दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस ठोकर्पामा सम्पन्न

रैथाने बीउ प्रर्दशनीमा सुनकोशी महिला बहुउद्देश्य प्रथम

दिनेश दुलाल माघ ६, ठोकर्पा । सरकारले दोस्रोपटक कृषि जैविक विविधता वर्षको रूपमा यसबर्ष विविध कार्यक्रम गरी मनाएको छ । प्रत्येक वर्षको माघ १ गतेबाट साताव्यापी राष्ट्रिय कृषि जैविक विविधता दिवसको रूपमा मनाइने उक्त दिवस शनिबार सिन्धुपाल्चोक जिल्लाको ठोकर्पामा रैथाने बीउ प्रर्दशनी सहित विशेष कार्यक्रम गरी मनाएको हो ।

रैथाने बीउ प्रदर्शनी अवलोकन गर्दै प्रमुख अतिथि लगाएत अतिथिहरू

सुनकोशी गाउँपालिका–२ ठोकर्पाको पिङडाँडामा भएको उक्त दिवसको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले रैथाने बीउ प्रर्दशनीको रिवन काटेर उदघाटन गरेका हुन् । प्रर्दशनी उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष तिमिल्सनाले सुनकोशीका कुनै पनि वडालाले नछुटाईकन ७ वटै वडाका सहकारी तथा समुहहरुले मिहिनेत गरेर रैथाने बीउको प्रर्दशन गर्न सफल भएकोमा प्रसन्नता व्यक्त गर्दै यसको जगेर्ना गर्न सबै लाग्न पर्ने धारणा राखे । रैथाने बाली संरक्षणमा अब गाउँपालिकालाई थप चुनौति र जिम्मेवारी थपिएको समेत उनको भनाई छ ।पिङडाँडा सहकारी हरेक कार्यमा सक्रियपूर्वक लागेको महसुस भएपछि विश्वास गरेर कार्यक्रम आयोजना गरिएको उनले बताए । गाउँपालिका भित्रका विद्यालयहरुमा दिवा खाजा स्थानीय कृषि उत्पादन ६ बार ६ थरी खुवाउने प्रक्रिया थालनी भईसकेको समेत उनले जानकारी दिए ।गाउँपालिकाले आफ्नै लगानी गरेर प्राङगारिक मल बनाउने योजना बनाएको सुनाउँदै अध्यक्ष तिमिल्सिनाले केन्द्र सरकारले स्थानीय सरकारको अनुकुलता अनुसार कार्यक्रम बनाउन नसकेको प्रति भने टिप्पणी गरे ।

कार्यक्रमका विशेष अतिथि कृषि तथा पशुपन्छी मन्त्रालयका सह–सचिव डा.रामकृष्ण श्रेष्ठले पछिल्लो समय सम्म आउँदा नेपालमा चालीस प्रतिशत रैथाने जातका बाली हराई सकेका कारण अबका दिनमा डरलाग्दो अवस्था आउने संकेत दिए ।वातावरणीय प्रभावका कारण रैथाने बाली संरक्षणमा चुनौति आएको उनको ठम्याई छ । मानिसमा रोग लाग्नुको मुख्य कारण हाम्रो भान्सामा पाक्ने खानेकुरामा निर्भर रहेको भन्दै रैथाने बाली सरंक्षणमा गर्न नेपाल सरकारले गत सालदेखि राष्ट्रिय जैविक विविधता दिवस मनाउन थालिएको उनले सुनाए


बीउ बैंकको संरक्षणको लागि पिङडाँडा बीउ बैंकको लागि गतसाल कृषि मन्त्रालयले १५ र यसपटक ५ लाख बजेट छुट्टयाइएको जानकारी दिंदै उनले भने–‘सुनकोशी गाउँपालिकाले रैथाने बीउको संरक्षण, भण्डारण र उपयोग गर्न पर्याे ।’
प्रत्येक कार्यक्रममा गाउँपालिकाको बैठकबाट निर्णय नै गरेर रैथाने बालिबाट बनेका परिकार खाजाको रूपमा प्रयोग गर्न समेत उनले आग्रह गरे । रैथाने बीउको संरक्षण अभियान देशभरी थाल्नुपर्नेमा जोड दिंदै सह–सचिव श्रेष्ठले अब विद्यालयहरुमा दिवा खाजा कार्यक्रममा अनिवार्य रैथाने बाली परिकार समावेश गरिनुपर्नेमा जोड दिए । संघीय कानुनले सामुदायिक बीउ बैंक बनाउन केही समस्या भएपनि त्यसको लागि अरू कानुनद्धारा भएपनि अबको नीति तथा कार्यक्रममा समावेश गरिने बचन दिदै उनले अब प्रत्येक पालिकाले एक–एक वटा सामुदायिक बीउ बैंक राख्न सुझाए ।

त्यस्तै कार्यक्रममा बाली बिकास तथा जैविक विविधता संरक्षण प्रमुख मेघनाथ तिम्सिनाले एग्रोभेटमा पुगेर मात्रै रैथाने बीउ पाईन्छ भन्ने भ्रमलाई अब स्थानीय समुदायले जोगाएर प्रमाणित गरेकाले केही आशा जगाएको बताए । जलवायु परिवर्तनले असर परेपनि हजुरबुबाले संरक्षण गरिदिएको रैथाने बाली अब नयाँ पुस्ताले संरक्षण गर्नुपर्नेमा जोड दिए । कृषि पर्यावरण पाठशाला प्रयोग गरेर पछिल्लो समय पिङडाँडा सामुदायिक बीउ बैंकले रैथाने बीउ जोगाएकोमा उनले खुशी व्यक्त गरे ।

कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका सल्लाकार श्रवण कुमार जिसीले किसानहरूले आफ्नो खेतीयोग्य जमिनमा माटो परिक्षण गरेर बाली लगाउन सुझाब दिए । किसानहरूले उत्पादन गरेको कृषि उपजहरूलाई गाउँपालिकाले जिम्मा लिएर बजारीकरणको लागि सहयोग गर्नुपर्नेमा जोड दिए ।किसानहरूको अवस्था हेरेर कृषि मन्त्रालयले रैथाने बाली संरक्षणमा सहयोग गर्न समेत जिसीले आग्रह गरे ।

तस्तै लि–वर्ड संस्थाका कार्यकारी निर्देशक भरत भण्डारीले पिङडाँडा साना किसान कृषि सहकारी तथा सामुदायिक बीउ बैंकसंग लि–वर्डले सहकार्य गरेर काम गरिरहेको जानकारी दिए ।कार्यक्रममा ४ का बडाअध्यक्ष भोजराज श्रेष्ठ, ३ का वडाअध्यक्ष ईश्वर तामाङ, ७ का वडाअध्य ईश्वर तिमिल्सिना र ५ का वडाअध्य जालबहादुर लामा लगाएतले रैथाने बाली संरक्षणमा जोड दिएका थिए । पिङडाँडा साना किसान कृषि सहकारीका अध्यक्ष हिमबहादुर आचार्यले राष्ट्रिय जैविक विविधता दिवस पिङडाडामा मनाउन पाउँदा यहाँका जनताले गौरभको महसुस गरेको बताए । बीउ बैंकको लागि लि–वर्ड संस्था लगाएतको पूर्ण सहयोग रहेकोमा उनले खुलेर प्रसंसा व्यक्त गरे ।
पिङडाँडा कृषि सहकारीकारीले रैथाने बाली संरक्षण मुख्य प्राथमिकता राखेर सुरूवात गरिएको बताउँदै उनले १५० रोपनी क्षेत्रफलमा रैथाने मकैको बीउ उत्पादन गरिरहेको जानकारी दिए ।
सामुदायिक बीउ बैंक सरकारी निमय अनुसार विधिमा पु¥याएर संरक्षण गरिरहेको उनको भनाई छ ।स्मरण रहोस उक्त सहकारी बागमती प्रदेशकै कृषि जैविक विविधतामा यस बर्ष उत्कृष्ट घोषित भई २५ हजार पुरस्कार सहित सम्मानित भईसकेको छ ।

कार्यक्रमका सभापति तथा २ नम्बर वडा अध्यक्ष पूर्ण बहादुर महतले दोस्रो राष्ट्रिय जैविक विविधता दिवस वडा समेतले आयोजना गर्न पाउँदा आफू प्रसन्न भएको बताउँदै किसानले उत्पादन गरेको कृषि उपजलाई कृषि एम्बुलेन्स व्यवस्थापन गरिदिन कृषि तथा पशपन्छी मन्त्रालयका सह–सचिवसंग आग्रह गरे । कार्यक्रममा सामुदायिक बीउ बैंकमा योगदान पु¥याएको भन्दै लि–वर्डका देवराज फुँयाल सम्मानित भएका छन् ।

यसैबीच रैथाने बीउ प्रर्दशनीमा सुनकोशी महिला बहुउद्देश्य सहकारी संस्था प्रथम हुन सफल भएको छ । त्यस्तै द्धितीय मात्रृशिशु बचत तथा ऋण सहकारी संस्था, तृतीय उन्नतशिल महिला बचत तथा ऋण सहकारी संस्था भएको छ भने सान्त्वना पर्यावरणीय नमुना कृषक समूह भएको छ । प्रथम द्धितीय, तृतीय र सान्त्वनाले क्रमशः ८ हजार, ६ हजार, ४ हजार र २ हजार पुरस्कार प्राप्त गरेका छन् भने एक एक हजार प्राप्त गरेका छन् ।

प्रर्दशनीमा ७ वटै वडाका सहकारी तथा समुहको प्रतिश्पर्धामा मूल्यांकन समितिमा रहेका बाली बिकास तथा जैविक विविधता केन्द्रका बलराम रिजाल, लि– वर्डका ईन्द्र प्रसाद पौडेल र ठोकर्पा स्वास्थ्य चौकीकी बबिता बुढाथोकी समेतको छनौट समितिले मूल्याङकन गरेको हो ।कार्यक्रमा सहभागी प्रमुख अतिथि तथा अन्य अतिथिहरुलाई रैथाने बालीबाट बनेका परिकारहरु कोशेलीको रुपमा पठाईएको थियो भने खाना तथा खाजा समेत स्थानीय रैथाने परिकारहरु खुवाईएको थियो । स्टल बनाएर राखिएका रैथाने बीउ प्रर्दशनीमा अतिथीहरुले अवलोकन गरेका थिए ।