प्रधानमन्त्री प्रचण्डबाट चाैतरा अस्पलालकाे नवनिर्मित भवन उदघाटन

निर्मल बस्नेत
१६ जेठ, चाैतरा, सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौतारा अस्पतनको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । प्रचण्डले अस्पतालकाे भित्तमा राखिएको ताम्रपत्र अनावरणका साथै रिबन काटेर भवनको उद्घाटन गरेका हुन् ।

सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चाैतरामा चिनियाँ सहयोगमा निर्माण गरिएको सुविधान सम्पन्न भवनको बुधबार प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले भवनको साँचो प्रधानमन्त्री, प्रधानमन्त्रीले बागमती प्रदेश सरकारका स्वास्थ मन्त्री रामेश्वर श्रेष्ठलाई र स्वास्थ मन्त्री श्रेष्ठले अस्पतालका मेडिकल सुपरिटेन्डेन रुद्रहरी भण्डारीलाई चाबी हस्तान्तरण गरि अस्पताल परिवारले बुझेको छ ।

कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री प्रचण्डले स्थानीयले गुणस्तरीय सेवा पाएमात्र सन्तुष्टि र परिवर्तनकाे आधार मान्न सकिने बताए । पछिल्लो चरण अस्पतालले प्रदान गरेकाे सेवाकाे चर्चा परिचर्चा सुन्न पाएकाे भनी प्रधानमन्त्रीले खुसी व्यक्त गरेका थिए । सिन्धुपाल्चोक चाैतारामा निर्मित अस्पताल भवन र प्रबिधिकाे सहयाेगले चीन र नेपालकाे मैत्रीपुर्ण सम्बन्ध बिस्तार भएकाे उद्घाेष गरे ।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले प्रचण्डले नेपालकाे राजनीतिमा खेलेको परिवर्तनकारी भूमिकाकाे प्रशंसा गरेका थिए । उनले देशकाे परिघट्ना नीति र सिद्धान्तको परिधिबाट बाहिर जान लागेको अवस्थामा जनयुद्धको उत्कर्षकाे बेला जसै गरि पहल लिई गम्भीर संकटबाट जाेगाएकाेले बिश्व राजनीतिमा प्रचण्डकाे आेझ बढेकाे बताएका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं. २ का सांसद एवं पूर्ण स्वास्थ मन्त्री माेहनबहादुर बस्नेतले आफू स्वास्थ मन्त्री रहँदा प्रधानमन्त्री प्रचण्डलाई चिकित्सा शिक्षा सुधार ल्याउन आग्रह गरिएको र हाल सरकारकाे कार्यसुचिमा परेकाेले प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गरे । उनकाे कार्यकालमै सिन्धुपाल्चोकका ३९ वटा स्वास्थ संस्थाका भवनहरु निर्माणकाे याेजना पार्न सफल भएकाे बताए । बस्नेतले जिल्लाकाे बिकासमा एक ढिक्का भएर लागि पर्न सवैलाई आग्रह गरे ।

सिन्धुपाल्चोक क्षेत्र नंबर १ का सांसद माधव सापकोटा सुवाेधले सिन्धुपाल्चोककाे हर बिपद् र संकटमा प्रचण्डकाे उपस्थितिले राहत महसुस भएको तर्क गरे । उनले चीनसंगकाे नाका भूकम्पपछि राेकिएकाेमा प्रचण्डकै अगुवाइमा खुलाएकाे बताए । सापकोटाले अरनिको सडकमा १ अर्व २० कराेड बजेट आफ्नै पहलमा बिनियाेजन भएकाेले सडककाे स्तरउन्नति राम्रो हुदै जाने बिस्वास लिएका छन् ।

