मतदान अघि चर्चामा नेपाल, परिणामले भित्रभित्रै सुँईकाए श्रेष्ठले

चैत्र १९, चौतारा । नेकपा एमाले सिन्धुपाल्चोकको अधिवेशनको मतगणना सम्पन्न हुँदा अध्यक्षका उम्मेदवार होमनाराण श्रेष्ठले जित हाँसिल गर्न सफल भएका छन् । उनले अर्का उम्मेदवार कमल नेपाल भन्दा १४ मतले अग्रता लिएर जित हाँसिल गर्न सफल भएका हुन् ।

पछिल्लो प्राप्त अन्तिम मत परिणाम अनुसार ७१३ खसेको मत मध्ये श्रेष्ठले ३६३ मत ल्याएर जित हाँसिल गर्न सफल भएका हुन् । उनका प्रतिद्वन्दी नेपालले ३४९ मत ल्याएर पराजित हुन पुगेका छन् ।

त्यस्तै उपाध्यक्ष पदका लागि अर्जुन भण्डारीले ३४५ मत ल्याएर जित हाँसिल गरेका छन् । उनका प्रतिद्वन्द्वी बिष्णु मणि आचार्यले ३०७ मत प्राप्त गरेका छन् । त्यस्तै सचिमा कष्णगोपाल तामाङले ४०३ मत ल्याएर उनका प्रतिद्वन्द्वी यज्ञ सापकोटालाई हराएका छन् । सापकोटाले २७० मात्र मत ल्याएका छन् ।

यस्तै खुल्ला उपसचिवमा शिवहरी सापकोटाले ३३६ मत ल्याएर जित हाँसिल गरेका छन् । उनका प्रतिस्पर्धी बिजयकृष्ण श्रेष्ठले ३१३ मत लाएका छन् । यस्तै महिला सदस्यमा सुशिला पाख्रिनले सबैभन्दा बढी मत ४५६ ल्याएर विजय हाँसिल गर्दा अर्की प्रतिश्पर्धी शोभा कार्कीले २०८ मत प्राप्त गरेर पराजित भएकी छिन । सदस्य तर्फ भने खुला,पालिका,महिला, जनजाति, दलित लगाएत विविध क्षेत्रबमट ३९ सदस्य निर्वाचित भएका छन् ।

अधिवेशन अघि यसरी तयारी गरेका थिए श्रेष्ठले

दाँयाबाट क्रमश ः दोस्रोमा रहेका अधयक्षमा विजयी बनेका होमनारायण श्रेष्ठ

जुगल गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका होमनारायण श्रेष्ठ चर्चामा आउन कम रुचाउने व्यक्ति हुन् । सकभर थोरै बोल्ने, बाहिर हल्ला भन्दा पनि भित्रभित्रै योजना बनाउने राजनीतिका चतुर खेलाडी मानिन्छन् उनी । २०७९ को प्रदेशसभा चुनावमा गठबन्धनका उम्मेदवार सरल सहयात्री पौडेललाई एक्लो चुनौति दिएर चर्चा कमाएका श्रेष्ठले एमाले जिल्ला कमिटिको ११ औं अधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने सामान्य चर्चा मात्रै चलेको थियो । उनले आन्तरिक तिब्र तयारी गरेपनि बाहिर चर्चामा ल्याउन चाहेनन् । बाहिर चर्चामा आए अर्को उम्मेदवार बलियो हुन्छ भन्ने सोच रोखेका श्रेष्ठले मिडियामा समेत आउन चाहेनन् । बरु उनले अधिवेशन आउनु डेड/दुई महिना अघि नै आफू अध्यक्ष हुने तयारी थालेका थिए ।

काठमाडौंमा समेत १२ वटै पालिकाका आफ्ना गुटका कार्यकर्ताहरु भेला गरेर प्रतिनिधि छनौटको तयारी गरेको श्रोतको दावी छ । श्रेष्ठले आफ्नो पक्षमा जित निकाल्न आन्तरिक तयारीलाई तिव्रता दिएका थिए । कमल पक्षधर भनिएका प्रत्येक सदस्यलाई श्रेष्ठले फोन सम्वाद मार्फत तथा भेटेर आफूलाई मत मागि सकेका थिए । अन्ततः यहि तयारीका कारण श्रेष्ठले बाजी मार्न सफल भए । श्रेष्ठ ओली निकट मानिन्छन् । उनको तुलनामा निवर्तमान अध्यक्ष समेत रहेका अध्यक्षका अर्का उम्मेदवार कमल नेपाल सिन्ध्ु एमालेमा ईमान्दार नेताको पगरी पाएका थिए ।

आफूले संकटको बेलामा पार्टी जोगाएको हुनाले कार्यकर्ताले स्वतः आफूलाई जिताउँछन् भन्ने उनीमा आत्म विश्वास थियो । त्यहि आत्मविश्वासले मिडियामा समेत उनी छाए तर आन्तरिक तयारीमा निकै कमजोर थिए । आफ्ना माताहातका कार्यकर्तालाई समेत खुलेर मत नमागेको उनी माथि आरोप छ । उसै जितिहालिन्छन भन्ने घमण्डले अन्नत ः परिणाम उल्टो भएको एमालेकै कार्यकर्ता बताउँछन् । नेपाल १० बुँदे पक्षधर मानिन्छन् । उनले चुनाब हारेपनि उनी बाहेक उनका प्यानलमा रहेका अधिकांशले चुनाब जित्न सफल भएका छन् । सिन्धुपाल्चोकमा ओली पक्षधर यसअघि कमजोर भएकोमा यसपटकको पार्टीको आन्तरिक चुनावबाट बलियो बन्न पुगेको छ । यद्यपि अधिकांश नेपालका प्यानलबाट निर्वाचन भएपछि एक्लो अध्यक्ष बनेका श्रेष्ठलाई अर्को धारकालाई समेटेर लैजान चुनौति रहेको जानकारहरु बताउँछन् ।