सहिद स्मृति सामुदायिक सिकाई केन्द्रकाे साधारणसभा सम्पन्न

असाेज १२, टूलाेसिरूवारी । चाैतारा साँगाचाेकगढी नगरपालिका-१३ ठूलाेसिरूवारीमा रहेकाे सहिद स्मृति सामुदायिक सिकाई केन्द्रकाे साधारणसभा सम्पन्न सम्पन्न भएकाे छ ।

ठूलाेसिरूवारी काेटडाँडामा रहेकाे सामुदायिक सिकाई केन्द्रकाे साधारणसभा संगै आउँदै गरेकाे विजय दशमी, दिपावली, नेपाल संवत् एवम् छठ, पर्वत अवसरमा आइतबार शुभकामना आदान प्रदान कार्यक्रम गरिएकाे हाे ।

साधारणसभाकाे १३ नम्बर वडाका वडाअध्यक्ष एवम सामाजिक विकास संयाेजक रामप्रसाद गाैतमले व्यानर पढेर उदघाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका वडाअध्क्ष गाैतमले सहिद स्मृति सामुदायिक सिकाईकेन्द्रलाई ठूलाे प्रयत्नले सबैकाे सहयाेगमा याे अवस्थामा पुर्याईएकाे भन्दै सामुदायिक सिकाईलाई मानव समुदाय हितकाे लागि अझै रचनात्मक र सिर्जनात्मक याेजना बनाउनु पर्ने धारणा राखे ।

सामुदायिक सिकाईकेन्द्र नगर सञ्जालका संयाेजक तथा मालिकादेवी सामुदायिक सिकाईकेन्द्रका अध्यक्ष यज्ञप्रसाद दंगालले समय सापेक्ष र नयाँ प्रविधिकाे विकास अनुसार सामुदायिक सिकाइकन्द्रलाई उपयोग गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा चन्द्रबहादुर धिमालकाेटी, नारायण प्रसाद गाैतम लगाएतले सम्बाेधन गरेका थिए । प्रतिवेदन सिकाईकेन्द्रका अध्यक्ष रामशरण विकले गरेका थिए ।

अध्यक्ष विकका अनुसार ठूलाेसिरूवारीमा रहेकाे सहिद स्मृति सामुदायिक सिकाइकेन्द्र २०७० सालमा स्थापना भएकाे हाे । हाेमनाथ चाैलागाई स्स्थापक अध्यक्ष रहेकाे उक्त सिकाइकेन्द्रलाई शिक्षकद्वाेय शिवबहादुर केसी र कुलप्रसाद दाहाल लगाएतले उच्च भूमिका रहेकाे थियाे । सिकाई केन्द्रकाे नाममा ४ आना जग्गा समेत रहेकाे विकले बताए ।

सिकाईकेन्द्रकाे ९ लाखमा ट्रष्टबाट निर्मित आफ्नै भवन छ ।
सिटिभिटि काे सहयाेगमा ४० जना महिलाहरूलाई सिलाई, तथा २० जना युवायुवतीलाई वेटर सम्बन्धि तालिम गराएकाे अध्यक्ष विकले जानकारी दिए । वडाकाे समृद्धिकाे लागि सामुदायिक सिकाईकेन्द्र महत्वपूर्ण रहने सहभागिले जनाएका छन् ।