आलोपालोको ११ औं बार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न, गौतम पुन ः निर्वाचित


दिनेश दुलाल
कार्तिक २४, चौतारा । आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाको ११औं बार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१३ ठूलोसरुवारीमा रहेको उक्त सहकारीको वार्षिक साधारणसभाको चौतारा साँगाचोकगढी नगरपालिकाका सामाजिक विकास समितिकाका संयोजक एवम १३ नम्बर वडाका वडाअध्यक्ष रामप्रसाद गौतमले उदघाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका वडा अध्यक्ष गौतमले आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्थाले थोरै समयमा जनपक्षीय काम गर्न सकेको भन्दै नगर भरिकै उत्कृष्ट सहकारी बन्न सफल भएको उदघोष गरे । सहकारीकै माध्यमबाट जनताको आर्थिक जीवनस्तर उकास्न सकिने धारणा राख्दै गौतमले उक्त सहकारीले आयआर्जन र कृषि उत्पादनलाई जोड दिनु सुझाए । विद्यालयमा बालबालिकाहरुको लागि खुवाईने दिवा खाजा समेत सहकारी कै माध्यामबाट गर्न समेत उनले सुझाब दिए ।

नगर सहकारी शाखा प्रमुख दुर्गाप्रसाद ढुङगेलले नगरभित्र रहेका राम्रा उत्कृष्ट सहकारीहरुको संरक्षण गर्ने दायित्व नगरको भएको बताउँदै जनतामा राम्रो काम गरेका सहकारीहरुलाई पुरस्कृत र खराब सहकारीहरुलाई निलम्बन गर्ने वातावरण गर्नुपर्ने तर्क राखे । कार्यक्रममा नगर सहकारी सन्जालका अध्यक्ष नरमान श्रेष्ठ, सामाजिक व्यक्तित्व रामशरण विक लगाएत वक्ताहरुले शुभकामना दिएका थिए । नेपाल रेडक्रस सोसाइटी जन्किनी उप–शाखका सभापति बेल बहादुर महत, वडाका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, शेयर सदस्य तथा समाजसेवी व्यक्तित्वहरु सहभागी थिए । सहकारी संस्थाको वार्षिक प्रतिवेदन सहकारीका अध्यक्ष गौतमले प्रस्तुत गरेका थिए । सहकारीले कृषि तथा पशुपालन कार्यकमलाई प्रोत्साहन गर्ने देखि स्थानीय स्तरमा उत्पादित कृषिजन्य उत्पादन र पशुजन्य उत्पादनमा वडालाई आत्मनिर्भर बनाउने उल्लेख छ ।

संस्थाका कर्मचारीहरुको वृत्ति बिकास गर्न आवस्यकता अनुसारको सिप विकास तालिमको अवसर प्रदान गर्ने र शेयर सदस्यहरुको कृषि, ब्यापार, ब्यबसाय पेशामा थप सेवा र टेवा गर्दै उहाँहरुलागि आर्थिक रुपले सम्पन्न गर्ने उल्ल्ेख छ । संस्थाको मेरुदण्डको रुपमा रहेको शेयर पुंजीलाई बृद्दि गर्न प्रत्यक शेयर सदस्यहरुलाई ५० कित्ता शेयर खरिद गर्ने, १ कित्ता शेयर भएका शेयर सदस्यहरुलाई कम्तिमा १० कित्ता शेयर खरिद गर्न अनुरोध गर्ने र साधारणसभाको अवसरमा आज देखि ७ दिन सम्ममा शेयर खरिद गर्ने सदस्यहरुलाई ५० कित्ता बराबर ५ कित्ता बोनस दिने समेत उल्लेख गरेको छ ।

