
फुटबलकाे उपाधि स्पाेर्टिङ क्लब चाैतारालाई

८ असार , चाैतारा। लायन्स क्लब अफ काठमाडौं सिन्धु चाैतारा सिटीकाे आयाेजनामा भएकाे मैत्रीपूर्ण फुटबल प्रतियोगिता उपाधि स्पाेर्टिङ क्लब चाैताराले हात पारेकाे छ ।
बैंक तथा बितिय सस्थाहरुसंगकाे प्रतिस्पर्धामा ० का बिरुद्ध १ गाेलले अग्रता लिदै स्पाेर्टिङ क्लब चाैतारा बिजेेता बन्न सफल भएकाे हाे ।
चाैतारा टुडिखेलमा शुक्रबारबाट सञ्चालन भएकाे खेलमा ३० बर्ष माथीका खेलाडीहरु मात्र सहभागी गराएकाे थियाे । २ दिनसम्म चलेकाे मैत्रीपूर्ण खेलमा १० वटा टिमकाे सहभागिता रहेकाे आयाेजक संस्थाका अध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिए ।
गतबर्षकाे बिजेता भने आयाेजक संस्था लायन्स क्लव अफ काठमाडौ सिन्धु चाैतारा सिटी नै रहेका थिए ।