असार ९, २०८३

सिन्धुपाल्चोकमा २ करोड ६९ लाख बढीको अवैध भेपसहित एक जना पक्राउ

असार ९ चौतारा, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रहरीले तातोपानी नाकाबाट भन्सार छली गरी अवैध रूपमा काठमाडौंतर्फ लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणको विद्युतीय चुरोट (भेप) सहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रबिसे नगरपालिका–३ खाडलस्थित सडक खण्डमा गस्तीमा रहेको प्रहरी टोलीले शंकास्पद बोलेरो गाडीलाई जाँच गर्ने क्रममा उक्त अवैध सामान बरामद गरेको हो […]

‘एक जिल्ला स्वास्थ्य सहर’ र ‘एक स्थानीय तह एक नमुना स्वास्थ्य कार्यक्रम’ प्राथमिकतामा

असार ८, चौतारा, सिन्धुपाल्चोक । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सोमबार सञ्चारकर्मीहरूसँग एक परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/२०८३ को स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू तथा विगतको प्रगति समीक्षाका विषयमा जिल्लामा उपलब्ध पत्रकार तथा सञ्चारकर्मीहरूसँग उक्त अन्तरक्रिया गरिएको हो । बागमती प्रदेश सरकारको महत्वपूर्ण कार्यक्रम […]

बाँदर धपाउन थापेको करेन्टको पासोमा परेर सिन्धुपाल्चोकमा किसानको मृत्युः

राज्यको उदासीनता र किसानको बाध्यताको एउटा दुःखद परिणाम असार ६, मेलम्ची, (सिन्धुपाल्चोक) । २०८३ बाँदरको आतङ्कबाट आजित भई अन्नबाली जोगाउन खेतमा थापेको विद्युतीय पासो (करेन्ट) मा परेर सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१० बगुवाका ६६ वर्षीय किसान भीमप्रसाद दुलालको दुःखद निधन भएको छ । खेतमा धानको बीउ राख्न जाने क्रममा आफ्नै खेतबारीमा बाँदर धपाउन राखिएको करेन्टको पासोमा […]

भक्तपुरमा रामशेखर नकर्मीका ख्यालःहरू सम्बन्धी तीन दिने कार्यशाला सम्पन्न

भक्तपुर, ६ असार । वरिष्ठ नाट्यकर्मी, लेखक तथा निर्देशक रामशेखर नकर्मीका ख्यालःहरूमाथि केन्द्रित तीन दिने कार्यशाला शनिबार भक्तपुरमा सम्पन्न भएको छ। नाट्यकर्मी समाज नेपालको आयोजनामा भएको उक्त कार्यशाला गत असार ४ गतेदेखि सुरु भएको थियो । कार्यशालाको समापन तथा सान्दर्भिकता बारे मुख्य बुँदाहरू यस प्रकार छन्:जनमुखी साहित्यमा जोड: उद्घाटन समारोहका प्रमुख अतिथि एवं बागमती प्रदेश […]

महेन्द्रोदय माविलाई उद्यमी मोहनविक्रम कार्कीद्वारा बस खरिदका लागि ३५ लाख रुपैयाँ सहयोग

दिनेश दुलाल असार ७ (२०८३), सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका वडा नम्बर ६ निवासी प्रतिष्ठित उद्यमी तथा आदरणीय समाजसेवी मोहनविक्रम कार्कीले महेन्द्रोदय माध्यमिक विद्यालयका लागि ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । विद्यालयमा थप एक थान स्कुल बसको आवश्यकतालाई महसुस गर्दै महेन्द्रोदय मावि पूर्व विद्यार्थी समाजका वरिष्ठ उपाध्यक्ष समेत रहेका कार्कीले उक्त रकम सिधै विद्यालयको […]

भोताङमा वडास्तरीय विद्यालय वार्षिक उत्सव: सगरमाथा आरोहीदेखि उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

असार ५, थाङपालधाप (सिन्धुपाल्चोक) ।पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ३, भोताङमा वडास्तरीय विद्यालय वार्षिक उत्सव, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। भोताङ वडा कार्यालयको आयोजना तथा पाँचपोखरी सिकाइ केन्द्र र सेरेचु बरलो साना किसान कृषि सहकारी संस्था लिमिटेडको सह–आयोजनामा शुक्रबार एक विशेष समारोहका बीच कार्यक्रम सम्पन्न भएको हो । सगरमाथा आरोही […]

तातोपानी भन्सार गोदाममा रासायनिक मल कुहिँदै, उता खेतबारीमा हाल्न पाएनन् जनताले

असार ५ (२०८३), तातोपानी । सिन्धुपाल्चोकको तातोपानी सुख्खा बन्दरगाहस्थित लार्च भन्सार कार्यालयको गोदाममा करिब १५ सय मेट्रिक टन युरिया मल अलपत्र अवस्थामा थन्किँदा कुहिने जोखिम बढेको छ । किसानले समयमा मल नपाएर हाहाकार मच्चिरहेका बेला भन्सार क्षेत्रमा भने आयात गरिएको रासायनिक मल लामो समयदेखि जाँचपास हुन नसकी थन्किएको हो । ३५ सय मेट्रिक टनमध्ये २१ […]

‘सबैको पहुँचमा बजेट’ –मेयर तामाङ

दिनेश दुलाल असार ४, मेलम्ची, (सिन्धुपाल्चोक) । मेलम्ची नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम तर्जुमा गर्दा समाजका सबै वर्ग, क्षेत्र र लिङ्गको वास्तविक आवश्यकतालाई उच्च प्राथमिकतामा राख्ने भएको छ । मेलम्ची नगरपालिकाका मेयर आईतमान तामाङले सबैको प्रतिनिधित्व हुने गरी बजेट विनियोजन गरिने प्रतिबद्धता जनाएका छन् । नगरपालिकाको आयोजनामा बजेट, नीति तथा कार्यक्रम निर्माणका […]

पाँचपोखरी थाङपाल र इन्द्रावती गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

असार १, मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिका भित्रका लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष टासी लामाको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय […]