मैत्री बचतको आफ्नै भवन बन्ने, पूर्वमन्त्री दुलालबाट सिलान्यास

निर्मल बस्नेत
२ पौष, चौतारा । घर बहालमा सञ्चालित मैत्री बचत तथा ऋण सहकारीको आफ्नै भवन बन्ने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ७ स्थित सानोसिरुवारीमा सामुदायिक भवनको शिलान्यास गरिएको छ । पुर्व भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल र प्रदेश सांसद अमृता नेपालले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

.आफ्नै नाममा भवन नहुँदा १५ वर्षदेखी भाडामा सञ्चालनमा रहेको सहकारी संस्थाको सामुदायिक भवन निर्माणको लागि बागमती प्रदेश सरकारको पूर्व मन्त्री दुलालले प्रदेश सरकारबाट ४० लाख बजेट व्यवस्थापन गरेका हुन् । मैत्री साना किसान र मैत्री बचत तथा ऋण सहकारी मर्ज भएर हाल सन्चालनमा रहेको छ ।

बागमती प्रदेश सरकार भौतिक पूर्वाधार बिकास मन्त्रालय सहरी विकास तथा भवन कार्यलय धुलिखेलबाट कार्यन्वयन हुनेगरि बिनियोजित ४० लाख बजेटमा सामुदायिक भवन निर्माण कार्य प्रारम्भ भएको हो ।

मैत्री बचत तथा ऋण सहकारी संस्थाले मैत्री किसान कृषक समूहको कार्यलय स्थापना गरी कृषि सामग्रीहरु बेचविखनका लागि सामुदमयिक भवन निमार्ण गर्न लागिएको सहकारीले जनाएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै पुर्वमन्त्री दुलालले यस सहकारीलाई अब्बल सहकारी बनाउने र देशकै नमुना सहकारीको रूपमा स्थापित गर्ने संकल्प रहेको बताए । उनले प्रदेश सरकारको नीतिगत मापदण्ड अनुसार उक्त सामुदायिक भवन बन्न लागेको जानकारी गराए । कृषि उपज संकलन तथा बिक्रि बितरण, स्थानीय कृषक समूहको विभिन्न कामका लागि भवनलाई साझा रुपमा प्रयोगमा ल्याउन सञ्चालक समितिलाई आग्रह गरे । दुलालले यसै वर्षभित्र गुणस्तरसहितको भवन निर्माण सम्पन्न गरी सञ्चालनमा आउने गरि निर्माण कार्य सकाउनको लागि जोड दिए । स्मरण रहोस् दुलाल सहकारीको संस्थापक अध्यक्ष समेत हुन् ।

सोही वडाका अध्यक्ष डम्बर तामाङले आफ्नो वडामा बिकास निर्माणको कामहरु हुनुमा वडाबासी मन्त्री दुलालकै देन रहेकोमा खुशि ब्यक्त गरे । वडाध्यक्ष तामाङले पूर्वमन्त्री दुलाललाई राम्रो बिरुवाको रुपमा चित्रण गरेका थिए । उनले वडाबासीले यो बिरुवालाई जती मलजल गर्यो त्यति नै फल दिनेछ भन्दै आगमी दिनमा गोडमेल र उकेरा दिन वडावासीलाई आग्रह गरे । वडाध्यक्षले सामुदायिक भवन निर्माण हुन लागेकोमा हर्सित हुदै वडाबाट समेत आवश्यक सहयोग गर्न प्रतिबद्धता जनाए ।
सहकारीले सामुदायिक भवन निमार्ण गर्न पुर्वमन्त्री दुलालको योगदान रहेको बताउदै भवन निर्माण भएपछि उक्त भवनबाट सेवा विस्तार हुने संस्थाका अध्यक्ष रुपक धितालले बताए ।

धितालले सहकारीको आगामी पुष १३ गते साधारण सभा गर्ने योजना रहेको भन्दै सवैलाई उपस्थितको लागि आह्वान गरे ।