५ बर्षे योजना सहित समुदायमा आधारित अहिले सम्मकै बृहत कफि व्यवसाय सुरु
दिनेश दुलाल
१७ जेठ (२०८२), सुकुटे । समुदायमा आधारिभत एकवडा एक कृषि उत्पादन कार्यक्रम अन्र्तगत सिन्धुपाल्चोक जिल्लाको कार्कीटार कफी उत्पादन पकेट क्षेत्रमा परिणत भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर १० अन्र्तगत कृषिमा नगदेबाली उत्पादनको उर्भरभूमि कार्कीटारमा शुक्रबार एकवडा एक कृषि उत्पादन संयुक्त कार्यक्रम अनुगमन कृषि सामाग्री वितरण तथा सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न भएको छ ।

कृषि विकास कार्यालय धुलिखेल तथा चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग, १० नम्बर वडा कार्यालयको समन्वय तथा कफी सहकारी संघ सिन्धुपाल्चोकको आयोजनामा भएको उक्त कार्यक्रममा वाग्मति प्रदेशका सांसद सरल सहयात्री पौडेल, चौतारा साँगाचोकगढी नगरपालिकका मेयर कृष्णप्रसाद सापकोटा लगाएत व्यक्तित्वहरुले संयुक्त रुपमा कफीको विरुवा रोपन गरेर शुभराम्भ गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद पौडेलले कार्कीटारमा किसानहरुको जीवनस्तर सुधार सहितको पाँचबर्षको कार्यक्रम रहेकोमा त्यसलाई पुरागर्नुपर्नेमा जोड दिए । जसमा शर्त अनुसार सबैजना सहभागी नभइकन उक्त योजना सम्पन्न नहुने हुनाले सबै किसान सक्रिय रुपमा सहभागी हुन उनले आग्रह गरे । किसानले उत्पादन गर्ने र सम्बन्धित पक्षले सहजीकरण गरे मात्र पाँचबर्षे कफि अभियान सफल हुने उनले बताए । गाउँघरमा निर्वाहमुखि उत्पादनको मोडल भएको हुनाले व्यापार व्यवसाय गर्न मोडेल प्रभावकारी नहुने बताउँदै जग्गालाई चक्लाबन्दी गरेर एउटै व्यवसाय गर्नेगरी एकवडा एक उत्पादनको मोडालिटी अनुसार यो कार्यक्रम आएको बताए । नमुना वडा समाजवादी कार्यक्रम भनेर बागमति प्रदेशले डिजाईन गरेको बताउँदै उनले कफी उत्पादक आत्मनिर्भर समुह बन्यो भने ५० लाख देखि एककरोड सम्म समुहलाई लक्षित गरेर अनुदानको रुपमा दिदाँ वडा आफैं स्वावलम्बी बन्ने उनले ठोकुवा गरे । प्रदेश सरकारले गृहणमहिला आत्मनिर्भर कार्यक्रम समेत गरिएको उनले सुनाए बताए । एक विद्यार्थी एक विरुवा रोप्ने कार्यक्रम आफुले योजना बनाएको बताउँदै त्यो कार्यान्वयन हुन सके विद्यार्थी मार्फत समाजमा चेतना बढ्ने उनको तर्क छ । सुरुमा आफुले सिन्धुपाल्चोक कफी सहकारी संघलाई जम्मा १० लाख बजेट दिएकोमा संघले जिल्लाभर तालिम दिएर उत्कृष्ट कार्य गरेको भन्दै संघलाई धन्यवाद दिए ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले कफी उत्पादनको सम्भावना रहेको कार्किटारमा बजारको समस्या नआउने वातावण निर्माण गरेर कफीको उचित मूल्य पाउने योजनामा लाग्नुपर्ने धारणा राखे । आफूलाई १० नम्बर वडाको योजनाको लागि कुनै समस्या नएको भन्दै मेयर सापकोटाले प्रदेशबाट आएको ६५ दिने तालिममा त्याहाँका किसानहरुलाई तालिम दिएर एकसय भन्दा बढी टनेल निर्माणका लागि सहयोग गरिएको समेत दावी गरे । कफी उत्पादनको राम्रो सम्भावना रहेको त्यस ठाउँमा प्रभावकारी कार्यान्वयन गर्न चुनौति रहेको उनको कथन छ । कार्यान्वयनका लागि सबैको दायित्व रहेको उनको भनाई छ । कफी किसानहरुलाई नगरको तर्फबाट ड्राई मेशिन खरिद लगाएतमा सयोग गरिएको समेत उनले खुलाए । जिल्लाभरी नै कफी उत्पादन, प्रशोधन गरेर अन्र्तराष्ट्रिय बजारमा बेच्ने कुराले कफी किसानको जीवन माथि उठाउन मद्दत पुग्ने उनको भनाई छ ।

कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख पदमनाथ नेपालले यो अभियानलाई सिन्धुपाल्चोक जिल्लाभरी फैलाउन पर्ने धारणा राखे । त्यस्तै नगरप्रमुख सीता थापाले आफु यो क्षेत्रमा कफी कार्यक्रमको लागि प्रदेश सरकारमा समेत निरन्तर संवादमा रहेको बताईन ।
कृषि विकास कार्यालय धुलिखेलका प्रमुख कुलप्रसाद दवाडीले अन्र्तराष्ट्रिय बालीको रुपमा रहेको कफीलाई अन्र्तराष्ट्रिय बजार सम्म बिस्तार कसरी गर्न सकिन्छ भनेर सबै पक्षको चासो हुन आवश्यक रहेको औंल्याए । एकवडा एक उत्पादन कार्यक्रम वाग्मति प्रदेशको महत्वकाँक्षी कार्यक्रमको रहेको बताउँदै यो कार्यक्रमलाई प्रभावकारी बनाउन व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताए । कफी व्यवसायको लागि सबैभन्दा महत्वपूर्ण छाहारी व्यवस्थापन अनिवार्य आवश्यकता रहेको औंल्याए । कार्यक्रममा १० नम्बर वडाका वडाअध्यक्ष निलबहादुर तामाङले नगरले एक वडा एक उत्पादन भनेर कफीको कार्यक्रममा समावेश गरिदिएकोमा मेयर सापकोटालाई धन्यवाद दिए । सिन्धुपाल्चोक कफि सहकारी संघले समेत महत्वमूर्ण भूमिका खेलेको भन्दै प्रसंशा गरे ।

कार्यक्रममा कृषि मन्त्रालय अन्र्तगत कृषि व्यवसाय पर्वदन समिति संयोजक डोल्मा तामाङले स्थानीय किसानहरुले उत्पादन गरेको उत्पादनलाई बजारीकरण सुनिश्चिता गर्नको लागि आफ्नो जिम्मेवारी रहेको सुनाउँदै कृषि उपज संकलन केन्द्र स्थापना गर्ने परियोजना, प्रारम्भिक अध्यायन तथा सर्वेक्षण गर्ने समेत गरिएको बताईन । पाँचवर्षे रणनीति र योजनाका साथ कार्कीटारमा सुरु भएको कफि उत्पादन अभियानमा आफु निरन्तर लागिरहने उदघोष गरिन ।

स्थानीय कफी उत्पादक सहकारीका अध्यक्ष तथा अगुवा कृषक यमबहादुर महतले चैतारा साँगाचोकगढी नगरपालिका–१० लाई कफीमय बनाउने अभियानमा नगर र वडाले विशेष महत्व राखेको प्रति खुशी व्यक्त गरे । ‘यो कार्यक्रमले तेरो मेरो नभनीकन जसले कफी उत्पादन राम्रो गर्छ त्यसलाई हाम्रो भनेर देख्नुपर्छ’, उनले भने । व्यक्तिलाई हेर्ने कार्यक्रम नहरेको बताउँदै उनले गलत गर्नेलाई दण्डित र असल काम गर्ने किसानलाई पुरस्किृत गर्ने परिपाटीको विकास गर्नुपर्ने तर्क राखे । यस्तै स्थानीय किसान बुद्वबहादुर कार्कीले कफी सहकारी संघले आफूहरुलाई मिनि टेलर लगाएत कृषि औजार दिएर सहयोग गरिएको बताए ।

