क्षमता र नेतृत्व विकासमा जाेड दिदै नेपाल शिक्षक संघ महिला बिभाग

निर्मल बस्नेत
१६ माघ, चाैतारा । नेपाल शिक्षक संघ, महिला बिभाग सिन्धुपाल्चोककाे आयाेजनामा एक दिने महिला शिक्षकहरुकाे क्षमता अभिबृद्दि तथा नेतृत्व बिकास प्रशिक्षण कार्यक्रम सुरु भएकाे छ । बार्षिक क्यालेन्डर अनुरुपकाे एक कार्यक्रम भएकाे संघले जनाएको छ ।
कार्यक्रम नेपाल शिक्षक संघकाे केन्द्रीय उपाध्यक्ष इलाम बहादुर शाहीले प्रशिक्षण कार्यक्रमकाे पानसमा बत्ती बालेर उद्घाटन गरेकाे हुन् ।

जिल्लाका नेताहरु, जनप्रतिनिधि र संघका विभिन्न ओहदामा रहेका व्यक्तित्वहरुकाे आतिथ्यता रहेकाे छ । कार्यक्रममा जिल्लाभरका महिला शिक्षकहरु सहभागि रहेका छन् ।
संघको जिल्ला सहसचिव बिनु बस्नेतले आमन्त्रित अतिथि र सहभागीहरुलाइ शव्दबाट स्वागत गरेका थिइन् ।
सहिद दिवशकाे दिन पारेर आयाेजित कार्यक्रममा लाेकतन्त्र र बिविन्न मुक्तकामी आन्दोलनमा शहादत प्राप्त गर्ने बिरविरंगनाहरुकाे सम्झनामा एक मिनेट माैनधारण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियाे ।
गुणस्तरीय शिक्षाकाे आधार , मर्यादित शिक्षण पेशाकाे पूर्वाधार भन्ने मुल पक्षमा रहेर कानुन, बिधान र उक्त बिधानअनुरुप हुनुपर्ने कामकारबाही र भूमिकाकाे सवालमा नारायण तिमल्सिना , गीता सिवाकोटी , राजेशराज महत र इलाम बहादुर शाहीले बिविध बिषयमा प्रशिक्षित गराइने महिला बिभागकाे जिल्ला प्रमुख निर्मला तिमल्सिनाले जानकारी दिइन् ।

प्रशिक्षणमा नेपाली काङ्ग्रेस जिल्ला सचिव एवम् त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बाेहराले शिक्षकहरुलाइ खस्कदाे नतिजा र प्रवचन बिधिलाइ ताेडेर प्रबिधिमैत्री बनेर अघि बढ्न आग्रह गरे । उनले समय सापेक्ष हुन सकेमात्र सार्थक सिकाइसहितकाे उपलब्धि हासिल गर्न सकिने बताए ।

सिन्धुपाल्चोक ७७ वटै जिल्ला मध्ये सिन्धुपाल्चोकले एकै दिन १२ वटै पालिकाकाे प्रतिनिधि सभा सम्पन्न गरेकाे भन्दै जिल्ला सभामा पनि देश भरिबाट पहिलाे र उत्कृष्ट जिल्ला बनाउन लागिपरेको संघले जनाएको छ ।
जिल्ला प्रतिनिधि सभा कार्यक्रम समेत हुने नेपाल शिक्षक संघ सिन्धुपाल्चोकले जनाएकाे छ ।

संघकाे जिल्ला सहसचिव साेभा बस्नेतकाे उद्घाेषणमा सञ्चालित कार्यक्रम महिला बिभागकाे जिल्ला अध्यक्ष निर्मला तिमल्सिनाकाे अध्यक्षतामा चलिरहेको छ ।