सिन्धु एमालेमा हाेमनारायणले लिए अग्रता, कमल पछि पछि

चैत्र १९, चाैतारा । नेकपा एमाले सिन्धुपाल्चोकको अधिवेशनकाे मतगणना जारी रहँदा अध्यक्षका उम्मेदवार हाेमनाराण श्रेष्ठले अग्रता लिएका छन् ।

२०० मत गन्दा श्रेष्ठले १०६ मत लिएर १८ मतले अग्रता िलएका छन् भने अर्का प्रतिस्पर्धी कमल नेपालले ८८ मत ल्याएर पछ्याई रहेका छन् । त्यस्तै उपाध्यक्ष पदका लागि अर्जुन भण्डारीले ८८ र बिष्णु मणि अाचार्यले १ मतले मात्रै माथि अर्थात ८९ मत प्राप्त गरेका छन् । त्यस्तै सचिमा कष्णगाेपाल तामाङले १०६ र यज्ञ सापकाेटाले ७३ मत ल्याएका छन् ।

यस्तै खुल्ला उपसचिवमा शिवहरी सापकाेटाले ९५ र बिजयकृष्ण श्रेष्ठले ८७ मत लाएका छन् । यस्तै महिला सदस्यमा सुशिला पाख्रिनले १२५ र शाेभा कार्कीले ७० मत प्राप्त गरेकी छिन । मतगणना एमाले जिल्ला पार्टी कार्यालय चाैतारामा भईरहेकाे छ ।

नेकपा एमाले सिन्धुपाल्चोकको सोमबार विहान ७ बजेबाट मतदान सुरु हुने भएको थियाे भने बेलुका ६ बजेबाट मात्रै मतगणना सुरू भएकाे हाे । नेकपा एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनको चुनावी प्रक्रियाको अन्तिम तयारी परा भएपछि आईतबार साझँबाट मतदान सुरु गर्ने तयारी थियो । १० औं जिल्ला अधिवेशन निर्वाचन समिति संयोजक शारदा सापकोटाका अनुसार मौसमका कारण आईतबार साझँबाट हुने भनिएको मतदान स्थगन गरिएको हाे ।

१६ गते शुक्रबार चौतारा टुडिखेलमा उदघाटन सत्र गरिएको थियो । सनिबार १७ गते बन्दसत्र सकिए पनि चुनाबको प्रक्रिया ढिलाई भएको हो । उम्मेदवारी दिएकाहरुको दावी विरोध प्रक्रिया लम्बीएकाले अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको स्रोतले बताएको छ । शिर्ष नेताहरुलाई अन्तिम नामवाली प्रकाशन गर्नका लागि हम्मेहम्मे परेको थियो । नेकपा एमाले सिन्धुपाल्चोक अध्यक्ष पदका लागि दुइ जना चुनावी मैदानमा उत्रिएका छन् ।

जसमा उम्मेदवारद्धय निवर्तमान अध्यक्ष कमल नेपाल, जुगल गाउँपालिका निवर्तमान अध्यक्ष होमनारायण श्रेष्ठ विच प्रतिस्पर्धा भएको हो । उपाध्यक्ष पदका लागि अर्जुन कुमार भण्डारी र विष्णुमणी आचार्यबीच प्रतिस्पर्धा भएको छ । नेकपा एमाले सिन्धुपाल्चोकको सचिव पदका लागि यज्ञराज सापकोटा र कृष्णगोपाल तामाङ उम्मेदवार रहेका छन् ।