जनयुद्ध दिवशमा आयोजित युथ चौताराको बक्तृत्वकलामा तामाङ्ग प्रथम

कुसुम थामी
१ फागुन, चौतारा । ३० औँ जनयुद्ध दिवशको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा युथ चौताराल बक्तृत्वकला सम्पन्न गरेको छ । प्रगियोगीतामा चौतारा बहुमुखी क्याम्पसका सरोज तामाङ्ग प्रथम भएका छन् ।

चौतारामा गरिएको नागरिकको अधिकार स्थापनाको लागि जनयुद्धको भुमिका बिषयक बक्तृत्वकला प्रगियोगीतामा चौतारा बहुमुखीकै जयन्ती बस्नेत दितीय, जुगल बहुमुखी क्याम्पकी अनिशा सुनार तृतीय र सिद्धीगणेश माबिकी रोशिना घिमिरेले सान्वना स्थान हासिल गरेका हुन् ।
प्रतियोगीहरुले १० बर्षे जनयुद्ध र त्यसको जगमा स्थापति हक अधिकारको बिषयमा चर्चा परिचर्चा गरेको थिए ।

बिजेता उनीहरुलाई नगद १५ हजार, १० हजार , ७ हजार ५ सय र ५ हजार पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । उनीहरुलाई नगरप्रमुख कृष्णप्रसाद सापकोटा, संघिय ससद माधव सापकोटा र प्रदेश साँसद एवं पूर्व मन्त्री युवराज दुलालले पुरस्कार बितरण गरेका हुन् । प्रतियोगीतामा १० जना प्रतियोगीहरु सहभागी रहेका थिए । सहभागि सवैको लागि शाक्यन इन्टरनेशनल प्रा.लि. काठ्माण्डौका सञ्चालक सन्तोष सापकोटाले एक एक थान झोला उपलब्ध गराएको थियो ।
तत्कालिन नेकपा माओबादीले २०५२ साल फागुन १ गतेबाट जनमुक्तिीका लागि जनयुद्धको शंखघोष गरेको थियो । सोही बेलादेखी फागुन १ गतेलाई हरेक बर्ष जनयुद्ध दिवशको रुपमा मनाउदै आएको छ । यस दिनमा हालको माओबादी घटकका पार्टीहरुले बिभिन्न कार्यक्रम गरि मनाएको छ ।