पहिरोमा पुरिएर पूर्ववडाअध्यक्ष दम्पतिको मृत्यु

असोज १२, सिन्धुपाल्चोक । दुइदिनदेखि अबिरल वर्षापछि आएको पहिरोले पुरिएर सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ का पूर्व वडाध्यक्ष दम्पतीको मृत्यु भएको छ ।

गएरातिको पहिरोले घर पुरीएर लिसंखुपाखर –३ का पुर्व वडाध्यक्ष काजीबहादुर लामा ‘काजी बा’ र उनको श्रीमतीको मृत्यु भएको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले बताए । राति करिब १ बजे आएको पहिरोमा परी उनिहरुको घटनास्थलमै मृत्युु भएको अध्यक्ष लामाले बताए ।
स्थानीयको सहयोगले मृतक दम्पतिको शव घटनास्थलबाट निकालिएपनि अन्य क्षतिको विवरण लिन नसकिएको उनले बताए ।