जल्कीने मोडमा मोटर साइकल दुर्घट्ना, एक जनाको मृत्यु

बैशाख ३०, चौतारा । आइताबार दिउँसो चौतारा साँगाचोक गढी नगरपालिका ८ स्थित अरनिको हाईवे जल्कीने मोडमा मोटर साइकल दुर्घट्ना हुँदा मोटरसाईकलमा सबार एक जनाको मृत्यु भएको छ ।

दम्पती सवार मोटर साइकल दुर्घट्ना हुदा एक जनाको ज्यान गएको हो । चौतारा तर्फ आउदै गरेको बागमती प्रदेश ०२००६ प ९५३९ नं को मोटर साइकल पछाडी सवार २३ वर्षिय इन्दिरा अधिकारीको मृत्यु भएको हो । उनको श्रीमान मोटर साइकल चालक सन्तोष दुलाल भने घाइते भएका छन् ।
उनिहरु चौतारा साँगाचोक गढी नगरपालिका ७ का हुन् । घट्नाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।