कार्यक्रममा उत्कृष्ट बचत कर्ता तथा असल ऋणी सम्मान कार्यकम गरिएको थियो । त्यस्तै सेती देवी मावि.र कुण्डला देवी माविबाट एसइइमा सर्वोउत्कृष्ट जिपिए सहित उत्र्तीण हुने छात्रछात्रालाई सम्मान गरेको छ ।
त्यस्तै बङ्गालादेशमा भएको ५ औ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै ठूलोसिरुवारीका ४ विद्यार्थीले स्वर्ण र एकले रजत पदक हाँसिल गरेका विद्यार्थीलाई सहकारीले नगद सहित सम्मान समेत गरेको छ ।

यसैबीच सहकारीको सञ्चालक समिति पुन ः नारायण प्रसाद गौतमको अध्यक्षतामा ११ सदस्यीय गठन भएको छ । अध्यक्ष नारायण प्रसाद गौतम, उपाध्यक्ष पार्वती सुवेदी, सचीव लिला बहादुर गिरी, कोषाध्यक्ष हरि बहादुर नेपाल रहेका छन् । यसैगरी सदस्यहरुमा धन बहादुर श्रेष्ठ, प्रकाश गिरी, सुनिता गिरी, बाल कृष्ण गौतम, हेम बहादुर श्रेष्ठ, हर्क बहादुर श्रेष्ठ, राज कुमार श्रेष्ठ रहेका छन् । यस्तै लेखा तथा सुपरिवेक्षण समिति संयोजक हरि बिक्रम नेपाल, सदस्य प्रमिला सापकोटा, लिला प्रसाद गौतम रहेका छन् । आ.व.०८०÷८१को प्रगति प्रतिवेदन अध्यक्ष गौतमले प्रस्तुत गरेका थिए भने भाबी कार्ययोजना, कोषाध्यक्ष हरि बहादुर नेपालवाट वार्षिक प्रतिबेदन २०८१ प्रस्तुत गरि सभामा पारित गरिएको हो । स्मरण रहोस सहकारीले यस बर्ष शेयर सदस्यहरुलाई १०% प्रतिशत लाभांश समेत पारित गरेको छ ।

