पर्यटन भित्र्याउने जुगलको प्रयास, तेम्बाथानमा होमस्टे तालिम

माघ १८, चनौटे । जिल्लाको जुगल गाउँपालिकाले जुग हिमाल आरोहण गर्न आउने पर्यटकलाई होम स्टेमा बसाउने योजना बनाएको छ । त्यसको लागि उसले विकट गाउँ तेम्बाथानका स्थानीयलाई होमस्टे सम्बन्धी तालिम दिएको छ ।

रैथाने उत्पादनहरुको आधुनिक परिकार बनाउने सीप सहित जुगल गाउँपालिका र जिविकोपार्जन पुनरूत्थानका लागि दिगो पर्यटन परियोजनाले उक्त तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष रेशम स्याङबोले जानकारी दिए ।

५ दिनसम्म चलेको उक्त तालिममा जगुलको अर्गानिक आलुलाई विशेष प्राथमिकता दिएर विभन्न परिकार बनाउने, पाहुनाहरुको सत्कार, बसाउने व्यवस्था तथा उनस्ीहरुलाई दिईने थप सेवाको बारेमा तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

जुगल गाउँपालिकाको आयोजनामा सञ्चालित उक्त ५ दिने तालिमको समापन समारोहको प्रमूख अतिथि बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले जति नै पर्यटकीय गाउँ भएपनि यसको प्रबद्र्धन गर्न नसक्ने हो भने त्यसबाट स्थानीय बासिन्दाहरुमा कुनै प्रकारको परिवर्तन आउन नसक्ने धारणा ब्यक्त गरे । सम्पन्न गरिएको उक्त ५ दिने होमस्टे (घरबास) तालिमले सहभागी प्रशिक्षार्थीहरुमा उत्साह थपिएको र यसबाट त्यहाँको पर्यटन विकासको सम्भावना प्रष्ट भएको उनले बताए ।

समापन समारोहलाई सम्बोधन गर्दै सांसद पौडेलले तेम्बाथाङ, दिपु, तेगालगायत विभिन्न वस्तीका बासिन्दाहरुसँग भेटघाट गरी प्रत्यक्ष रूपमा यस क्षेत्रका शिक्षा, स्वास्थ र पुर्वाधार विकासका बारेमा भईरहेको छलफललाई निरन्तरता दिदै जाने प्रतिबद्धता ब्यक्त गर्दै होमस्टे तालिमप्राप्त सहभागीहरुलाई तालीममा सिकेको सीपलाई व्यवहारमा उतार्न समेत आग्रह गरे ।

तालिममा जुगल गाउँपालिका वडा २, ३ र ६ गरी ३५ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रम समापन गर्न तेम्बाथान पुगेका बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले तेम्बाथाङ, दिपु, तेगालगायत विभिन्न वस्तीका बासिन्दाहरुसँग भेटघाट गरी प्रत्यक्ष रूपमा यस क्षेत्रका शिक्षा, स्वास्थ र पुर्वाधार विकासका बारेमा भईरहेको छलफललाई निरन्तरता दिदै जाने प्रतिबद्धता ब्यक्त गर्दै होमस्टे तालिमप्राप्त सहभागीहरुलाई तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न समेत आग्रह गरे ।

होमस्टे विकास र विस्तारका अगुवा अभियान्ता एवं तालीमका प्रशिक्षक भीम केसीले रैथाने केक र जुगले आलुलाई ब्राण्डिङ गर्ने हो यसले उत्पादन क्षेत्रमा नयाँ उमङ्ग थप्न सक्ने धारणा ब्यक्त गर्दै बजारमा पाईने केकहरुमा अखाद्य पदार्थहरुको बढी मिश्रण हुने र यसले मानव स्वास्थ्य समेत विग्रन सक्ने हुँदा रैथाने कोदो एवं फापरबाट तयार गरिने केक लाभदायक हुने समेत दावी गरे । तालिममा नयाँ स्वादमा रैथाने खानाबाट कोदोको केक र जुगले आलु गरी २ परिकारलाई ब्रान्डिङ गर्ने साथै रैथाने (स्थानीय) उत्पादनबाट २६ परिकार खानाको पाक शिक्षा प्रदान गरिएको थियो ।

तालिम समापन समारोहमा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, वडा नं. ३ का वडा अध्यक्ष लक्षमान दोङ, वडा नं. ४ का वडा अध्यक्ष प्रेम तामाङ, ३ नं। वडा सदस्य मिङमार शेर्पा लगायत विभिन्न सामाजिक ब्याक्तित्वहरुको उपस्थित रहेको थियो । ब्रान्डिङ गर्न खोजिएको कोदोको केकलाई बजारमा लानुपूर्व ल्याब टेस्ट गरिने र यो प्रक्रियाका कामहरु सबै होमस्टे महासंघ नेपालले गर्ने बताईएको छ ।