सिन्धुपाल्चोक उद्योग वाणिज्य संघद्वारा कार्यालय प्रमुखहरूसंग परिचायत्मक स्वागत तथा व्यवसायीसंग करदाता शिक्षा कार्यक्रम

दिनेश दुलाल
माघ ५, चाैतारा । सिन्धुपाल्चोक उद्योग वाणिज्यसंघद्वारा कार्यालय प्रमुखहरूसंग परिचायत्मक स्वागत तथा व्यवसायीसंग करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेकाे छ ।

वाणिज्य संघले चाैतारा रहेकाे अाफ्नै शाखा कार्यालयमा अाज शुक्रबार उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे ।
सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी लगाएत विभिन्न कार्यालय प्रमुखहरुसंग परिचायत्मक स्वागत तथा समसामायिक विषयमा छलफल कार्यक्रम आयोजना गरिएको संघले जनाएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल उद्योगवाणिज्य माहासंघका केन्द्रीय सदस्य बेदबहादुर श्रेष्ठले तातोपानी नाकालाई अझै मानव आवतजावत लगाएत व्यापार गर्र्ने वातावरणको लागि सहजीकरण गरिदिन प्रमुख जिल्ला अधिकारी झक्कसाद आचार्यसंग आग्रह गरे । भूकम्प, बाढीपहिरो तथा कोरोना माहामारीले गर्दा तहसनहस बनेको सिन्धुपाल्चोक जिल्ला विस्तारै तङिग्रने अवस्थामा रहेको भन्दै पुरानै लयमा फर्काउन राजनैतिक दल देखि प्रहरी तथा प्रशासन लगाएतको भूमिका आवश्याक रहेको उनले औंल्याए ।

कार्यक्रममा भर्रखरै सिन्धुपाल्चोक अाएका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले सिन्धुपाल्चोक सबै हिसाबले चिनेको तथा सहकार्य गर्न सहज हुनेभएपछि आफूले यो जिल्लामा आउन अपठ्यारो नमानेको प्रतिक्रिया दिए ।

यहाँका राजनैतिक दल, संघसंस्था र व्यापारी व्यवसायीहरु संग काम गर्न सजिलो हुनेभएपछि आत्मविश्वास बढेको उनले बताए । सिन्धुपाल्चोक जिल्लाको विशेषता भनेको सबैसंग सहकार्य र समन्वयत्मक भूमिका रहेको कारणले सिन्धुपाल्चोक जिल्लाको छुट्टै विशेषता रहेको उनले बताए । कर्मचारी सबै उस्तै नभएपनि मानिस विवेकशिल प्राणी भएकाले उसले आफ्नो क्षमता प्रयोग गरेर काम गर्छ भन्ने हिसाबले बुझिदिएर काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने प्रजिअ आचार्यले धारणा राखे ।

जिल्लाको समग्र सेवाप्रवाहमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउँदै उनले आफूले सिन्धुपाल्चोक उद्योग वाणिज्यसंघ लगाएत सबै व्यापारी व्यवसायीहरुमा निरन्तर सहकार्य गर्ने बचन दिए ।

कार्यक्रमका सभापति तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले बिगतमा सिन्धुपाल्चोकमा भएको बाढीपहिरो, कोभिड लगाएत माहामारीमा प्रमुख जिल्लाअधिकारी, सुरक्षाकर्मी लगाएतले साथसहयोगले विपत्तीको सामाना गरिएको बताउँदै अध्यक्ष बस्नेतले अबका दिनमा पनि सिन्धुपाल्चोक उद्योगवाणिज्य लगाएत सबैपक्षसंग सहकार्य गर्न तत्पर रहकोले यस्तो कार्यक्रमको आयोजना गरिएको बताए ।
प्रजिअ आचार्यले बिगत बर्षहरुमा तातोपानी भन्सारमा अधिकृतको रुपमा काम गर्दा मजुर तथा साना व्यवसायीको हितमा सहयोग पु¥याएको बताउँदै आगमी दिनमा समेत तातोपानी नाकामा साना व्यापारी, उद्योगी तथा मजदुरहरुको सहजताका लागि अग्रही भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए । प्रजिअ आचार्य सिन्धुपाल्चोक आउँदा सबै उद्योगी व्यवसायीहरुलाई गौराम्भित महसुस भएको संघका अध्यक्ष बस्नेतले प्रतिक्रिया दिए ।

कार्यक्रममा प्रजिअ अाचार्य, जिल्ला मालपाेत कार्यालय प्रमुख, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक लगाएत कार्यालय प्रमुखहरूलाई अध्यक्ष बस्नेतले खादामालले स्वागत गरेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य माहासंघका पूर्व केन्द्रीय सदस्य कमल कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने संघका माहासचिव सम्भुबहादुर तिमिल्सिनाले संचालन गरेका थिए । कार्यक्रममा संघका जिल्ला पदाधिकारीहरू, चाैतारा अासपासका व्यवसायी उद्योगीहरूकाे सहभागीता थियाे । कार्यक्रममा प्रजिय लगाएतलाई संघले मायाँकाे चिनाे समेत प्रदान गरेकाे थियाे ।

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ द्रारा आयोजित प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्य मालपोत प्रमुख खेमराज उपाध्य प्रहरी नायब उपरिक्षक निरन्जन भट्टराई,घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख विश्वनाथ काफ्ले, संघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार), केन्द्रीय सदस्य बेद बहादुर श्रेष्ठ, सल्लाहकार सभापति कमल कुमार श्रेष्ठ पदाधिकारी सदस्य, सल्लाहकारहरु लगाएतको उपस्थिति रहेकाे थियाे ।
यसैबीच अाज नै भएकाे सिन्धुपाल्चोक उद्योग वाणिज्य संघकाे समन्वय तथा कर कार्यालयकाे अायाेजनामा व्यापारी, व्यवसायी तथा उद्योगीहरूलाई करदाता शिक्षा कार्यक्रम दिएकाे संघले जनाएकाे छ । करदाता शिक्षा दिन कार्यालका प्रमुख लगाएत कर्मचारी संलग्न थिए । शिक्षा लिन स्थानीय व्यावसायी तथा उद्योगी सहभागी भएकाे संघकाे चाैतारा शाखाका कार्यालय प्रमुख निर्मल बस्नेतले जानकारी दिए ।