यस्तो छ प्रतिवेदन

श्री आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

११औं वार्षिक प्रतिवेदन २०८१ र आ.व.०८१/०८२ को बजेट तथा कार्यकम

‘’ ढुंगाको काप फोरेर भए पनि लक्ष्यमा पुग्ने छ आलोपालो अग्रसर सहकारी, चिनाउने छ जिल्ला लाई उत्कृष्ट नमुना भै एक दिन विश्वभरी l‘’
यस आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा समारोहका
प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख आदरणीय कृष्ण प्रसाद सापकोटाज्यू,बिशेष
अतिथिज्यू,अतिथिज्यूहरु, हाम्रो निमन्त्रणालाई स्वीकार गरि पाल्नुहुने सहकर्मी सहकारी संस्थाका
अध्यक्षज्यूहरु, बिद्यालयका अध्यक्ष तथा प्र.अ ज्युहरु, स्वास्थ चौकीका प्रमुख तथा प्रतिनिधिज्यू, सामुदायिक
वनका अध्यक्षज्युहरु, संस्थाका संस्थापक शेयर सदस्यज्युहरु, संचालक समितिका पदाधिकारीज्युहरु,लेखा
समितिका संयोजक तथा सदस्यहरु, सभामा उपस्थित सम्पूर्ण शेयर सदस्य महानुभावहरु,पत्रकार, शुभचिन्तक
तथा मस्तिष्कमा समजदारीता,काँधमा जिम्मेवारीता, हुदयमा इमान्दारिता,लेखामा पारदर्शीता अनि
कार्यकममा सहभागिता जस्ता सहकारीका अपरिहार्य बिशेषताहरुले भरिपुर्ण भइ संस्थाको उन्नति र प्रगतिमा
अहोरात्र सदा सर्वदा समर्पित कर्मचारी मित्रहरु सबैमा आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्था
लिमिटेडको तर्फ वाट र मेरो ब्यतिगत तर्फवाट न्यानो सहकारी अभिवादनका साथ हार्दिक स्वागत गर्दछु l
आदरणीय शेयर सदस्य महानुभावहरु,
आ.व .८०/८१ को वासलात ,नाफा नोक्सान ,नगद प्रवाह र अन्य वित्तीय विवरणहरु सहितको लेखा परीक्षकको प्रतिवेदन
समयावधि भित्र नै सम्पन्न गरि यहाँहरु समक्ष अध्ययनको लागि पेश गर्न पाउँदा हामी संचालक समितिका सम्पूर्ण
पदाधिकारीहरु गौरवान्वित भएका छौ l यस सम्मानित सभामा उप्त विवरणहरुलाई आवश्यक छलफल गरि उचित राय
सुझावहरुका साथ अनुमोदनका लागि प्रस्तुत गरेको छु l
यस सभामा सो वारे छलफल हुँदा यहाँहरु वाट सदा झै अमुल्य सुझाव र सहयोग पाउने नै छु भन्ने कुरामा मैले आशा एव
विश्वास गरेको छु l अब म संस्थाको भावी योजना र हाम्रो सामु आउन सक्ने चुनौतीहरुलाई मध्यनजर राख्दै संचालक
समितिको तर्फवाट यो प्रतिवेदन तयार गरि आदरणीय शेयर सदस्य महानुभावहरु समक्ष पेश गर्न अनुमति चाहन्छु l
भावी कार्य योजना तथा नीतिहरु :-
हाम्रा भावी कार्य योजना तथा नीतिहरु निम्न अनुसार रहेका छन :-
१.कृषि तथा पशुपालन कार्यकमलाई प्रोत्साहन गर्ने,जसका लागि वडा कार्यालय र नगरपालिका संग समन्वय गरि
साझेदारीमा कार्यकम सँचालन गर्न पहल गरि स्थानीय स्तरमा उत्पादित कृषिजन्य उत्पादन र पशुजन्य उत्पादनमा वडा
लाई आत्मनिर्भर बनाउने l
२.कृषक सदस्यको माग अनुसारको रासायनिक मल,कृषि यन्त्रीकरण ,उपकरण ,बिउ बिजन ,किटनाशक औषधि सहकारी
मार्फत नै उपलब्ध गराउने कार्यकमलाई निरन्तरता दिदै जाने l जसका लागि कृषि सामग्री केन्द्र लि ,चौतारा
साँगाचोकगढी नगरपालिका, प्रधानमन्त्री कृषि परियोजना,ज्ञान केन्द्र र वडा कार्यलय संग निरन्तर समन्वय गर्ने l
३.बिद्यालय दिवा खाजा व्यवस्थापन गर्न वडा कार्यालय ,बिद्यालय र सरोकारवाला संग समन्वय गरि दीर्घकालीन
योजना बनाउने l

