सिन्धु सोसाइटी अमेरिकाद्वारा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बस्नेतलाई सम्मान

कार्तिक २४, काठमाडौं । सिन्धु सोसाइटी अमेरिकाद्वारा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) लाई सम्मान गरेको छ ।

सम्मान पछि सिन्धुपाल्चोक उद्योगवाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत ९राजकुमार० लाई मायाँको चिनो प्रदान गर्नुहुँदै सोसाईटीका अध्यक्ष सूर्य खड्का साथमा रामबाबु श्रेष्ठ लगाएत ।

भ्रमणको सिलसिलामा अमेरिका पुगेका सिन्धुपाल्चोक जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार) तथा समाज सेवी रामबाबु श्रेष्ठलाई सिन्धु सोसाइटी अमेरिकाद्वारा सम्मान गरिएको सोसाईटीका अध्यक्ष सूर्य खड्काले जानकारी दिए । सिन्धु सोसाइटी अमेरिकाद्वारा आयोजना गएिको स्वागत तथा सम्मान कार्यक्रमले आफू निकै उत्साहित र प्रफुलित भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले प्रतिक्रिया दिए । सामाजिक क्षेत्रमा क्रियासिल बस्नेत र श्रेष्ठले समाजको लागि अग्रणी भूमिका खेलेको भन्दै सम्मान गरेको थियोे । सिन्धुपाल्चोक जिल्लाबाट अमेरिका पुगेका नेपाली नागरिकद्वारा सन् २०१० मा यो संस्था स्थापना भएको हो ।
सोसाईटीले बिगत बर्ष देखि शिक्षा, स्वास्थ्य तथा मानव परोपकार हितको लागि कार्य गर्दै आएको छ । सिन्धुपाल्चोक जिल्लामा जन्मिएर अमेरिकामा बसोवास गर्नेहरूको संस्था हो, सिन्धु युएसए वेलफेयर सोसाइटी अमेरिका । जसले सिन्धुपाल्चोकका विभिन्न भेगका अतिविपन्न १६ विद्यार्थीलाई निजी विद्यालयमा निःशुल्क पढाउने व्यवस्था गरेको छ ।

युद्धका बेला पीडित बनेका तथा असहाय विद्यार्थी मध्ये तीन जनाले कक्षा १२ उत्तीर्ण गरिसकेका छन् । शैक्षिक विकासका साथै विपत्तिमा पनि सोसाइटीको योगदान छ । जुरेपहिरोमा परेका वनसाँघू माविको विद्यालय भवन निर्माण गरिदिएको सोसाइटी सिन्धुपाल्चोक जिल्लाबाट २०७८ मा एसईई परीक्षामा सामेल भएर उत्कृष्ट अंक ल्याउने एक छात्र र छात्रालाई गत भदौ मा नगदसहित सम्मान गरेको थियो । उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत ( राजकुमार ) को हातबाट सम्मान गरिएको थियो ।