सातकन्याका विद्यार्थीको कलात्मक प्रस्तुती, एसइइमा राम्रो नतिजा ल्याउन गरे प्रतिवद्वता
चैत्र १४ मेलम्ची । भोलीबाट माध्यमिक शिक्षा (एसईई) परीक्षा (चैत्र १५ देखि २७ गतेसम्म) सञ्चालन हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरेसंगै विद्यार्थीहरुले एसईईको तयारी गरिरहेका छन् । विद्यार्थीहरुले परिक्षाको अन्तिम तयारी गरिरहँदा सिन्धुपाल्चोक जिल्लाको सातकन्या माध्यामिक विद्यालयका विद्यार्थीहरुले गरेको कलात्मक प्रस्तुतीको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाईरल बनीरहेको छ ।
मेलम्ची नगरपालिका –९, सातकन्या माध्यामिक विद्यालयका एसईई को तयारीमा रहेका विदार्थीहरुले परिक्षाको लागि विद्यालयबाट विदाइ हुँदै गर्दा कलात्मक प्रस्त्ुति दिएर हजारौं विद्यार्थीहरुलाई हौसला प्रदान गरेका छन् । एसईई पक्षिामा उत्कष्ट नतिजा ल्याउने भन्दै उनीहरुले सामुहिक रुपमा भेला भएर गोलाकार बनाउँदै मुठ्ठीमा उनीहरुले ‘२०८० गुड बाई एसईई ब्याच’ लेखेको कलात्मतस्विर विद्यालयले पोष्ट गरेको थियो । उक्त तस्बिरको यतिबेला सर्वत्र चर्चा बनेको छ ।
परिक्षा वोर्डले दिएको तालिका अनुसार भोली चैत १५ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा रहेको छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा चैत १५ गतेदेखि सुरु भएर चैत २७ गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।
बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्न भन्ने थियो तर, होली पर्वका कारण परीक्षा मिति सरेको हो ।
परीक्षामा सहभागी हुन मुलुकभरबाट पाँच लाख चार हजार ४१४ जना परीक्षार्थीले रजिस्ट्रेसन फाराम भरेका छन् ।
सबैभन्दा बढी परीक्षार्थी काठमाडौँका ३८ हजार ८१३ जना र सबैभन्दा कम जापानका २३ जना रहेको पनि बोर्डका परीक्षाले जनाएको छ । तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार ७७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार ६२७ रहेको छ । परीक्षाका लागि देशभरि दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा धेरै परीक्षा केन्द्र बागमती प्रदेशमा ४४१ वटा निर्धारण गरिएको छ । नेपाली भाषामा पढाइ सञ्चालन गरिरहेको जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ ।