उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेश अध्यक्षमा बेदबहादुर श्रेष्ठ निर्वाचित
चैत्र २४ -२०८२), काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशमा बेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । प्रदेश कमिटीको नवौँ प्रदेश सभाअन्तर्गत मंगलबार भएको निर्वाचनमार्फत उनी अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्ष निर्वाचित श्रेष्ठ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । निर्वाचित भएलगत्तै श्रेष्ठले पारदर्शी र उत्तरदायी नेतृत्वको लागि आपूmले अघि सारेको नौ बुँदे प्रतिबद्धता पूरा गर्ने बताए ।
श्रेष्ठले महासंघलाई समावेशी, पारदर्शी र संस्थागत सुशासनयुक्त संस्था बनाउने, तातोपानी र रसुवागढी नाकामा आयात–निर्यातमा देखिएका समस्या समाधानका लागि पहल गर्ने तथा दोहोरो कर, नापतौल, अन्डर बिलिङ र मिसम्याच जस्ता समस्यामा सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे । निजी क्षेत्रका समस्या समाधानमा सधैँ क्रियाशील जनाउँदै उनले भवन नभएका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका लागि जग्गा प्राप्ति र भवन निर्माणमा तीनै तहका सरकारसँग समन्वय गर्ने योजना अघि बढाउने बताए ।
चैत २४ गतेका लागि तोकिएको नेपाल उद्योग वाणिज्य महासङ्घ वाग्मती प्रदेशको अध्यक्षका लागि श्रेष्ठले प्यानलको उम्मेदवारी घोषणा गरेका थिए । हेटौँडामा सोमबार बिहान पत्रकार सम्मेलनमार्फत श्रेष्ठले प्यानलसहित उम्मेदवारी घोषणा र ९ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरेका थिए । पारदर्शी र उत्तरदायी नेतृत्वको मुख्य नारासहित श्रेष्ठको टिमले वाग्मती प्रदेशका उद्योगी र व्यवसायीहरूको हकहितका लागि विभिन्न योजनाहरू अघि सारेका थिए । अध्यक्षका प्रत्याशी श्रेष्ठले निजी क्षेत्रको सशक्त उपस्थिति र समस्या समाधानका लागि आफ्नो टिम सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
वाग्मती प्रदेश सरकारले जारी गरेको …प्रदेश व्यवसाय ऐन २०७६Ú लाई व्यवसायीमैत्री बनाउन आवश्यक संशोधनका लागि पहल गर्ने, उद्योगी व्यवसायीका समस्या समाधानका लागि महासङ्घको केन्द्रीय नेतृत्वसँग निरन्तर अन्तरक्रिया र समन्वय गर्ने, आधुनिक कृषि प्रणाली र प्रविधिका लागि विशेष पहल गर्ने, कृषि, पर्यटन, जलविद्युत, र व्यापारलाई निजी क्षेत्रको मुख्य सरोकारको विषय बनाउँदै प्रदेश सरकारसँग सहकार्य गर्ने, व्यवसायमा महिला, वाग्मती प्रदेशमा पहिला अभियानमार्फत महिला उद्यमीका उत्पादनलाई बजारीकरण गर्नतीनै तहका सरकारसँग समन्वय गर्ने उनको प्रतिबद्धता रहेको छ ।

