सिन्धुपाल्चोकको घर आँगनमै पुगेर सूचना विभागले पु¥यायो सेवा
दिनेश दुलाल
कार्तिक २८, चौतारा । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागले सिन्धुपाल्चोक पुगेर सेवा प्रदान गरेको छ ।
दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्वि तालिम र प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाईन सञ्चार माध्याम सम्बन्धी घुम्ति शिविर राखेर त्याहाँ कार्यरत पत्रकार तथा सञ्चार माध्यामहरुलाई सेवा दिएको हो ।
सूचना तथा प्रसारण विभिागको कार्ययोजना अनुसार दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्वि तालिम र प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाईन सम्बन्धि सेवा सिन्धुपाल्चोक जिल्लाबाट सुरुवात गरिएको नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले जानकारी दिए ।
उक्त तालिम तथा शिविरमा स्थानीय सञ्चारकर्मी र सञ्चार माध्यामहरुले सहज रुपमा लाभ पाउन भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । निर्देशक गौतमका अनुसार नेपाल पत्रकार माहासंघ सिन्धु शाखाको सहकार्यमा भएको तालिम २६ देखि २८ गतेसम्म तथा शिविर २६ र २७ गते भएको हो ।
तालिम आज समापन हुँदैछ । तालिमको सहजकर्ता डा. विजय मिश्रले गरेका थिए । तालिममा २८ जना स्थानीय सञ्चारकर्मीहरु सहभागि भएको नेपाल पत्रकार माहासंघ सिन्धु शाखाका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले जानकारी दिए । सूचना तथा प्रसारण विभागबाट सिन्धुपाल्चोकको घर आँगनमै पुगेर दिएको तालिम तथा शिविरले आफूहरु निकै उत्साहित भएको कार्यक्रममा सहभागि सञ्चारकर्मी कमला पाख्रिनले प्रतिक्रिया दिईन ।
त्यस्तै शिवरको दोस्रो दिन नयाँ १० र नविकरण ५ गरी १५ सञ्चारकर्मीहरुलाई प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध गराईएको र ३ अनलाईन सञ्चार माध्यमको नविकरण गरिएको शिविरमा सहभागी सूचना विभागका अधिकृत सुमन रौनियारले जानकारी दिए । शिविरमा सूचना तथा प्रसारण विभागका नायक सुब्बा अनिल शर्मा, खगेन्द्र कार्की र प्रतिक भट्टट्टाई लगाएत कर्मचारी खटिएका थिए ।
यसैबीच तालिम तथा शिविरको दोस्रो दिन विज्ञापन वोर्डले सिन्धुपाल्चोकमा रहेका सञ्चारमाध्यामहरुको अवस्थाको बारेमा अवलोकन भ्रमण गरेको छ । नेपाल सरकार विज्ञापन वोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागार्इँको नेतृत्वमा भएको उक्त भ्रमणमा त्याहाँ कार्यरत सञ्चारकर्मीहरुसंग सदरमुकाम चौतारामा अन्तरक्रिया तथा छलफल गरिएको थियो । स्थानीय सञ्चारमाध्यमहरुको दिगो व्यवस्थापनको लागि सिङगो सञ्चार क्षेत्रमा देखिएका विकृतिलाई कानुन सम्मत नियमन गर्न सबै जिल्लाहरुको अवलोकन भ्रमण गरिएको उनले जानकारी दिए ।