सिन्धुका २ नेता सापकोटा र दुलाल एकल सिफारिसमा परे

निर्मल बस्नेत
१० पौष, चौतारा । नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले आसन्न फागुन २१ गतेको निर्वाचनको लागि सम्भावित उम्मेदवारहरुको सिफारिस गरेको छ । सिफारिस पर्नेहरुमा प्रभावशाली २ युवा नेताहरु रहेको छन् । उनीहरु हुन् माधव सापकोटा र युवराज दुलाल । यी २ नेता सिन्धुवासीका लागि परिचित र टेष्टेड पात्रहरु हुन् ।
पार्टीको विहिबार बसेको निर्वाचन क्षेत्रिय स्तरको बैठकले उम्मेदवारहरुको नमावली सिफरिस गरेको हो । १ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ निवर्तमान प्रतिनिधिसभा सदस्य, पार्टी महाधिबेसन आयोजक समिति सदस्य प्रभावशाली युवा नेता माधव सापकोटा सवैको विस्वास जीत्दै आएका छन् । उनले तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित भएपछि संघिय संसदमा विषयगत र विधागत रुपमा पार्टीको तर्फवाट खरो आवाज उठाउने गरेका थिए । उनी बाढी पहिरो, भुकम्प र महामारीमा सदैब जिल्लाबासीको लागि विविध निकायहरुसंग समन्वय गरि आवश्यक काम गर्ने जनप्रनिनिधीमा पर्नेछन् ।
सापकोटा जिल्लामा हुने अन्त्रपाटी गतिबिधीमा समेत पार्टीको तर्फवाट प्रभावकारी भुमिका निर्वाह गर्दै आएका छन् । विगतमा दलिय संयन्त्रबाट जिल्लाको हरेक काम हुँदाको निर्णायक भूमिकामा रहेर काम गरेका थिए ।

सोही निर्वाचन क्षेत्रबाट राष्ट्रिय सभाको लागि पार्टी नेताहरु प्रेम प्रसाद सापकोटा राजेन्द्र र सिव बहादुर न्यौपाने रहेका छन् ।
प्रनिनिधी सभा समानुपातिकतर्फ दलितबाट गणेश वि क र कुमार घतानी , महिलामा अम्बिका नेपाल, जेन्जीबाट अनिता लामा, जनजातीवाट लानकान्छा तामाङ र अनिल श्रेष्ठ रहेको जिल्लाका युवा नेता सागर परियारले जानकारी दिए ।
निर्वाचन क्षेत्र नं. २ वाट पनि पूर्व मन्त्री एवं वागमती प्रदेश सांसद युवा नेता युवराज दुलाल एकल सिफारिसमा परेका छन् । उनी २ पटक प्रदेश सांसदमा निर्वाचित भइसकेका पात्र हुन् । २०७४ सालमा निर्वाचित भएपछि वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री र २०७९ मा निर्वाचित भएपछि भौतिक पूर्वाधार बिकास मन्त्री भई जिल्लाको विकासमा गति दिएका एक सफल र असल प्रतिनीधि हुन् । उनी हरहमेसा जनताको सुखदुःखमा सदैव साथमा रहेर हेलमेल गर्ने र प्रतिनीधिसभा २ नम्बर निर्वाचन क्षेत्रमा सदैव अग्रभागमा रहेर खट्नेमा पर्नेछन् । उनको लोकप्रीयता भने प्रतिष्पर्धी र विपक्षी पार्टीकाहरुमा समेत रहेको छ ।
२ नं बाटै समानुपातिक र राष्ट्रिय सभाको लागि भगवती नेपाल, वलराम विक र रामलाल विक , लोकमान तामाङ , कमल माझी, लिला बहादुर पाख्रीन, पेमा ह्योल्मो र बल बहादुर सुनार रहेको युवा नेता सिपी दुलालले जानकारी दिए ।