स्मरण रहोस सिन्धुपाल्चोक कफी सहकारी संघ २०६९ सालमा स्थापना भएर सिन्धुपाल्चोक जिल्लामा उत्पादन, प्रशोधन, प्रमाणीकरण र बजारीकरण गर्दै आईरहेको छ । तर सुरुको उत्पादनलाई बजारीकरण गर्न निकै कठिनायी भएको संघकी अध्यक्ष मन्दु थापा बताउँछिन् । त्यहि समस्याका कारण कफी सहकारी गठन गरिएको उनले बताईन । सरकारी मार्फत जिल्लाभर उत्पादन, प्रशोधन र बजारीकरण गरिएको बताईन । कृषि पेशामा सबैभन्दा ठूलो समस्या भनेको बजारीकरण भएको उनको अनुभव छ । ‘६० केजी ड्राई चेरी उत्पादन भएर आज जिल्ला भर ३२ ट्रन उत्पादन भएको छ’, उनले भनिन । उनका अनुसार उक्त कफी संघ मार्फत अन्र्तराष्ट्रिय बजारसम्म पुगेको छ ।

नेपालबाट सबैभन्दा बढी कफी निर्यात गर्ने संघको रुपमा सिन्धुपाल्चोक कफी सहकारी संघलाई सम्मान गरिएको समेत उनले सुनाईन ।
उनका अनुसार जिल्लामा १२४ ठाउँमा कफी उत्पादन, २९ ठाउँमा पलपर सेन्टर, ११ वटा नर्सरी र सहकारीको आफ्नै भवन र आफ्नै प्रशोधन केन्द्र छ । कफीलाई विशिष्ट किसिमको कफी बनाउनको लागि प्रमाणिकरण गरेको उनको भनाई छ । यहाँको कफी अर्गानिक प्रमाणिकरण गरेर एकदशक कोरिया निर्यात हुने गरेकोमा पछिल्लोपटक जापान र अष्ट्रेलियामा हिमालयन कफी अर्गानिक भनेर समेत जान थालेको उनले बताईन । उनका अनुसार व्यापारीहरुले कफी प्रयोग गरे वापतको संकलन भएको पैसा पुन ः नेपालमा पठाउने गरेका छन् ।

त्यहि आधारमा जाहाँ कफी किसान बढी छन् त्यसै ठाउँलाई छनौट गर्ने क्रममा १० नम्बर वडा अन्र्तगत कार्कीटारलाई छनौट गरिएको उनले बताईन । कार्कीटारलाई कफी उत्पादन पकेट क्षेत्रको रुपमा विकास गर्नको लागि कृषि विकास कार्यालय धुलिखेल महत्वपूर्ण भूमिका निर्वाह गरेको र किसानहरुलाई तालिमको लागि बजेट व्यवस्था वाग्मति प्रदेश सांसद सरल सहयात्री पौडेलले गरिदिएको भन्दै धन्यवाद दिईन ।
उनका अनुसार कफी सहकारी संघले कफी उत्पादन पकेट क्षेत्र घोषणा गरिएको कार्कीटारका किसानहरुलाई ३० हजार वटा कफी विरुवा वितरण गरिएको छ । कफी विरुवाको लागि पकल खन्ने तथा कम्पोष्ट मल राख्ने काम यस अघि भएकोले केही दिनमै कफीको विरुवार लगाईने उनले बताईन । उनका अनुसार कफीको लागि माटो जाँच पहिलो प्राथमिकता भएको हुनाले वडाभरी २५ ठाउँको नमुना माटो परिक्षण गरिएको छ । कफीको लागि जैविक विषादी, कपोष्ट मल, गोठेमलको आवश्यकता रहन्छ । संघले कफि किसानहरुलाई खाडल खन्ने मेशिन, मिनिटेलर, प्लाष्टिक पोखरी, ट्याङकी लगाएत औजारहरु समेत वितरण गरिएको उनले सुनाईन ।

सोही कार्यक्रमको दिन संघको अगुवाईमा कार्कीटारमा किसानहरुले कफि व्यवसायलाई कसरी सुरुआत गरेका छन भनेर विशिष्ट व्यक्तिहरुलाई त्यस भेगमा अनुगमन समेत गराईएको संघका अध्यक्ष मन्दुले बताईन । अहिले जिल्लाभर सोही संघ मार्फत कफी उत्पादन, प्रशोधन र विदेशका विभिन्न मुलुककमा समेत कफी निर्यात भईरहेको छ । कार्कीटारमा कफि उत्पादनको पाँचबर्षे पकेट कार्यक्रम वाग्मति प्रदेशको पहिलो र ठूलो कार्यक्रम हो ।

