असार १८, २०८३

नगर प्रमुख आइतमान तामाङद्वारा मेलम्चीमा भूमि व्यवस्थापन कार्यालयको उद्घाटन, जग्गासम्बन्धी समस्या अब स्थानीय तहबाटै समाधान हुने

दिनेश दुलाल असार १७, मेलम्ची (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले एक विशेष समारोहका बीच नगरपालिकामा नवनिर्मित भूमि व्यवस्थापन शाखा (कार्यालय) को औपचारिक उदघाटन गरेका छन् । यो कार्यालयको शुभारम्भसँगै अब मेलम्ची र आसपासका नागरिकले जग्गा तथा भूमि सम्बन्धी एकीकृत सेवा स्थानीय तहबाटै सहज रूपमा पाउने भएका छन्।यसअघि जग्गासम्बन्धी प्रशासनिक काम, नापी, […]

मेलम्ची नगरपालिकाको २१ औँ नगरसभा सम्पन्न, १ अर्ब ६५ करोड ६३ लाखको बजेट सार्वजनिक

असार १७, मेलम्ची । मेलम्ची नगरपालिकाको २१ औँ नगरसभा सम्पन्न भएको छ । सभाबाट १ अर्ब ६५ करोड ६३ लाखको बजेट पारित गरिएको छ । बुधबार सम्पन्न भएको मेलम्ची नगरपालिकाको २१ औँ नगरसभामा आर्थिक वर्ष २०८३÷८४ का लागि रु. १ अर्ब ६५ करोड ६३ लाख २६ हजार २ सय २२ बराबरको बजेट सार्वजनिक गरेको हो […]

जलवायुमैत्री प्रविधिमार्फत धानमा आत्मनिर्भरता अभियान, हेलम्बुमा २३ औँ धान दिवस मनाइयो

असार १५ (२०८३), हेलम्बु । “स्थानीयको अगुवाइमा अनुकूलनका असल अभ्यास प्रवद्र्धन कार्यक्रम अन्र्तगत “ जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नारासहित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर ६ थापाटारमा सम्पन्न भएको छ । इच्छेश्वरी महिला बचत तथा कृषक समूहको आयोजना, हेलम्बु गाउँपालिकासँगको समन्वय,जष्ट नेपाल फाउन्डेसनको आर्थिक सहयोग […]

सिन्धुपाल्चोकको ठुलोसिरुबारीमा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न (नयाँ प्रविधिसहित)(फोटो फिचरसहित)

दिनेश दुलाल असार १५ (२०८३), चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३, ठुलो सिरुबारीस्थित मार्से खोलामा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ भव्य रूपमा सम्पन्न भएको छ । ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा र समृद्धि’ भन्ने मूल नाराका साथ यस वर्षको धान दिवस मनाइएको हो । उक्त विशेष […]

मुस्कान गिरीको नेतृत्वमा कालिदेवीको नयाँ विव्यस गठन

निर्मल बस्नेत १४ असार, कदमबास । कालिदेवी माध्यमिक बिद्यालयमा अभिभावकहरुको एक भेलाले मुस्कान गिरीको नेतृत्वमा नयाँ समिति गठन गरेको छ । अभिभावकहरुको भेलाबाट सर्वसहमतिले उक्त समिति गठन भएको विद्यालयका प्रधानाध्यपक संजिव तामाङले जानकारी दिए । चौतारा साँगाचोकगढी नगरपालिका ९ को २ वटा माध्यमिक बिद्यालय मध्ये एक हो कालिदेवी । अर्को विद्यालय गोल्मादेबी माविले अघिल्लो हप्ता […]

सहायक सामग्री पाएपछि अपाङ्गता भएकाहरुमा छायो खुसी निर्मल बस्नेत

असार १०, बलेफी । दैनिक जीवनयापनका क्रममा कष्ठ झेलिरहेका सिन्धुपाल्चोकका ४४ जना अपाङ्गता भएका व्यक्तिहरुले सहयक सामग्री पाएका छन् । नेपाल बैँकको सहयोगमा राष्ट्रिय अपाङ्ग एकता केन्द्रले उनीहरुलाइ सहायक सामाग्री बितरण गरेको हो । एकता केन्द्र सँस्थाले सिन्धुपाल्चोक जिल्लाका चौतारासाँगाचोकगढी नगरपालिका,जुगल गाउँपालिका र बलेफी गाउँपालिकामा रहेका बिपन्न अपाङ्गता भएका व्यक्तिहरुलाइ बैशाकी र एल्बो कर्चेज बितरण […]

चौताराको १ अर्बमाथि अनुमानित बजेट सार्वजनिक निर्मल बस्नेत

१० असार, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक बर्ष २०८३÷ ८४ को लागि १ अर्ब भन्दा बढी रकमको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर कार्यपालिकामा चरणवद्ध छलफलका बिच विविध पक्षलाई समेटेर बजेट निर्माण गरिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बस्तुगत आवश्यकता र वर्तमान स्थितीको मध्यनजर गरि बैज्ञानिक रुपले बजेट निर्माण र योजनाहरुको […]

बाह्रबिसे नगरपालिकाद्वारा आ.व २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुतः डिजिटल प्रणाली, शिक्षा र कृषिमा जोड

दिनेश दुलाल असार ९, बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको १९ औं नगर सभामा आ.व २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नगर प्रमुख बालकृष्ण बस्नेतले आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम गरेका थिए । “हामी सबैको चाहनाः सुन्दर, शान्त र सफा नगरको परिकल्पना” को दीर्घकालीन सोचलाई साकार पार्न सुशासन, आर्थिक समृद्धि, […]

बाह्रबिसे नगरपालिकाद्वारा करिब ७५ करोडको बजेट सार्वजनिकः शिक्षा, विपद् व्यवस्थापन र वडा विकास प्राथमिकता

दिनेश दुलाल असार ९, बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि कुल रु. ७४ करोड ८६ लाख १० हजार ९ सय ५० को अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाकी उपप्रमुख मन्जु तामाङले १९ औं नगर सभामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम उक्त वार्षिक बजेट तथा कार्यक्रम पेस गरेकी हुन । […]