
डढेलो नियन्त्रणको लागि पालिका अध्यक्षले हेलिकोप्टर मगाएर गाउँ जोगाए (हेर्नुुहोस भिडियो सहित)

२० माघ (२०८१) तातोपानी । चीन र नेपालको सिमानामा पर्ने कोदारी जंगलमा दुई दिनदेखि लागेको आगो नियन्त्रणमा जारी छ । भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाको निजी खर्चमा काठमाडौंबाट प्राइभेट हेलिकोप्टर ल्याई पानी खन्याएर डढेलो नियन्त्रणको प्रयास गरेका छन् । शुक्रबार देखि लागेको बन डढेलो नियन्त्रणमा नआएपछि आफूले हेलीकोप्टर मगाएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।
उनका अनुसार सो क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि दुईवटा हेलीकोप्टर मगाएईएको हो । सिम्रिक एयरको दुई हेलिकोप्टरले भोटेकोशीबाट एउटाले पानी ओसार्ने र अर्कोले डढेलो प्रभावित क्षेत्रमा पानी खन्याईरहेको छ । डढेलो लागेको क्षेत्र गाउँपालिकाको वडा नम्बर २ अन्र्तगत लिपिङ बजार भन्दा माथि पर्दछ । त्याहाँ हिमरिभर हाईड्रोपावर रहेको छ ।
हाईड्रोपारको केही संरचना समेत डढेलोले क्षति पु¥याएको शर्पाले जानकारी दिए । त्यस लगाएत हिमरिभर हाईड्रोपावरको सहयोगमा दुई हेलिकोप्टर मगाईएर प्रभावित क्षेत्रमा पानी छ्याप्ने काम भईरहेको उनले बताए । हाईड्रोपावर भन्दा केही तल ४० घरधुरी रहेको रंगभुषा गाउँ भने पूर्ण रुपमा जोगिएको अध्यक्ष शेर्पाले बताए । ‘डढेलो नियन्त्रण गर्न अझै ५÷६ घण्टा लाग्न सक्छ’, अध्यक्ष शेर्पाले भने । डढेलो नियन्त्रणमा गाउँपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लागि परेका छन् ।
। आज दिउँसोभर हेलिकोप्टरले पानी खन्याएपछि डढेलो पूर्ण रूपमा रोकिने आफूले विश्वास लिएको वडा नम्बर २ का वडाअध्यक्ष कुमार श्रेष्ठको भनाई छ ।