
कमाण्डो शैलीमा वडाअध्यक्षले माईक तोडफोड गरेपछि प¥यो बबाल (भिडियो सहित)

साउन २६, चौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८२ को योजना तथा बजेट पास गर्न नगरसभा चलिरहेको थियो । त्यसै बखतमा एक वडा अध्यक्षले कमाण्डो शैलीमा माईक तोडफोड गरेपछि नगरसभा नै प्रभावित बन्न पुग्यो ।
आज भएको नगरसभामा सोही नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष सुदिप श्रेष्ठले माईक तथा स्पिकर तोडफोड गरेपछि नगरसभा नै प्रभावित हुन पुगेको हो ।
नगरसभामा सहभागी एक नगर सदस्यका अनुसार नगरसभा सुरू हँदा वडाअध्यक्ष श्रेष्ठ सभाहल बाहिर रहेका थिए । जब नगरप्रमुख कृष्णप्रसाद सापकोटा बोल्दै गरेको अवस्थामा वडाअध्यक्ष श्रेष्ठ एक्कासी हल प्रवेश गरि सुरूमा साउण्ड सिष्टमको स्पिकरको तार चुँडालेका थिए ।
उनको पछि अर्का ३ नम्बर वडाअध्क्ष टेकबहादुर तामाङ समेत संगै थिए । हुलदंकगा मच्चिएर कुर्सिनै भाँच्न थालेपछि ६ नम्बर वडाका वडा सदस्य रबि खत्री, ५ नम्वर वडा सद्स्य कमल श्रेष्ठ लगाएले तोडफोड हुनबाट रोक्ने प्रयास गरेका थिए । त्यत्तिकै ३ का वडा अध्यक्ष तामाङले आफूमाथि आक्रमण गरिएको भन्दै कुर्सी प्रहार गरेका थिए । त्यसपछि वातावरण एकदम तनावपूर्ण बनेको थियो ।
हलमा सहभागी नगर सदस्यका अनुसार अध्यक्ष श्रेष्ठको नेतृत्वमा पुगेको विद्रोही केही वडाअध्यक्षहरुको टिमले नगरप्रमुख विरुद्व नाराबाजी गरेका थिए । उनीहरुले ‘नगर माओवादी कार्यकर्ता पाल्ने अखडा बनाउन पाईदैन, नगर प्रमुखसंग गरेको भद्र सहमति कायम गर’ जस्ता नारा लगाएका थिए ।
सोही नाराकै बिचमा नगर प्रमुख सापकोटाले नगरसभाबाट आर्थिक बर्ष २०८१÷०८२ को योजना तथा बजेट बहुमत सदस्यद्वारा स्विकृत भएको घोषणा गरेका थिए ।
बहुमत वडाअध्यक्षको चाहाना विपरित नगर प्रमुखले बल मिचाई गरेर बजेट पास गरेको १४ नम्बर वडा अध्यक्ष उद्वव नेपालले प्रतिक्रिया दिए । नगरसभा हुनु अघि भएको सहमति बेगर एकलौटी ढंगले बजेट पास गर्न खोजेपछि उक्त विवादको अवस्था आएको उनको भनाई छ । नगरसभामा सहभागी अन्य सदस्यहरुले भने उक्त घटनालाई अराजकताको पराकाष्टको संज्ञा दिएका छन् । नगरसभा हलमै भएको हुलदंगा पछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काको कमाण्डमा प्रहरी तैनाथ गरिएको थियो । प्रहरी पुगेसंगै घटना सामन्य भएको थियो । प्रहरी आज भएको उक्त घटनालाई सुष्म अध्ययन गरिरहेको जनाएको छ ।
हेर्नुस भिडियो