सिन्धुपाल्चोक जिल्लाको जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रम सम्पन्न
दिनेश दुलाल
भदौ ६, सुकुटे । सिन्धुपाल्चोक जिल्लाको जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा सिन्धुपाल्चोक जिल्लामा भएका विकास निर्माण सम्बन्धी कार्यक्रमहरुको वार्षिक समिक्षा कार्यक्रम जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोकको आह्वानमा बिहिबार सुकुटेमा सम्पन्न भएको हो ।

जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रम सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद एवम पूर्व स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा समिक्षा कार्यक्रम भएको हो ।
कार्यक्रममा बागमती प्रदेशका निर्वतमान मन्त्री मसिना खड्का, सिन्धुपाल्चोकका सायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारी, जिल्लाका ११ वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख, प्रमुख जिल्ला समन्वय अधिकारी, ११ वटै पालिकाका प्रमुख प्रशासकिय अधिकृत, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता थियो । जिल्ला समिक्षामा ११ वटै स्थानीय तह एवम् जिल्ला स्थित सरकारी कार्यालयहरुले आर्थक वर्ष २०८०÷०८१ मा सम्पन्न गरेका कार्यक्रमहरुको प्रस्तुति गरेका थिए ।

आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाको स्थानीय तहमा भएका विकास निर्माण सम्बन्धी कार्यक्रमहरुको वार्षिक समिक्षा कार्यक्रममा कार्यालय प्रमुखहरुले संघीय तथा प्रदेश सरकारद्वारा गराईएको कानुनी जटिलता तथा वित्तीय अनुदान कटौतिका बीच कार्यसम्पादन सन्तोषजनक रहेको प्रतिक्रिया दिएका थिए ।
कर्मचारी दरबन्दी स्विकित र पद दर्ता नहँदा आवश्यक मात्रामा दक्ष कर्मचारीको अभाव, दरवन्दी सिमित स्थानिय तहहरुको आवश्यकता बमोजिम नरहेको र स्विकृत पदमा समेत कर्मचारी पदपूर्ती समयमै नहदा कार्य सम्पादनमा कठिनाइ भै रहेका सरुवा निति नहुदा छिटो सरुवा भै जाने र पद रिक्त भै रहने समस्या, कार्यपालिका विधायकी र न्यायिक अधिकारका सम्बन्धमा जनप्रतिनिधि र कर्मचारी विच स्पष्टताको कमि न्यायिक तथा बिधायकि अधिकार कार्यपालिकाले प्रयोग गर्ने क्रम बढदो, योजना संशोधन नयाँ योजना रकमान्तर लगाएत विषय उठाएका थिए ।
निर्माण व्यावसायीले समयमै काम सम्पन्न गर्न ढिलाई, वित्तीय अनुदान कटौति भएपछि पालिकाको सम्पूर्ण योजना तथा काम प्रभावित भएको पूर्वमन्त्री समक्ष उनीहरुले राखेका थिए ।
त्यस्तै जनप्रतिनिधि र कर्मचारी बीचको कार्य र जिम्मेवारीको बीचमा स्पष्टताको कमि (वडाका कतिपय काममा समस्या देखियका योजना कार्यान्वयन र खरिदमा प्रक्रिया नपुगी खरिदका कार्यहुने गरेकाले बेरुजु बढदो, स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता विकासमा ध्यान कम भएको (लागत् स्टिमेट पटक पटक पुरिवर्तन गरिदिन कर्मचारीलाई जनप्रतिनिधि मार्फत उपभोक्ताहरुले स्टिमेट परिवर्तनको लागि दवाव दिने गरेको प्रस्तोताहरुको भनाई छ ।
त्यस्तै प्रस्तोताहरुले प्रदेश र संघीय सरकार तहबाट स्थानीय तहले समन्वय, सहकार्य र साझेदारीका बिषय, समसामयिक बिषयमा धारणा राखेका थिए ।
ठुला तथा मध्यमस्तरिय (प्रदेश स्तरिय। एक भन्दा बढि पालिकालाइ प्रभावित गर्ने खालका योजनाहरु मात्रा स्विकृत गर्ने र साना साना योजनामा प्रदेशको उपस्थिति बन्द गर्नु पर्ने उनीहरुले जोड दिएका थिए ।
दिउसो ४ बजेसम्म चलेको वार्षिक समिक्षा कार्यक्रमलाई बागमति प्रदेशकी पूर्व मन्त्री एवम सांसद मसिना खड्काले स्थानीय तहका समस्याहरुलाई आफूले नजिकबाट नियाली रहेको भन्दै समाधानका लागि आफूले प्रदेशसभा बैठकमा उक्त खालका समस्याहरुलाई उठाईने प्रतिवद्वता जनाईन । वार्षिक समिक्षा कार्यक्रम स्थानीय तहको लागि आगमी बर्षको नयाँ कार्यक्रम बनाउनको लागि अवसर भएको भन्दै कार्यक्रम उपलब्धीमुलक रहेको समन्वय प्रमुख बालकृष्ण श्रेष्ठले प्रतिक्रिया दिए । वार्षिक समिक्षा कार्यक्रममा १२ वटा स्थानीय तहमध्ये बाढी पहिरोको कारण जनाउँदै पाँचपोखरी थाङपाल गाउँपालिका सहभागी भएन ।
यो पनि पढ्नुहोस
‘ढुंगा पास गरे लाईसेन्स ड्यामेज गरिदिन्छु’–पूर्वमन्त्री बस्नेत