४. प्राथमिकताको आधारमा बहुउद्देश्यीय कार्यहरुमा कार्यान्वयन गर्दै जाने lजस्तै :कृषि,ब्यबसाय,सामाजिक, आर्थिक,कला
संस्कृतिl
५.संस्थाका कर्मचारीहरुको वृत्ति बिकास गर्न आवस्यकता अनुसारको सिप विकास तालिमको अवसर प्रदान गर्ने र
कर्माचारीको हितको लागि कर्मचारी प्रशासन नियमावली बनाई लागु गर्ने l
६.शेयर सदस्यहरुको कृषि ,ब्यापार,ब्यबसाय पेशामा थप सेवा र टेवा गर्दै उहाँहरुलागि आर्थिक रुपले सम्पन्न र
सामाजिक रुपले स्वाभिमानी बनाउदै लाने योजनालाई निरन्तरता दिदै जाने l जस अन्तर्गत उत्कृष्ट बचत कर्ता
सम्मान,असल ऋणी सम्मान कार्यकमलाई निरन्तरता दिदै जाने l
७.संस्थाले सामाजिक दायित्व अन्तर्गत हाम्रा कुनै पनि शेयर सदस्यहरु जोखिम दुर्घटनामा परेमा वा दिर्घ रोग लागि
नियमित औषधि सेवन गर्नुपर्ने भएका शेयर सदस्यहरुलाई आर्थिक सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिने l साथै सेती
देबी मा.बि.र कुण्डला देबी मा.बि.वाट SEE मा सर्बोउत्कृष्ट GPA सहित उत्तीणहुने छात्रछात्रा सम्मान कार्यकमलाई
निरन्तरता दिदै जाने l
८.संस्थामा सुशासनलाई प्राथमिकता दिदै छिटो,छरितो ,सुलभ ,र बैज्ञानिक रुपले चुस्त दुरुस्त सेवा प्रदान गर्न कुनै कसुर
वांकी नराखी, संस्थागत सुशासन कायम राख्दै यस संस्थालाई क्रमश:नगरपालिका,जिल्ला हुदै नेपालकै नमुना सहकारीको
रुपमा स्थापित गराउने l
९. संस्थाको मेरुदण्डको रुपमा रहेको शेयर पुंजीलाई बृद्दि गर्न प्रत्यक शेयर सदस्यहरुलाई ५० कित्ता शेयर खरिद गर्ने
प्रोत्साहन गर्ने, १ कित्ता शेयर भएका शेयर सदस्यहरुलाई कम्तिमा १० कित्ता शेयर खरिद गर्न अनुरोध गर्ने l
साधारणसभाको अवसरमा आज देखि ७ दिन सम्ममा शेयर खरिद गर्ने सदस्यहरुलाई ५० कित्ता बराबर ५ कित्ता बोनस
शेयर दिने l
१०. केहि शेयर सदस्यहरुले संस्थावाट व्यक्तिगत, कृषि,ब्यापार,ब्यबसाय र सवारी साधन शीर्षकमा विभिन्न समयमा
लिएको ऋणको समय सिमा सकिदा समेत ऋणको साँवा,ब्याज र हर्जाना समेत चुक्ता नगरेकोले तत्काल चुक्ता गर्ने
सदस्यहरुलाई हर्जना रकम पूर्णरुपमा मिनाहा गर्ने र तत्काल नबिकरण गर्ने सदस्यहरुलाई आंशिक रकम मिनाहा गर्ने l
११.सदस्य सर्वेक्षण फारम भरि सदस्यहरुको अपेक्षा र सुझाव आधारमा संस्थाको भावी नीति तथा कार्यकम तर्जुमा गर्ने l
हाम्रा केहि चुनौतीहरु :-
१.देश संघिय प्रणालीमा संचालन भएपछि बनेका सहकारी एन २०७४ र नियमावली २०७५ ले तत्काल र कालन्तरमा
सिर्जना गर्ने चुनौतीहरु l
२.दक्ष सहकारी जनशक्तिको अभाव हुनु र भएका जनशक्ति पनि अवसरको खोजि गर्दै विदेश पलायन हुनु,कार्यालय
परिवर्तन गरि बैंक र वित्तीय संस्था जाने प्रवृतिको बिकास हुनु l
३.आवश्यकताको पहिचान नगरी दिन प्रतिदिन च्याउ उम्रिएझै उम्रिएका सहकारीहरुको सङ्ख्यात्मक वृद्धिको तुलनामा
गुणात्मक एव प्रभाकारी अनुगमन तथा व्यवस्थापन नहुनु l

आदरणीय शेयर सदस्य महानुभावहरु,
अब म संस्थाको आ.व.८१/८२को लागि प्रस्तावित वार्षिक बजेट तथा कार्यकम संक्षिप्त रुपमा निम्न बमोजिम प्रस्तुत गर्दछुl

पूंजी तथा दायित्व र सम्पत्ति तर्फ

क्र.स शिर्षक आ.व.७८/७९को
वास्तविक रकम रु.

आ.व.७९/८० को
वास्तविक रकम रु.

आ.व.८०/८१को
वास्तविक रकम रु.

