‘ढुंगा पास गरे लाईसेन्स ड्यामेज गरिदिन्छु’–पूर्वमन्त्री बस्नेत
भदौ ६, सुकुटे । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद एवम पूर्व स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाबाट जथाभावी ढुङ्गा उत्खनन गरे पास गरे आफूले लाईसन्सवालाको लाईसेन्स ड्यामेज गरिदिने चेतावनी दिएका छन् ।
आर्थिक वर्ष २०८०÷२०८१ मा सिन्धुपाल्चोक जिल्लामा भएका विकास निर्माण सम्बन्धी कार्यक्रमहरुको वार्षिक समिक्षा कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेका पूर्वमन्त्री बस्नेतले पालिकाका जनप्रतिनिधिहरुलाई लक्षित गरी उक्त धारणा राखेका हुन् । पूर्वमन्त्री बस्नेतले कार्यक्रममा सहभागी पालिका प्रमुखहरुलाई लक्षित गर्दै भने, ‘ढुंगा खानी पास नगर्नुहोला तपाईको लाईसेन्स ड्यामेज होला’ जुगल, हेलम्बु, भोटेकोशी लगाएत स्थानीय तहहरुमा कानुन मिचेर जथाभावी फुटे ढुङगा निकाल्ने प्रचलनका विरुद्व आफू निरन्तर लागिपरेको बताए ।
सोही कार्यक्रममा सांसद बस्नेतले सिन्धुपाल्चोक जिल्लामा विना ईन्जिनिएर सडक ट्र्याक अत्याधिक मात्रमा खोल्नाले ग्रामिण भेगमा विनास निम्तिएको खुलासा गरे । आफ्नो २ नम्बर क्षेत्रको जिम्मेवारी रहेपनि दुई वटै क्षेत्रको जिम्मेवारी बहन गर्ने बताए । आफूले जस्तो ठूलो योजनाहरु अरु माननीयले ल्याएको नदेखिएको उनले ठोकुवा गरे । साना योजनाका बजेट भएपनि आफ्नो निर्वाचन क्षेत्रमा ईतिहासमै पहिलोपटक धेरै बजेट परेको उनको दावी छ । ८ वटा सडक स्तरीउन्नतीको लागि यसपटक बजेट परेको उनको भनाई छ । राजनैतिक दलहरु मात्रै होईन राष्ट्रसेवक कर्मचारीको समेत समन्वयन्त्माक भूमिका भएसम्म विकासले गति लिन नसक्ने उनको भनाई छ ।

