सिन्धुकी पत्रकार अस्मी ‘प्रदेश गौरव पत्रकारिता पुरस्कार’द्वारा सम्मानित
१६ जेठ, चौतारा । सिन्धुपाल्चोककी पत्रकार कमला तामाङ ‘अस्मी’ ‘प्रदेश गौरव पत्रकारिता पुरस्कार’द्वारा सम्मानित भएकी छिन् ।
सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यमा समर्पित भएको भन्दै पत्रकार तामाङलाई बागमती प्रदेश सरकारले “प्रदेश गौरव पत्रकारिता पुरस्कार” द्वारा सम्मानित गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालय, हेटौंडाबाट प्रदान गरिएको उक्त पुरस्कार तामाङले सञ्चारमाध्यमको माध्यमबाट सामाजिक चेतना अभिवृद्धि गर्न, जनतालाई तथ्यमा आधारित सूचना प्रवाह गर्न तथा सामाजिक परिवर्तनको आधार तयार गर्न योगदान पु¥याएको भन्दै प्रदान गरिएको सञ्चार रजिष्ट्रारको कार्यालय, हेटौंडाले जनाएको छ ।

संचार क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आएका तामाङ हाल नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को केन्द्रीय सहकोषाध्यक्ष तथा पेशागत संगठनको जिम्मेवारी बहन गरिरहेकी छिन भने हाल रेडियो सिन्धुमा कार्यरत रहेकी छिन् । उनको यो सम्मानले पत्रकारितामा सक्रिय सबै सञ्चारकर्मीलाई थप प्रेरणा मिलेको सञ्चारकर्मीहरु बताउँछन् ।