आ.व.८१/८२ को लागि
प्रस्तावित लक्ष्य रकम रु.

१ शेयर पुंजी ३५,६९,६००/- ४४,६७,१००/- ५०,०५,५००/- ६० लाख
२ निक्षेप दायित्व २,८४,७५,८६६/- ३,०५,७२,७६०/- ३,४५,५६,६५३/- ४ करोड
३ नगद/बैंक मौज्दाज १,११,३०,१७६/- १,३४,६१,९८१/- १,७४,३१,५७६/- १करोड ५० लाख
४ ऋण तथा सापटी २,२५,०६,३६९/- २,३४,०२,८८१/- २,४०,९९,४२६/- ३ करोड
५ स्थिर सम्पत्ति ३४,८३,५९७/- ३७,९७,५९१/- ३३,४१,५१३/- ४० लाख
६ जगेडा कोष ५,९७,२३७/- ६,६४,४७८/- ६,७९,३२६/- १०लाख
७ अन्य कोष ६,८१,८०५ ८,१०,७२६/- ७,१२,५७३/- १०लाख
नाफा /नोक्सान हिसाब तर्फ:
क्र.स शिर्षक आ.व.७८/७९ को
वास्तविक रकम रु.

आ.व.७९/८०.को
वास्तविक रकम रु.

आ.व.८०/८१को
वास्तविक रकम रु.

आ.व.८०/८१ को लागि
प्रस्तावित लक्ष्य रकम रु.

१ ब्याज आम्दानि ३०,५९,७१६/- ३१,९७,५५०/- ३५,२४,९४०/- ४० लाख
२ बिबिध आम्दानि १०,४८,७४९/- ४७,४६,५६९/- २९,५६,०१४/- ५०लाख
३ ब्याज खर्च २०,०१,९४८/- २५,९३,३४७/- ३०,८९,७९७/- ३५ लाख
४ कर्मचारी खर्च ६,८१,६००/- ८,४१,९९५/- ९,२७,०००/- १०लाख
५ अन्य संचालन खर्च ४,५०,९७३/- ४२,२५,६५७/- २३,९८,१६६/- ३० लाख
६ नाफा ७,४२,६७२/- २,६८,९६३/- ६५,९९१/- १० लाख
आदरणीय शेयर सदस्य महानुभावहरु,
यस साधारण सभामा संचालक समितिको तर्फ वाट पेश गरिएका प्रस्तावित कार्यकम बजेट तथा प्रगति प्रतिवेदन माथि
आवश्यक छलफल गरि महत्वपूर्ण सुझाब सहित पारित गरि दिनुहुनका लागि अनुरोध गर्दछु l साथै लेखा परीक्षकले
दिएको संस्थाको आ.व.८०/८१ को लेखा परिक्षण प्रतिवेदन सहितको वासलात ,नाफा नोक्सान,नगद प्रवाह र अन्य
वित्तीय विवरणहरु एव समितिको तर्फ वाट राखिएका प्रस्ताबहरु छलफल तथा अनुमोदनको लागि सम्पूर्ण शेयर सदस्य
महानुभावहरुमा अनुरोध गर्दछु l
अन्तमा लक्ष्य प्राप्तिका लागि सहयोग गर्नुहुने शेयर सदस्यहरु, चौतारा साँगाचोकगढी नगरपालिका,१३ न.वडा कार्यालय
,प्रधानमन्त्री कृषि परियोजना सिन्धुपाल्चोक,लगाएत सम्पूर्ण सरोकारवाला मित्रहरु प्रति संस्थाको तर्फ वाट हार्दिक
आभार प्रकट गर्दछु l साथै प्रतिवेदन लेखन कार्यमा सहयोग गर्नुहुने संस्थाका प्रवन्ध निर्देशक ,अमुल्य सुझाब दिनुहुने
संस्थाका पदाधिकारीज्युहरु ,लेखा समितिका साथीहरुलाई सम्मान पुर्वक बिशेष धन्यवाद दिदै म आफ्नो प्रतिवेदन यहीं
टुंग्याउछु l धन्यवाद ! जय सहकारी !! जय आलोपालो !!
मिति:२०८१/०७/२४ गते शनिवार
स्थान :सहकारी भवनको प्राङ्गण चौ.सा.गढी -१३,ठूलोसिरुवारी ,सिन्धुपाल्चोक श्री नारायण प्रसाद गौतम
अध्यक्ष

