हेलम्बु गाउँपालिकाद्वारा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि द्विपक्षीय सम्झौता


दिनेश दुलाल
जेठ २, किउल (सिन्धुपाल्चोक) । जिल्लाको हेलम्बु गाउँपालिकाको आफ्नो पालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि द्विपक्षीय सम्झौता गरेको छ । विद्यालयहरुको शैक्षिक अवस्था खस्किन नदिन गाउँपालिकाले यस्तो उपाय अबलम्बन गरेको उसले जनाएको छ ।
मंगलबार सामुदायिक विद्यालयका प्रध्यानध्यापकले शिक्षा अधिकृतसंग गरेको कार्य सम्पादन करार सम्झौता गरेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

उनका अनुसार हेलम्बु गाउँपालिका सिन्धुपाल्चोक अन्र्तगत सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि विद्यालयमा अध्यायनरत बालबालिकाहरुको सिकाई उपलब्धी र उत्र्तिण दरमा बढोत्तरी गर्दै शिक्षाको गुणस्तरमा अभिवृद्वि र विद्यालयबाट प्रदान गरिने सेवाहरुलाई शुशासनमैत्री र नतिजामूखि बनाउनका लागि हेलम्बु गाउँपालिका शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुपाल्चोक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको नियमित सुपरीवेक्षणमा रही चालु शैक्षिक सत्र २०८१ मा सम्पादनका लागि नयाँ शर्तहरु राखिएको छ । करार सम्झौतामा भनिएको छ, ‘देहायका उल्लेखित कार्यहरु सम्पादन गर्दछु भनी यस गाउँपालिकाका शिक्षा अधिकृत श्री धनध्वज लामा समक्ष यो कार्य सम्पादन करार सम्झौता गरेको छु ।’

कार्यशर्तहरुमा चालु शैक्षिक सत्र २०८१ मा कक्षा १–३ को विद्यार्थी सिकाई उपलब्धी दर सतप्रतिशत कक्षा ४–१० को विद्यार्थी सिकाई उपलब्धी न्युनतम १० प्रतिशतले वृद्वि गर्ने साथै सबै तह र कक्षाको विद्यार्थी उत्र्तिण प्रतिशत सतप्रतिशत गर्ने उल्ल्ेख गरिएको छ भने तोकिएको समयवधीभित्रै विद्यालय सुधार योजना अध्यावधिक र कार्यान्वयन, सामाजिक परिक्षण, लेखापरिक्षण क्ष्भ्ःक्ष्क् अध्यावधिक, दिवा खाजाको प्रभावकारी व्यवस्थापन, विविध निकायहरुबाट विद्यालयमा प्राप्त भएका बजेट तथा कार्यक्रमरुको समयमै कार्यानव्यन गरी सम्बन्धित निकायमा पेश गर्नुपर्ने कागजात तथा प्रतिवेदन समयमा पेश गर्ने उल्लेख छ ।

विद्यालयले शिक्षक विद्यार्थीको आचार संहिता निर्माण गरी सार्वजनिक तथा कार्यान्वयन गरेर पाठ्यक्रमले तोकिए बमोजिम सम्पूर्ण क्रियाकलापहरुको पूर्ण कार्यान्वयन गरी शैक्षिक योजना, डायरी, विद्यार्थी होमओर्क डायरी तथा विद्यार्थी कार्य सञ्चिकाको प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख छ ।

पालिकामा कार्यरत प्रधानध्यापकले शिक्षा नियमावली २०५९ को नियम ९४ मा उल्लेखित कार्यहरु गरी माथिल्लो निकायबाट निर्दिष्ट भएका निर्देशन, परिपत्रको कार्यान्वयन र प्रतिवेदन गर्नुपर्ने उल्लेख छ । साथै प्रध्यानध्यापकले माथि उल्लेखित कार्य शर्तहरु पुरा गर्नका लागि विद्यालयको योजना, रणनीति तयार गरी यस सम्झौता तथा शिक्षा नियमावली २०५९ को नियम १३३ बमोजिम सबै शिक्षकहरुसंग अनिवार्य करार सम्झौता गर्नुपर्नेछ । तोकिएका शर्तहरुको कार्यान्यनको विश्लेषण गर्दै गाउँ शिक्षा समितिले निर्णय गरी आवश्यक पृष्ठपोषण प्रदान, परस्कृत र कारवाही गर्न सकिने छ ।

गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र सामाजिक विकास संयोजक छिरिङ लामा ह्योल्मोको रोहबरमा गरिएको हस्ताक्षर गाउँपालिकाको तर्फबाट शिक्षा अधिकृत धनध्वज लामाले गरेका थिए भने विद्यालयको तर्फबाट प्रध्यानध्यापकहरुले गरेका थिए ।