मध्येभोटेकोशी र बाह्रबिसेका स्थानीयबीच सहमति, केही दिनमै अवरोध काम सुचारु हुने

दिनेश दुलाल
भदौ १३, बाह्रबिसे । निर्माणधिन मध्यभोटकोशी जलविद्युत आयोजना (१०२) र स्थानीय प्रभावित बीच आयोजनाको काम सुचारु गर्ने सहमति भएको छ ।

निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको आयोजनाको काम टावर निर्माणको क्रममा स्थानीय अवरोध पु¥याएका थिए । बाह्रबिसे नगरपालिका–३,४ वडामा विद्युत टावर बन्न सकेको थिएन । स्थानीयले जग्गाको मुअब्जा र अस्पताललाई १० करोड आयोजनासंग माग गरेर अवरोध पु¥याउँदै आएका थिए । नयाँ सत्ता समिकरण बनेर सरकार गठन भएपछि कांग्रेस नेता बस्नेतकै पहलमा बुधबार उर्जामन्त्री लगाएत टोली पहिलोपटक आयोजना स्थल पुगेको हो ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति १४ महिनापछि जुटेको हो ।

बाह्रबिसे नगरपालिकामा भएको सहमतिमा नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्ण बहादुर लामा (कान्छाराम), नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री मोहन बहादुर बस्नेत, नेपाल विधुत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ ,बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका प्रमुख उपप्रमुख, निमित्त प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख ज्यु, उद्योग वाणिज्य संघ, मध्य भोटेकोसी जलविद्युत् आयोजना प्रमुख, कर्मचारी, वडा अध्यक्ष लगायत जनप्रतिनिधि सहभागी थिए ।

सहमतिमा मध्य भोटेकोसी जलविद्युत् आयोजनाको बाँकी कार्य सुचारु गरि आयोजना संचालन गर्ने विषयमा छलफल सहित महत्वपूर्ण निर्णय भएको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले जानकारी दिए । उनका लिखित सहमति भने बाह्रबिसे नगरपालिकामा बिहिबार भएको हो ।

सहमति अनुसार आयोजनाले बाह्रविसे प्राथामिक स्वास्थ्य केन्द्रलाई १० करोड दिने ( ५ करोड अहिले ५ करोड भएको ३ महिना भित्र ), बाह्रविसे नगरपालिका वडा नं ३ र ४ ५० ÷५० लाख दिने सहमति भएको हो । त्यस्तै यसअघि समाचार गलत प्रसारण भएकोले आयोजनाले माफी प्रेस विज्ञप्ति जारी गर्ने समेत सहमति भएको छ । मुबब्जा २०% + गर्ने सहमति भएअनुसार बिहिबारबाट काम शुरु गर्न स्थानीय प्रभावित सहमति भएका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगतका कामहरु आयोजनाले यसअघि नै पुरा गरिसकिएको जनाएपनि आयोजनाले फेरी पनि यति ठूलो धनराशी प्रभावितको लागि खर्चिनुपर्ने भएको छ ।

बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि स्थानीय बासिन्दाको अवरोध थियो ।
२२० केभी सिङ्गल सर्किट प्रसारण लाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो । तर, बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाले २ किलोमिटर तार तान्न सकिरहेको थिएन । उक्त दुई किलोमिटरमा पर्ने प्रसारण लाइनको मार्गधिकार (राइट अफ वे)मा १२४ जना जग्गाधनीको जग्गा पर्दछ ।

बुधबार भएको छलफलमा आयोजनाले संस्थापक सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत नगरपालिकामार्फत बाह्रबिसे नगर अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ । आयोजनाको प्रभावित क्षेत्रअन्तर्गत बाह्रबिसे नगरपालिका–३ र ४ वडालाई पनि समावेश गराई अन्य प्रभावित क्षेत्रलाईजस्तै विकास निर्माण कार्यका लागि सहायता उपलब्ध गराउने, प्रसारण लाइनको मार्गधिकार पर्ने जग्गा तथा संरचनाहरुको उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । यसैगरी, प्रसारण लाइनको बाँकी रहेको निर्माण तत्काल सुरु गर्ने सहमति जुटेको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री खड्काले निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोशी जलविद्युत आयोजनाको विद्युत् प्रणालीमा समाहित गर्नका लागि प्रसारण लाइन निर्माणमा जारी अवरोध खुलाउन महत्वपूर्ण सहमति भएको र सहमति सबै पक्षले इमान्दारीपूर्वक कार्यान्वयन गरी आयोजना निर्माणमा रहेका बाँकी काम एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिए ।
सहमति बमोजिम तत्काल निर्माण कार्य सुरु गर्न निर्देशन दिंदै ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री तामाङले निर्माण कार्यको आपूmले नियमित अनुगमन गर्ने बताए ।

सांसद बस्नेतले बिगतमा आयोजनालाई अगाडि बढाउन आफूले ठूलो जोखिम लिएको उल्लेख गर्दै हाल स्थानीयले उठाएका जायज मागलाई पूरा गराउन आफूले साथ दिएको बताए ।

स्थानीयको अपनत्व हुने आयोजना निर्माण अगाडि बढाइएको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइनका बाँकी काम सम्पन्न गरी आयोजनाबाट तत्काल विद्युत् उत्पादन सुरु गर्ने वातावरण बनाइदिन आग्रह गरे । घिसिङले आयोजनाको विद्युत प्रवाहका लागि २२०–१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको बताए ।

मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो हाल सुरुङको मर्मत र सुधार सकिएको छ । आयोजनाबाट असोजभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ बाँकी कामहरु भइरहेको आयोजनाले जनाएको छ ।

नयाँ सहमति भएसंगै अब कामले तिव्रता पाउने आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल शिवाकोटीको भनाई छ ।
शिवाकोटीका अनुसार पोहोर, १७ असार २०८० देखि रोकिएको प्रसारण लाइन विस्तारको काम सहज बनाइदिन आयोजनाले बारम्बार अनुरोध गर्दा बल्ल यसपटक सहमति जुटेको हो ।

स्मरण रहोस आयोजनाले मुआब्जा क्षतिपूर्तिका नाममा निश्चित रकम माग गर्दै पूर्वमन्त्री एवम् सांसद मोहनबहादुर बस्नेत माथि मध्य–भोटेकोशी जलविद्युत् आयोजना (१०२ मेगावाट) को प्रसारण लाइन विस्तार एक वर्षदेखि रोकिदिएको आरोप छ ।