संचालक समिति
आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभामा प्रस्तुत

वार्षिक प्रतिवेदन २०८१

‘’ बन्दैन संस्था मिलिजुली योगदान नगरे ,हुदैन आर्थिक परिवर्तन आलोपालोमा कारोवार नगरे l ‘’

आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११औं वार्षिक
साधारणसभाका सभा अध्यक्षज्यू, यस समारोहका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका नगर
प्रमुख आदरणीय कृष्ण प्रसाद सापकोटाज्यू,यस समारोहका विशेष अतिथि चौतारा साँगाचोकगढी
नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १३ का आदरणीय वडा अध्यक्ष राम
प्रसाद गौतमज्यू, वडा सदस्यज्यूहरु,हाम्रो निमन्त्रणालाई स्वीकार गरि पाल्नु हुने अन्य अतिथिज्युहरु,
सहकारीका अध्यक्षज्यूहरु, वडामा रहेका बिद्यालयवाट आउनुभएका अध्यक्षज्यूहरु, प्रधानध्यापकज्यूहरु, स्वास्थ
चौकी प्रमुख तथा प्रतिनिधिज्यू,सामुदायिक वनका अध्यक्षज्युहरु, संस्थका संस्थापक शेयर सदस्यहरु,संचालक
समितिका पदाधिकारीज्युहरु,लेखा समितिका संयोजक तथा सदस्यज्यूहरु,यस सभामा उपस्थित सम्पूर्ण शेयर
सदस्य महानुभावहरु,सुरक्षाकर्मी,पत्रकार, शुभचिन्तक र संस्थामा कार्यरत कर्मचारी मित्रहरु सबैमा आलोपालो
अग्रसर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तर्फ वाट र मेरो ब्यतिगत तर्फवाट सहकारी अभिवादनका साथ
हार्दिक स्वागत गर्दछु l
आदरणीय शेयर सदस्य महानुभावहरु,
विगत वर्ष झै यस पटक पनि यस संस्थाको ११ औं वार्षिक साधारण सभामा यहाँहरु सामु वार्षिक प्रतिवेदन पेश गर्न
पाउँदा हामि गौरवान्वित भएका छौ l साधारणसभा वाट म लगाएत मेरा मित्रहरुलाई यस संस्थाको संचालक समिति
तथा लेखा समितिको पदमा यहाँहरुले दिनुभएको जिम्मेवारीलाई गम्भीरतापुर्बक मनन गरि साधारण सभा प्रति
उत्तरदायी भई सहकारीको मूल्य मान्यताको अनुसरण गर्दै यो प्रतिवेदन पेश गरेको छु l
आदरणीय शेयर सदस्य महानुभावहरु,
सहकारीको सर्वमान्य मूल्य ,मान्यता र सिद्दान्तहरुको आधारमा २०७० साल पौष १९ गते डिभिजन सहकारी कार्यालय
धुलिखेलमा आलोपालो वचत तथा ऋण सहकारी संस्था लि.विधिवत् रुपमा दर्ता भई २०७० साल माघ ०५ गतेका दिन
तत्कालिन ठूलोसिरुवारी गाबिस अध्यक्ष/सचिव दुर्गा प्रसाद ढुङ्गेल ज्यूको प्रमुख आतिथ्यतामा एक समारोहमा संस्थाको
विधिवत् उद्दघाटन गरि सेवाको सुरुवात भई , शेयर सदस्यहरुलाई सेवा दिदै जाने क्रममा सदस्यहरुको आबश्यकतालाई
मध्यनजर गर्दै २०७०साल चैत १५ गते देखि राष्टिय तथा अन्तराष्ट्रिय रेमिटान्स सेवा सुरु गरि स्थापनाको छोटो समयमा
नै सदस्यहरुको आर्थिक कारोवार गर्ने लोकप्रिय संस्थाको रुपमा स्थापित गर्न सफल भएको स्मरण गर्दै संस्था स्थापना गर्न
महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने संस्थापक शेयर सदस्य,संस्थापक अध्यक्ष लगाएत पदाधिकारीहरुमा सम्मानपुर्वक
बिशेष धन्यवाद व्यक्त गर्दै संस्थाको तर्फ वाट हार्दिक आभार प्रकट गर्दछु l
संस्थाले विभिन्न आरोह –अवरोहको सामना गर्दै स्थापनाको तेस्रो वर्ष पुरा गरि वार्षिक साधारणसभा सकिए पश्चात
एकीकरणको साधारणसभा गरि तत्कालिन ठूलोसिरुवारी गाविस कार्यक्षेत्र बनाई २०५९ सालमा डिभिजन सहकारी
कार्यालय धुलिखेलमा दर्ता भएको अग्रसर बहुउद्देश्यीय सहकारी संस्था लि संग संस्था एकीकरण गरि २०७३ साल देखि
आलोपालो अग्रसर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नामवाट संस्थाले सेवा प्रदान गरि रहेको छ l एकै स्थानमा
संचालित संस्था एकीकरण गर्नका लागि कार्यदलमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने कार्यदलका संयोजक तथा
सदस्यहरुमा सम्मानपुर्वक बिशेष धन्यवाद सहित संस्थाको तर्फ वाट हार्दिक आभार प्रकट गर्दछु l
आदरणीय शेयर सदस्य महानुभावहरु,

