दि सिन्धुपाल्चोक विजनेस क्लवद्वारा आगलागी प्रभावितलाई ८० हजार सहयोग

कार्तिक २९, मेलम्ची । दि सिन्धुपाल्चोक विजनेस क्लवद्वारा आगलागी प्रभावितलाई ८० हजार सहयोग गरेकाे छ ।

आज मेलम्ची नगर उद्योग बाणिज्य संघ मार्फत अधिकारी फेन्सिका सन्चालकलाई रु ८० हजार सहयोग गरेको संस्थाका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य नयन बहादुर पण्डितले जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष नरेशलाल श्रेष्ठ , उपाध्यक्ष अमृत खडका, कोषाध्यक्ष रामचन्द्र पराजुली , मेलम्ची नगर उद्योग बाणिज्य संघका अध्यक्ष पुस्कर धिताल लगायत सहभागी थिए । गत ५ गते मेलम्ची बजारमा आगलागी दिनेश अधिकारीको उक्त फेन्सि स्टोरमा पूर्ण क्षति भएको थियो । संस्थाले विभिन्न समयमा यस्तै सहयोग गर्दै आएको छ ।