बागमती प्रदेशका भाैतिक पूर्वाधार मन्त्री युवराज दुलालले प्रदेश सरकारकाे ५० देखि ३ सय सैयाकाे अस्पताल बनाउने नीति अनुरुप चाैतारा अस्पताललाई प्राथमिक उपचारकाे सेवाबाट ५० सैयाकाे अस्पतालमा बिकास गरेकाे बताए । उनले संघिय सरकारले एक पालिका १५ बेडकाे अस्पताल अनिवार्य भनी गरिएकाे कुरालाई सच्याउनुपर्ने धारणा राखे । उनले भाैगाेलिकताकाे आधारमा २ भन्दा बढी पालिकालाई जाेडेर सुविधायुक्त अस्पताल निर्माणतर्फ लाग्नुपर्ने कुरामा प्रधानमन्त्रीकाे ध्यानाकर्षण गरेका थिए । आफूले जनप्रतिनिधिकाे जिम्मेवारी सम्हाले यता सिन्धुपाल्चोककाे ४ बिकास स्वास्थ्यमा चाैतारा अस्पताल, शिक्षामा दिनेश रामजी बहुप्राबिधिक शिक्षालय र चाैतरा बहुमुखी क्याम्पसकाे क्युएई सम्वन्धन प्राप्ति , खेलकुदमा चाैतारा टुडिखेलमा मिनीरंगशाला निर्माण र सडकमा बलेफी, कुबिण्डे , चाैतरा- सिपाघाट हुँदै काठमाडौं साँखु जाेड्ने छाेटाे दुरीकाे सडक निर्माण मध्यपहाडी लाेकमार्गमा जाेडेर काम अगाडि बढाएर जनपक्षिय कामहरु गरिएकाे दाबी गरे ।

कार्यक्रमका सभाध्यक्ष बागमती प्रदेश सरकारका स्वास्थ मन्त्री रामेश्वर श्रेष्ठले चाैतारा अस्पतालकाे बाँकी प्राबिधिक पक्ष र आवश्यक जनशक्ति लाेकसेवामार्फत परिपुर्ति गर्ने र अन्य व्यवस्थापनकाे पक्षमा प्रदेश सरकार निरन्तर लागिरहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बागमती प्रदेशका सांसदहरु सरल सहयात्री पाैडेल, अमृता नेपाल , माईली तामाङ, राजनीतिक दलका प्रमुखहरु ,जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, चौतारा साँचाचोकगढीका नगरप्रमुख कृष्णप्रसाद सापकोटा , उपप्रमुख सीता थापा, सिन्धुपाल्चोकका गाउँपालिका अध्यक्षहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु , चाैतारा साँगाेकगढीका जनप्रतिनिधि र कर्मचारीहरु ,सुरक्षाकर्मी, पत्रकार र स्थानीय ममुदायकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा चाैतरा नगरपालिका र चाैतरा अस्पतालले चीनीया पक्षलाई प्रशंसा पत्र र मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।

कार्यक्रमका बिच प्रस्तुत सिरुवारीका नेवारी समुदायका धिमेवाजा र चाैतरा अस्पतालका स्वास्थ्यकर्मीहरुकाे आकर्षक नृत्यले कार्यक्रमकाे राैनकता बढाएको थियाे ।

२०७२ साल वैशाख १२ गतेको महाभूकम्पका कारण अस्पताल भवनमा क्षति पुगेपछि चीन सरकारले नयाँ भवन निर्माण गरिदिएको हो । भवन निर्माण गर्न चीनले ६ करोड १० लाख आरएमबी अर्थात १ अर्ब १२ करोड ३६ लाख बराबरको सहयोग गरेको हो । अस्पताल भवन निर्माणको काम तिव्र गतिमा १८ महिनामा नै सम्पन्न भएको हाे । तीन हजार सात सय ९० वर्गमिटर क्षेत्रफलमा ३९ बेडसहित मेडिकल कम्प्लेक्स बिल्डिङ ९३ स्टोरिज, वाटर पम्प रुम, टेम्पोररी मेडिकल वेस्टेज रुम, जेनेरेटर सेड निर्माणसँगै मेडिकल उपकरण, फर्निचर र अस्पतालका लागि आवश्यक सर्जिकल सामग्री चीन सरकारले उपलब्ध गराएको छ । नेपाल सरकारलाई हस्तान्तरण गरेपछि पनि थप तीन वर्षसम्म चिनियाँ प्राविधिक टोली अस्पतालमै रहने   उनीहरूले मेसिन र अपरेटिङ सिस्टम चलाउन सिकाउने अस्पताले बताएकाे छ । 

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ मा अवस्थित जिल्ला अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भएपछि सम्पूर्ण स्वास्थ्य सेवा जिल्ला बाटै उपलब्ध हुने अपेक्षा गरिएको छ । केही बर्षअघिसम्म रिफर सेन्टरकाे आलोचना खेपेको यो अस्पतालले पछिल्लो समयमा स्थानीयले राम्रो सेवा पाएकाे चर्चा चल्न थालेकाे छ । आफ्नो सेवा प्रवाहमा गरेको सुधारका कारण बागमती प्रदेशमै उत्कृष्ट अस्पतालकाे रुपमा घोषित समेत भइसकेको छ ।