चौतारा साँगाचोकगढी नगरपालिका १ नम्बर वडाको बन्यो भव्य भवन

मंसिर २४, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा १ को स्याउलेमा भव्य वडा भवन बनेको छ । कम्पनी शुभराम्भ ईन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सलटेन्ट प्रालीद्वारा अनुमानित एक करोड १४ लाख ८७ हजार (भ्याट समेत) ६ कोठा रहेको दुईतले पक्की भवन बनेको हो । भ्याट समेत गरेर ८१ लाख ५६ हजार ४ सय ६९ रुपैंयामा अर्थात विलो २८.९९ प्रतिशतमा २०८० पुष ४ मा सम्झौता गरी २०८१ कार्तिक २० सम्पन्न भएको हो । उक्त भवनको चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले आज उदघाटन गरेका हुन् ।

नगरप्रमुख सापकोटाले नगरको बजेटमा पक्की भवन बनाईएको भन्दै वडा सम्म पुग्ने सडकको लागि बजेट विनियोजन गर्ने आश्वासन दिए । भवनको परिसर समेत जोखिम भएकोले बार हाल्न नगरले सहयोग गर्ने बताए । नगर भित्रका १४ वटै वडामा वडा भवन बनाउने लक्ष्य अनुसार १३ वटै वडामा भवन निर्माण भईसकेको उनले बताए । वडाले भौतिक पूर्वाधारको विकास भएसंगै वडाको आर्थिक विकासको लागि कृषि र व्यवसायीकरणमा लाग्नु पर्नेमा उनले जोड दिए ।

विशेष अतिथि उपप्रमुख सीता थापाले सुविधा सम्पन्न भवन बनेसंगै सेवाग्राहीलाई वडाबाट सेवा दिन सहज हुने बताईन । त्यस्तै कार्यक्रमका सभाअध्यक्षता गरेका सोही वडाका वडाअध्यक्ष युवलाल श्रेष्ठले जनताको चाहना अनुसार वडा भवनको लागि नगरले आर्थिक सहयोग गरेको प्रति धन्यवाद व्यक्त गर्दै सडक लगाएत पूर्वाधार निर्माणको लागि नगरसंग आग्रह गरे । कार्यक्रममा नगरका अन्य कर्मचारी, वडाका जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो ।