारदर्सिता कायम गरि विस्वाससहित बलियो राज्य निर्माणमा भुमिका खेल्न पर्नेमा जोड दिए ।

वागमती प्रदेश सरकारका प्रेस रजिष्टार रेवती सापकोटाले डिफेगको समस्या बढ्दै गएको खतरा औल्याए । सरकारसंग आधिकारीक साईवर कानुन नभएकोले पनि झन समस्या निम्तन सक्ने बताए । उनले त्रृmतिमता भन्दा पनि सिर्जनात्मक र खोज पत्रकारीता गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

संस्थापक संयोजक विष्णु न्यौपानेले समाजले प्रश्न गर्ने स्थानमा पत्रकार रहनुभएन भन्ने धारण व्यक्त गरे । महासंघ सिन्धु शाखा स्थापना कालका संयोजक न्यौपालेले आफुले रोपेको विरुवामा सुन्दर फुल फुलेको भनी गर्व गरे । न्यौपानेले पत्रकार कल्याण कोषमा ५ हजार प्रदान गर्ने घोषणा गरे । उनले अर्को वर्षबाट १५ हजार ५ सय ५५ रुपैकोको पुरस्कार कोष स्थापना गर्ने बचन दिए । उक्त पुरस्कार आफु विवित रहँदा सम्म निरन्तरता दिने समेत प्रतिबद्धता जनाए ।

पुरस्कृत हुनेहरको तर्फवाट बोल्दै पूर्व अध्यक्ष पवित्रकुमार खड्काले घुँडामाथी पेपर राखेर टुडिखेलमा बसेर सिन्धुको पत्रकारीताको इतिहास सम्झीए । पहिले गलत पक्षको विरोध गर्दै खवरदारी गदै संस्थागत विकासमा लागेकोले पेशाको मर्यादा राख्ने गतिविधि गर्न महासंघलाई आग्रह गरे ।

इन्सेक प्रतिनिधी नातीबाबु धितालले पत्रकार महासंघको विरगाथा सवैले मनन गर्न योग्य रहेको बताए । उनले आगामी निहरुमा महासंघ नागरिकको अगुवाई गर्ने दिशामा अग्रसर रहोस् भन्ने कामना गरे ।

आइतबार चौतारामा सम्पन्न बार्षिक साधारणसभामा सचिव टीका सुवेदी र कोषाध्यक्ष दीपक खत्रीद्धारा प्रस्तुत संस्थागत र आर्थिक प्रतिवेदन बहुमतले पारित गरिएको थियो । महासंघको अध्यक्ष ध्रुव दंगलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिपक अर्यालले स्वागत मन्तव्य व्यक्त गरेको थियो ।

शाखा सदस्यहरु र आमन्त्रीतहरुको सहभागितामा सम्पन्न साधारणसभामा उपस्थित महासंघको सदस्यहरुलाई पत्रकारीता सम्वन्धि पुरुतक र रिपार्टिङमा सञ्चार सामग्री बोक्ने झोला समेत वितरण गरिएको थियो । अतिथीहरुलाई भने मायाको चिनो समेत प्रदान गरिएको थियो ।