साँस्कृतिक कार्यक्रम सहित महेन्द्र माध्यमिक विद्यालयको ६५ औं वार्षिक उत्सव सम्पन्न (फोटो फिचर सहित )
दिनेश दुलाल
माघ ६, इचोक । हेलम्बु गाउँपालिका–६ सुपारीटारमा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको ६५ औं वार्षिक उत्सव, १६ औं आजिवन सदस्य भेला तथा २२ औं अभिभावक भेला सम्पन्न भएको छ । सोमबार विविध साँस्कृतिक कार्यक्रम सहित उलेख्य जनातको उपस्थितिमा भएको वार्षिक उत्सव कार्यक्रम हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा भएको थियो ।

वार्षिक उत्सव कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष शेर्पाले गत सालको तुलनामा विद्यालय सुधारोन्मुख रहेकोमा खुशी व्यक्त गरे । गाउँमा युवाहरु पलायन भए भन्ने भनेर नकरात्मक सन्देश प्रवाह भइरहेको सन्दर्भमा भूपु विद्यार्थीहरुको जमघट र सहयोग निकै उत्साहपूर्वक रहेको उल्लेख गरे । अध्यक्ष शेर्पाले देशनै अहिले विद्यार्थी विहिन स्थितिमा पुग्न लागेको भन्दै भन्दै आफुले विद्यालय समायोजनको अवधारणा व्यक्त गरे । उनले शिक्षा र स्वास्थ्य निशुल्क गर्नसके मात्र मुलुकको परिवर्तन सम्भव भएको भन्दै आगमी निर्वाचनमा भोट माग्न आउने राजनैतिक दल र तिनका नेताहरुलाई शिक्षा र स्वास्थ्यमा तपाईहरुको के छ प्रतिवद्व भनेर एकपटम सोध्न आग्रह गरे ।

निजि विद्यालय सरह बनाउन सामुदायिक विद्यालयलाई के के आवश्यक पर्छ त्यसको व्यव्स्था गर्न गाउँपालिका तयार रहेको भन्दै शिक्षक हरुलाई त्यसको तयारीमा लाग्न आग्रह गरे । आम जनतालाई अहिले राज्य भएको अनुभुती नभएको भन्दै अध्यक्ष शेर्पाले गुणस्तरीय शिक्षा र उपचार गर्न नसक्ने स्थितिकै कारण लाखौं नागरिक विदेशीएको दावी गरे ।

कार्यक्रममा हेलम्बु ७ का वडा अध्यक्ष निलबहादुर खड्काले हेलम्बुले शिक्षाको क्षेत्रमा गरेको लगानी अनुसार प्रतिफल दिन नसकेको प्रतिक्रिया दिए । प्रत्येक विद्यालयमा बिषयगत शिक्षकको आवश्यक रहेकाले ७ नम्बर वडामा विद्यालय अभावको महसुस जनताले गरेको औंल्याए ।

कार्यक्रममा अन्य वडाका वडाअध्यक्ष, विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्व, अन्य विद्यालयका प्रअ, भूपु विद्यार्थी समाज लगाएतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमका सभाअध्यक्ष रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले विद्यालयको आगमी सुधारको सन्दर्भमा सहभागी व्यक्तित्वहरुले दिएको सुझाब स्मरणयोग्य रहेको प्रतिक्रिया दिए । विव्यसको कार्यकाल आगमी जेष्ठमा सकिने जानकारी दिंदै पालिका अध्यक्ष शेर्पाले उक्त विद्यालयलाई सिकाईकेन्द्र बनाउने योजना उपयुक्त भएको प्रतिक्रिया दिए ।

स्थानीय तहले मात्र नभई अभिभावक, शिक्षाप्रेमी र विद्यालयको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुने भएकाले विद्यार्थीलाई आकर्षण गर्ने वातावरण तर गर्ने कुरामा सबैको हातेमालो आवश्यक रहेको बताए ।

कार्यक्रममा पूर्व विद्यायललाई योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । विद्यालयका बालबालिकाहरुले विभिन्न सन्देशमुलक गिति नाटक सहित मनोरन्जन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा हरिकुमार शर्मा, राष्ट्रिय ब्यापार संघ लगायत उपलब्ध गराएको पुरस्कार वितरण गरिएको थियो । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष भरत थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक उद्ववकुमार लामिछानेले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।










