मेलम्ची नगरपालिकाकाले सदव बिपदको सामना गने
मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले नगरपालिकाले विपद्को क्षेत्रमा निरन्तर काम गरिरहेको बताछ । मेलम्ची नगरपालिकामा उल्लेख्य मात्रामा विपद्का घटनाहरु भइरहेकाले केहि समस्या उत्पन्न भएपनि नगरपालिका आफ्नो जिम्मेवारीबाट टाढा नभएको दावि गरे। नगर प्रमुख तामाङले बेलिब्रिज सम्पन्न भएको, अर्को पुल बनाउने प्रक्रिया अगाडी बढाईएको भएतापनि माथिल्लो निकायमा गएर अड्किएको जानकारी दिनुभयो । प्राविधिक ज्ञान तथा सिप बिनानै आवश्यकताका नाममा जथाभावी सडक खन्दा विपद्को धेरै सामना गर्नुपरेको कुरा प्रमुख तामाङले बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरु एवम् संकटासन्न ब्यक्तिहरुको स्वास्थ्य पुनर्स्थापना तथा सामाजिक सेवामा पहुँच वृद्धि परियोजना अन्तर्गत जलवायु परिवर्तन अनुकुलन तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी एक दिने गोष्ठीलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले विपद्का क्षेत्रमा नगरपालिकाले गरेका कामको चर्चा गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख उमा प्रधानले विपदजन्य घटना प्राकृतिक, जलवायुजन्य र मानव निर्मित तीन कारणले हुन्छ । सडक निर्माणका क्रममा पूर्व अध्ययन, प्राविधिक पक्ष र बातावरणीय पक्षलाई ख्याल नगर्दा विपदको सामाना धेरै गर्नुपरेको कुरा पनि बताउनु भयो ।
जलवायु परिवर्तन अनुकूलन र विपद उत्थानशीलताका लागि सञ्चालित यस्ता छलफल तथा अन्तर्क्रियाले सबै सरोकारवालामा सचेतना अभिवृद्धि भई विपदसंग सम्वन्धित पूर्व तयारी, प्रतिकार्य, पुनर्स्थापना र पुनर्लाभका काम गर्न थप बल पुग्ने कुरा समेत चर्चा गर्दै टुकी संघ सुनकोशी र ह्याण्डीक्याप इन्टरनेशनललाई धन्यवाद दिनुभएको थियो ।

