
टोकामा बरामद २५ करोड विदेशी मुद्राको मालिक सिन्धुपाल्चोककै पौडेल भएको खुलासा

२० चैत्र २०८१, काठमाडौं । गत चैत ४ गते काठमाडौंको टोखा नगरपालिका झोरबाट ट्रकमा बरामद भएको करिब २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक सिन्धुपाल्चोकका व्यवसायी नारायण पौडेल रहेको खुलासा भएको छ ।
राजश्व अनुसन्धान माहा शाखाको दुई साताको अनुसन्धानपछि २५ करोड बराबरको अमेरिकी डलर र युरोको मालिक पौडेल भएको खुलेको हो ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने उनै नारायण पौडेल २५ करोडको मालिक भएको राजश्व अनुसन्धान माहा शाखाले पुष्टि गरेको छ । उनको नाममा पक्राउ पुर्जी जारी भइसकेको छ ।
गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो । उनी पनि भोटेकोशी वडा नम्बर १ कै बासिन्दा हुन् ।