मालिकादेवी कप कात्तिक ५ गतेबाट मेलचौरमा खेल सुरु हुने

असाेज १९, चाैतारा । मालिकादेवी कप अाउँदाे कात्तिक ५ गतेबाट मेलचौर दरबार डाँडामा सुरु हुने भएकाे छ ।
अाउँदै गरेकाे नेपालीहरूकाे महान चाड वडादशैं तथा तिहारलाई लक्षित गरि विगत तिन वर्ष देखि संचालन गर्दै आएको छ ।

यसपटक भनेकाे आयाेजकले फरक खालकाे आकर्षक याेजना अघि सारेकाे छ । अर्थात चौथो संस्करणको मालिकादेवी कपमा खेलाडीहरुको विमा गरीने भएको हाे । यो प्रतियोगिता अन्तरगत चौथो संस्करण अन्तरगत यहि बर्षबाट खेलाडीहरुको विमा गरीने आयोजक जागरण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार विमाको लागी टिम दर्ताका क्रममानै प्रत्यक क्लबले १५ सय रुपैया विमाको लागी भनेर बुझाउनुपर्ने छ । यस्तो विमाको अवधि ७ दिनको रहने छ ।

क्लबले यो वर्षबाट विजेता पुरस्कार राशी समेत बढाएर १ लाख ५५ हजार ५ सय ५५ पराएको छ भने उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र मेडल पुरस्कार पाउने छन् ।

प्रतियोगिता चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित दरबारडाँडा खेल मैदानमा एक साता सम्म चल्नेछ ।
प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडी र प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा जुनसुकै जिल्लाका टिमले समेत भाग लिन सक्ने छन् । टीम दर्ता शुल्क ५ हजार रुपैयाँ राखिएको छ । कात्तिक ३ गतेसम्म टीम दर्ता गर्न सकिने छ भने ४ गते आयोजकले खेल तालिका सार्वजनिक गर्ने छ । प्रतियोगितालाई विगत वर्षहरु झै सफल र थप भब्य बनाउन तयारी सुरु गरिएको क्लबले जनाएको छ ।