पहिरो पीडीतलाई उद्योग बाणिज्य संघको राहत, हेलिमार्फत सामग्री लगिदै

निर्मल बस्नेत

सिन्धुपाल्चोकको बिकट गाउँपालिका जुगल गाउँपालिका वडा नम्बर ३ को तेगा भन्ने गाउँमा रहेका पहिरो पीडितका लागि सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले राहतस्वरुप खाद्यन्न उपलब्ध गराएको छ ।

११ र १२ गतेको अबिरल बर्षाको कारण बस्ती नजिक पहिरो गएर आवतजावत ठप्प भएको छ । बिजुली र सञ्चारबाट बिच्छेद भएपछि उनिहरु सम्पर्क बिहिन भएका हुन् ।

३ दिन अघि तेम्बाथाङबाट तेगाजान भनि वडा सदस्य मिङमार शेर्पासंग कुराकानी गरि छुटेको भन्ने सम्मको खबर छ ।
आईतबार उक्त खबर थाह पाउनसाथ प्रमुख जिल्ला अधिकारी किरण थापाले नेपाली सेना र नेपाल प्रहरीलाई उक्त स्थानको बारेमा बुझ्न निर्देशन गरेका थिए । सो पश्चात जानको सेना र प्रहरी उक्त स्थानतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनिहरु ३ दिनको निरन्तर बर्षाको कारण सञ्चारमाध्यममा अवरोध आई सम्पर्क बिहिन बनेका हुन् । स्थानीयहरुले हेर्दा तेम्बाथाङ अगाढी पनि पहिरो र तेगा नजिक पनि पहिरो गएको देखिएको छ भन्नेसम्मको खबर प्राप्त छ । उनिहरु के कस्तो अवस्थामा रहेका छन् भन्ने बारे कुनै जानकारी प्राप्त हुन सकिरहेको छैन ।

प्रजिअ किरण थापाले बताएअनुसार अवको केहिबेरमै सेनाको हेलिकप्टेर लिएर खाद्यन्नको साथमा अन्य बन्दोबस्तको सामग्री लिएर उक्त स्थानमा जाने तयारी भईरहेको जानकारी दिएका छन् ।