सिद्धिगणेशले मनायो विविध कार्यक्रमका साथ ६३ औँँ बार्षिकोत्सव
निर्मल बस्नेत
१९ माघ, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका ७ सानोसिरुवारी स्थित श्री शिद्धिगणेश माध्यामिक विद्यालयले आफ्नो ६३ औँ वार्षिकोत्सव, अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन समारोह विविध कार्यक्रम गरि मनाएको छ ।

शनिबार विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रविन गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा वागमती प्रदेश सरकारका पूर्व भौतिाक पूर्वाधार बिकमास मन्त्री युवराज दुलाल प्रमुख अतिथिका रूपमा रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री दुलालले विद्यालयले शिक्षाको क्षेत्रमा खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा विद्यालयलाई शैक्षिक उन्नयनका लागि शुभकामना दिए ।

पूर्वमन्त्री दुलालले देशबाट युवा विद्यार्थी बाहिरिएको, दक्ष जनशक्ति पलायन भईरहेकोमा चिन्ता ब्यक्त गर्दै विश्वका मानिसलाई नेपाल ल्याउन सकिन्छ भन्ने चेतनाको विकास हुनुपर्नेमा जोड दिए । उनले बालबालिकाले कस्तो शिक्षा कुन विद्यालयमा लिएको भन्दापनि के सिकेको कुरा व्यवहारमा उतार्दै सामाजिक र राष्ट्रिय जीवनमा गरेको योगदान महत्वपुर्ण रहने बताए ।
बिद्यालयका प्रधानाध्यापक राजकुमार यादवले प्रस्तुत गरेको प्रतिबेदनमा बिद्यालयमा पूर्वमन्त्री दुलालकै पहलमा ४० सिट भएको बस सञ्चालनमा रहेको छ । २०६५ सालबाट कक्षा १२ सम्मको अध्यापन भएको बिद्यालयबाट हालसम्म ३ सय ३८ जनाले उत्तिर्ण गरिसकेका छन् ।
वार्षिकोत्सव, अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन समारोहको अवसरमा विद्यालयले ब्यवसाय, कलाकारिता र सरकारी सेवाको उच्च तहमा सेवा गरिरहेका ४ जना पुर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा ब्यवसायी कृष्ण धिताल, मुक्तिनाथ पराजुली , हास्यकलाकार एवं चलचित्रकर्मी कृष्ण प्रसाद धिताल (चिरिच्याट्ट, कृषि बैंकका अधिकृत श्याम कृष्ण नेपाल रहेका छन् ।

सोहि अवसरमा एसएलसी ब्याज २०६२ ले प्रदान गरेको डिजिटल एलइडी बोर्डको उद्घाटन समेत गरिएको थियो ।
यसैगरी सिद्धि गणेश सामुदायिक वन र भदौरे गणेश सामाजिक संस्थाले विद्यालयलाई एक वर्षको सरसफाई सामाग्री हस्तान्तरण गरेको सिद्धि गणेश सामुदायिक वनका अध्यक्ष विजय नेपालले बताए ।

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको कार्यकारीणी समिति सदस्य एवं थापा बुक्स चौताराका प्रोपाईटर कुमार थापाले विद्यालयको लागि एक थान स्पिकर उपलब्ध गराए । सोहि अवसरमा ब्यवसायी भुपेन्द्र थापाले २५ हजार र कृष्ण धितालले १ लाखको अक्षयकोष स्थापनाको घोषणा गरेका विद्यालयका प्रध्यानाध्यापक राजकुमार यादवले बताए । विद्यालयले तारा वहादुर श्रेष्ठ,विष्णु माया तिमल्सिना र प्रताप नेपाललाई उत्कृष्ट वर्ष शिक्षक घोषित गर्दै सम्मान गरेको छ ।
बिद्यालयको शिक्षक तिलक दंगालको सुबोध उद्घोषणमा बिविध सास्कृतिक प्रस्तुतीकासाथ सम्पन्न कार्यक्रममा शिक्षक , बिद्यार्थी, अभिभावक, जग्गादाता, चन्दादाता र स्थानीयहरुको सहभागिता रहेको थियो ।

