सुनकाेशी नदिमा हराएकाे भ्यान खाेजी कार्यामा सिन्धु सुकुटे पर्यटन व्यवसायी लाग्याे


असाेज १०, खाडीचाैर । सिन्धुपाल्चोक खाडीचाैर तर्फ जाँदै गरेकाे दूध बाेक्ने भ्यान सुनकाेशी नदिमा खसेर वेपत्ता भएकाे छ ।

उक्त भ्यान खाजीकार्यमा सिन्धु सुकुटे पर्यटन व्यवसायीले सक्रियता देखाएकाे छ । पर्यटन व्यवसायीले डुगा तथा बाेटकाे माध्यमबाट बिहानबाटै खाेजी कार्यलाई तिब्रता दिएकाे पर्यटन व्यवसायी संघका उपाध्यक्ष अन्जन खड्काले बताए । उनका अनुसार खाेजीकार्यमा पर्यटन व्यवासायी, स्थानीय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी समेत खटिएकाे छ ।

चौतारा साँगाचोकगढी नगरपालिका- १० सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दुध संकलन गर्ने बा १२ च ६५९४ नं. को मारुती मिनि डेलिभरी भ्यान सुकुटेबाट खाडिचौरतर्फ जाँदै गर्दा सडकबाट ५० मिटर तल सुनकाेशी नदीमा खसि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएकाे छ । उक्त डेलिभरी भ्यान आज बिहान ५:२० मा बलेफी गा.पा.५ बलेफी स्थित अरनिको राजमार्ग अन्तर्गत सुनकाेशी नदिमा खसेकाे उक्त भ्यानमा जिल्ला काभ्रे पनौती न.पा.१० पस्थली बस्ने बर्ष अन्दाजी २२/२३ को नबराज खुलालले चलाएको खुलेकाे छ ।

प्रहरीचाैकी बलेफीबाट वरिष्ठ प्रहरी सायक निरिक्षक सुरेश प्रसाद गुप्ता कमाण्डमा ४ जनाको टोली खटि गई खोजतलास भैरहेको उक्त गाडीमा चालक मात्र सवार रहेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ ।