पाँचपाेखरी थाङपाल गाउँपालिकाकाे प्रशासिनक भवन केपी शर्मा ओलीद्वारा उदघाटन
दिनेश दुलाल
माघ १७, थाङपालधाप । सिन्धुपाल्चाेक जिल्लाकाे पाँचपाेखरी थाङपाल गाउँपालिकाकाे नयाँ प्रशासनिक उदघाटन गरिएकाे छ । उक्त प्रशासनिक भवनकाे पूर्व प्रधानमन्त्री तथा नेकपा ( एमाले) का अध्यक्ष केपी शर्पा अाेलीले उदघाटन गरेका छन् । अत्याधुनिक तथा आधुनिक शैलीमा निमार्ण गरिएकाे उक्त भवनकाे बुधबार पूर्व प्रम अाेलीले रिवन काटेर र कलशमा बत्ती बालेर उदघाटन गरेका हुन ।
विश्वकाे घुम्न लायक १६ अाै स्थानमा पर्ने पाँपाेखरी थाङपाल गाउँपालिकाे भव्य भवन बनाउन जिल्ला समन्वय समिति सिन्धुपाल्चाेकबाट २ कराेड ३७ लाख ६० हजार ३ सय ७, संघीय समपुरक अनुदान ३ कराेड ८४ लाख र पाँचपाेखरी थाङपाल गाउँपालिकाबाट ४ कराेड ८७ लाख ८२ हजार ८ सय ५४ रूपैया ६४ पैसा गरि जम्मा ११ कराेड ९४ लाख ३ हजार १ सय ६१ रूपैंया ६४ पैसा छुट्टयाइएको हाे । २०७५ सालबाट निर्माण थालिएकाे वडा नम्बर ६ मा पर्ने उक्त भवनहरू हल, प्रशासनिक भवन, क्याटरिङ, पुस्ताकालय र संग्रालय गरि ५ वटा भवनमा ३५ वटा काेठाहरू रहेका छन् ।
अत्याधुनिक बनाईएकाे उक्त भवनकाे डिजाईन अन्य पालिकाकाे भवन भन्दा फरक चाईनिज माेडेलकाे बनाईकाे छ । पालिकाकाे मुल गेट समेत आधुनिक डिजाईनकाे बनाईएकाे छ । भवन बनाउनकाे लागि स्थानीयले ४५ राेपनी जग्गा दान गरेका थिए ।