सहकारीले १० वर्ष पुरागरि सफलतापुर्वक ११औं बर्षमा प्रवेश गरि रहदा छोटो अवधिमा नै नगरपालिकाको उदाहरणीय
सहकारीको रुपमा स्थापित हुन सफल भएको व्यहोरा सबैमा सहर्ष जानकारी गराउदै ,संस्थागत सुशासन र आन्तरिक
नियन्त्रण प्रणालीलाई चुस्त ,दुरुस्त राखी ,स्पस्ट नीति र नियमहरुको साथ प्रत्येक आ.व.मा हामीले गरेका कार्यहरु
सभामा प्रस्तुत गरि अनुमोदन गर्ने गरेको सम्पर्ण शेयर सदस्य महानुभावहरुलाई स्मरण गराउदै यस वर्ष पनि सदस्यहरुको
सहयोगको अपेक्षा हामीले गरेका छौl सदस्य महानुभावहरुको जानकारीको लागि आ.व.८०/८१ को वार्षिक प्रतिबेदनलाई
संक्षिप्त रुपमा प्रस्तुत गर्दछु l
संचालक समिति :- ११ जना,लेखा तथा सुपरिवेक्षण समिति :३ जना,ऋण लगानी उप-समिति:३जना
सदस्यता वृद्धि स्थिति :- महिला :६७४ ,पुरुष : ६६८ ,अन्य : ४० , जम्मा :१३८२
गत आर्थिक वर्षको तुलनामा यस बर्ष सदस्यता वृद्धि =१३८२-१३२५ = ५७ जना
बैठक सङ्ख्या:- संचालक समिति – ०९ , संचालक समिति र लेखा समिति संयुक्त – १०, ऋण लगानी उपसमिति -१०
कर्मचारी विवरण :- ४ जना (प्रवन्ध निर्देशक -१जना , सहायक -१ जना,बजार सहायक -१ हाल छनौट प्रक्रियामा रहेको
र दिवा खाजा सहायक -१)
वासलात ,नाफा नोक्सान ,नगद प्रवाह र अन्य वित्तीय संक्षिप्त विवरणहरु :
क्र.स शिर्षक रकम रु. क्र.स शिर्षक रकम रु.
१ शेयर पुंजी ५०,०५,५००/- १ ऋण तथा सापटी २,४०,९९,४२६/-
२ निक्षेप दायित्व ३,४५,५६,६५३/- २ नगद /बैंक मौज्दाज १,७४,३१,५७६/-
३ जगेडा कोष ६,७९,३२६/- ३ स्थिर सम्पत्ति ३३,४१,५१३/-
४ अन्य कोष ७,१२,५७३/- ४ पाउन वांकी(सुपथ पसल,मल स्टक ) २,५१,३५०/-
५ भुक्तानी दिनुपर्ने मुद्दती
ब्याज

३,८१,४९६/- ५ दिवा खाजा सामग्री स्टक २३,४२१/-
६ दिर्नु पर्ने कर १,९९,७८९/- ६ – ००/-
७ बिना ब्याज खाता ५,५६,९४९/- ७ – ००/-
८ अनुदान हिसाब ३०,५५,०००/- ८ – ००/-
जम्मा ४,५१,४७,२८६ /- जम्मा ४,५१,४७,२८६ /-

नाफा /नोक्सान हिसाब तर्फ:
क्र.स शिर्षक रकम रु. क्र.स शिर्षक रकम रु.
१ ब्याज खर्च ३०,८९,७९७/- १ ब्याज आम्दानि ३५,२४,९४०/-
२ अन्य सँचालन खर्च २१,९६,६५१/- २ बिबिध आम्दानि २५,४४,६८७/-
३ कर्मचारी खर्च ९,२७,०००/- ३ हर्जना शुल्क ४,११,३२७/-
४ जीन्सी ह़ासकट्टी २,०१,६१५/- ४ – ००/-
५ मुनाफा कर ६,५९९/- ५ – ००/-
६ खुद नाफा ५९,३९२/- ६ – ००/-
जम्मा ६४,८०,९५४/- जम्मा ६४,८०,९५४/-

आदरणीय शेयर सदस्य महानुभावहरु,
अन्तमा संस्थाको लक्ष्य प्राप्तिका लागि सहयोग गर्नुहुने शेयर सदस्यहरु, लगाएत सम्पूर्ण सरोकारवाला प्रति संस्थाको तर्फ
वाट हार्दिक आभार प्रकट गर्दछु l साथै प्रतिवेदन लेखन कार्यमा सहयोग गर्नुहुने संस्थाका कर्मचारीहरु ,खारिएको अचुक
अनुभव प्रदान गर्दै अमुल्य सुझाब दिनुहुने संचालक समिति ,लेखा समितिका पदाधिकारीहरु ,IT मा सहयोग गर्नुहुने
software कम्पनीका साथीहरु,लेखापरीक्षक साथीहरुलाई सम्मान पुर्वक बिशेष धन्यवादब्यक्त गर्दछु l
जाँदाजादै, विगतका बर्षहरुमाझै सम्पूर्ण सदस्यहरुले आ-आफ्नो सम्पूर्ण आर्थिक कारोवार हाम्रो आफ्नै आलोपालो अग्रसर
बहुउद्देश्यीय सहकारी संस्था मार्फत गरि /गराई संस्थालाई एउटा भरपर्दो ,विश्वासिलो सामुहिक थलोको रुपमा बिकास
गर्न सहयोग पुर्याउनु हुनेछ भन्ने अपेक्षा साथ म आफ्नो प्रतिवेदन यहिँ टुंग्याउन चाहन्छु l
धन्यवाद ! जय सहकारी !! जय आलोपालो !!!
मिति:२०८१/०७/२४गते शनिबार
स्थान :सहकारी भवनको प्राङ्गण चौ.सा.गढी .१३ ठूलोसिरुवारी ,सिन्धुपाल्चोक

श्री हरि बहादुर नेपाल
कोषाध्यक्ष