श्रोत व्यवस्थापन समूहको अन्तरक्रिया कार्यक्रम सम्पन्न वनबाट उत्पादित बस्तुको व्यवस्थानमा जोड दिनुपर्छ –सापकोटा

निर्मल बस्नेत
चाैतारा (२०८० जेठ ३०) । सामाजिका विकासका लागि प्राकृतिक श्रोत व्यवस्थापन समूह चौताराको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक वन व्यवस्थापन सम्वन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा चौतारा सँगाचोकगढी नगरपालिका प्रमुख कष्णप्रसाद सापकोटाले वन तथा वातावरण संरक्षणमा स्थानीयको नै मूख्य भूमिका रहने बताएका छन् । श्रनेत व्यवस्थापन समूहको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा नगरप्रामुख सापकोटाले वन बाट उत्पादित बस्तुकहरुको सहि व्यवस्थान र प्रयोग गर्न सकिएमा मात्र नगरले कल्पना गरेको योजनाको सार्थकता पाउने तर्क गरेका छन् । वनको संरक्षण र प्रवर्धन गर्ने कार्यमा सरोकारवालाहरुले सदैव ध्यान दिनुपर्ने बताएका छन् । नगरप्रमुख सापकोटाले वनवाट उत्पादित वस्तुहरुको व्यव्स्थापनमा जोड दिनुपर्ने बताएका छन् ।

नगर उपप्रमुख सीता सापकोटाले गठिग सामुदायिक वनहरुले नविकरण ,अडिट र आवश्यक प्रकृया पुरा गरेर व्यवस्थित गर्न आग्रह गरिन् । उनीले उत्पादन र अर्थउपार्जको कार्यमा नगर अथवा प्रदेश सरकारसंग साझेदारीमा कार्यक्रम र योजना गर्न नगर तयार रहेको बताईन् ।

नगरको सामाजिक विकास शाखा संयोजक रामप्रसाद गौतमले वनमा पुरानो रुखहरु विस्थापित गरि नयाँ विरुवा रोप्ने र आवश्यक व्यवस्थापनको योजना निर्माणको लागि वडा नम्वर ८ र १३ को कस्टर बनाएर काम गरिरहेको र त्यसको नेतृत्व आफुले गरिरहेको बताए । उनले भने हामी सामुदायिक वनको आम्दानीलाई स्थानीय विकास निर्माणमा लगाउने योजनाका साथ अधि बढिरहेको तर्क गरेका थिए ।

कार्यक्रममा सव डिभिजन वन कार्यालय चौताराको प्रमुद श्रद्धा सिग्देलले वनसंग उठेको जिग्यासाको जवाफ दिदै २०७९ सालयता सामुदायिक वनहरुले अनिवार्य पान दर्ता गनुैपर्ने व्यवस्था गरेपछि ५०÷५२ सालमा दर्ता भएका वनहरुलाई लेखापरिक्षण , करचुत्ता गर्न समस्यापरेको छ यसलाई सहज बनाउने सरोकारवालाहरुको भूमिका रहनुपर्नेमा जोड दिएका थिईन् ।

त्यस्तै चौतारा सागाचोकगढी नगरपासलकाको वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख चिरञ्जीवी कट्टेलले बन काष्ठपैदवार वस्तुको उत्पादन र व्यवस्थापनमा नगरले योजना रहेको कुरा व्यक्त गरेका छन् । उनले कानून िकुराहरुले गर्दा र श्रोतहरुको व्यवस्थापना गर्न र परिचालन गर्न कठिन भएको छ । व्यवहारिक रुपमा मौषम र हावापानी अनुरुपको योजना बनाएर अगाडी बढ्््न वन उपभोक्ता समितिहरुलाई आग्रह गरेको छन् ।

कार्यक्रममा नगरभित्रको सामुदायिक वन उपभोत्ता समितिका पदाधिकारी र सकोकारवालाहरुको सहभागितामा सम्पन्न भएको थियो ।