नेकपाको २ हजार ४ सय ९९ केन्द्रीय समितिमा सिन्धुपाल्चोकबाट मात्रै झण्डै ३ दर्जन केन्द्रीय सदस्य (को–को परे नामलिष्ट सहित)

निर्मल बस्नेत
२९ पौष (२०८२), चौतारा । नेपाली कम्युनिष्ट पार्टीको अब नयाँ केन्द्रीय समिति २ हजार ४ सय ९९ जनाको भएको छ । जसमध्ये केन्द्रीय समितिमा सिन्धुपाल्चोक जिल्लाबाट मात्रै झण्डै ३ दर्जन परेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा काठमाण्डौमा मंगलबार एक कार्यक्रमका बिच उनीहरुलाई सपथ गराइएको हो ।

पार्टी केन्द्रमा १६ वटा घटकहरु मिलेर बनेपनि एकता प्रकृयामा सिन्धुपाल्चोक जिल्लाबाट ६ वटा घटकहरु उक्त प्रकृयामा सामेल छन् ।
६ घटकहरुबाट केन्द्रीय समितिमा प्रतिनिधीत्व गर्नेहरुमा सिन्धुपाल्चोकका अग्निप्रसाद सापकोटा, कृष्णप्रसाद सापकोटा, केशव नेपाल, माधव सापकोटा, युवराज दुलाल, राजकुमार श्रेष्ठ, सरल सहयात्री पौडेल, भगवती नेपाल, सोम सापकोटा, चन्द्र बहादुर थापा रहेका छन् ।
त्यस्तै अमृता नेपाल, इन्द्रमाया गुरुङ, प्रेम सापकोटा, विष्णु सापकोटा, रामप्रसाद सापकोटा, भोला सापकोटा, झम्क पराजुली, अमृता नेपाल, शिंह बहादुर विश्वकर्मा, लालकान्छा तामाङ, लारक्याल लामा, बलराम विक, गोविन्द पराजुली, शमसेर शाक्य, पासाङ लामा, अनिता लामा, टिकाराम पराजुली, र निमा तामाङ रहेका छन् ।

त्यस्तै लेखा आयोगको सदस्यमा रामचन्द्र शर्मा र केन्द्रिय सल्लाहकारमा बलराम विक छन् । नेपालको इतिहासमा नेकपाले बनाएको जम्बो केन्द्रीय समितिको संख्या यतिधेरै अहिले सम्मकै उच्च हो । यसअघि तत्कालिन एकिकृत माओवादी केन्द्रले ११ सय हाराहारीका केन्द्रीय समिति बनाएको थियो । त्यतिबेला निकै विवादित र आलोचित बनेपछि केही समय पछि सो समितिलाई महाधिवेशन सम्म पु¥याएर भंग गरेको थियो ।
यस्ताे छ सिन्धुपाल्चोकबाट केन्द्रीय सदस्य भएकाहरूकाे नाम लिष्ट
१. अग्निप्रसाद सापकोटा
२. कृष्णप्रसाद सापकोटा
३. केशव नेपाल
४. माधव सापकोटा
५. युवराज दुलाल
६. राजकुमार श्रेष्ठ
७. सरल सहयात्री पौडेल
८. भगवती नेपाल
९. सोम सापकोटा
१०. चन्द्र बहादुर थापा
११. अमृता नेपाल
१२. इन्द्रमाया गुरुङ
१३. प्रेम सापकोटा
१४. विष्णु सापकोटा
१५. रामप्रसाद सापकोटा
१६. भोला सापकोटा
१७. झम्क पराजुली
१८. शिंह बहादुर विश्वकर्मा
१९. लालकान्छा तामाङ
२०. लारक्याल लामा
२१. बलराम विक
२२. गोविन्द पराजुली
२३. शमसेर शाक्य
२४. पासाङ लामा
२५. अनिता लामा
२६. टिकाराम पराजुली
२७. निमा तामाङ
२८. रामचन्द्र शर्मा (लेखा आयोगको सदस्य)
२९. बलराम विक (केन्द्रीय सल्लाहकार)