
प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोककाे अध्यक्षमा पराजुली चयन

४ पुस, चौतारा । प्रेस सेन्टर नेपाल जिल्ला समिति सिन्धुपाल्चोकको सातौ अधिवेशनले अशोक पराजुलीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
शुक्रवार सम्पन्न अधिवेशनले उपाध्यक्षमा सालिगराम दुलाल, दिलमाया खड्का, सचिवमा निर्मल बस्नेत, सहसचिवमा युवराज गिरी , कल्पना श्रेष्ठ , कोषाध्यक्षमा केशवप्रसाद अधिकारी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मिलन तामाङ, निरुता श्रेष्ठ, अर्जुन विश्वकर्मा , रामकृष्ण पराजुली, सुवाष अर्याल र प्रेम तामाङ निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएकाे छ ।
यस्तै केन्द्रीय प्रतिनिधिमा पत्रकार महासंघ सिन्धुपाल्चोकका निवर्तमान अध्यक्ष जीवन श्रेष्ठ तथा दिनेश दुलाल चयन भएका छन् भने प्रदेश प्रतिनिधिहरुमा टिकाराम दाहाल, मणिशुन्दर कोइराला, दिपक खत्री र अस्मी स्याङतान चयन भएका छन् । अधिवेशनलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सदस्य एवम् चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्णप्रसाद सापकोटाले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै अबको पत्रकारिता समृद्धि र विकासको पक्षमा रहनुपर्ने धारणा व्यक्त गरे । कृष्ण सेन इच्छुकले देखाएको पत्रकारिताको बाटोलाई जनपक्षिय पत्रकारले अंगिकार गर्नुपर्ने धारणा राख्दै उहाँले त्यसको लागि विशेष योजना सहित काम गर्न सुझाए ।
अधिवेशनलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्काले अब पत्रकारहरुले समृद्धि र समाज विकासको लागि अग्रगामी विचार सहितकाे सकरात्मक भूमिका निर्वाह गर्न सुझाए । प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवम् बागमती प्रदेश इञ्चार्ज लक्ष्मण खड्का, बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष ध्रुव दंगाल, प्रेस चौतारी जिल्ला अध्यक्ष विदुर आचार्यले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रमकै बीच नेकपा माओवादी केन्द्र चौतारा साँगाचोकगढी नगर कमिटिको अध्यक्षमा निर्वाचित स्यामकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो। बन्दसत्रमा सांगठानिक एवम् आर्थिक प्रतिवेदनलाई पारित गरिएकाे साे संगठनले जनाएकाे छ ।