सामुदायिक मेलमिलाप कर्ता समाज जिल्ला शाखा अध्यक्षमा अग्नि दनुवार
सुमित्रा अधिकारी
पाैष २८, मेलम्ची । सामुदायिक मेलमिलाप कर्ता समाज नेपाल जिल्ला शाखा सिन्धुपाल्चोकको छैठौं साधारण सभाको तथा तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएकाे छ ।
मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त अधिवेशनले अग्नि कुमार दनुवार सर्वसम्मत कार्यसमितिकाे अध्यक्षमा चयन भएका छन् ।
शनिबार मेलम्चीमा भएकाे अधिवेशनबाट कार्यसमितिकाे उपाध्यक्षमा च्याङ्गा तामाङ, सचिवमा सुरज ढकाल र कोषाध्यक्षमा हिरा सिलवाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा नवराज धिताल, सोनाम तामाङ , भवनाथ थापा, बुद्धि कृष्ण लामिछाने , चरित्र कुमार श्रेष्ठ, हिरालाल श्रेष्ठ, ठाकुर गिरि र राजेन्द्र कुमार भण्डारी गरि १२ सदस्यीय कार्यसमिति निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक उद्दब अधिकारीले जानकारी दिए ।
उनका अनुसार १२ वटै पालिकाबाट केन्द्रीय प्रतिनिधिको रुपमा मेलम्ची नगरपालिकाबाट हरि प्रसाद धिताल, बलेफि गाउँपालिका टिका सुवेदी, जुगल गाउँपालिका हिरा माया सिलवाल, बाह्रबिसे नगरपालिका भगवान थापा, सुनकोसी गाउँपालिकाबाट तेजबहादुर खत्री ,भोटेकोसी गाउँपालिका चेङा तामाङ, त्रिपुरासुन्दरी गाउँपालिका बम बहादुर राउत , चौतारा नगरपालिका नेत्र धिताल, इन्द्रावती गाउँपालिका उद्दव अधिकारी ,पाँचपोखरि गाउँपालिका नवराज धिताल, हेलम्बु गाउँपालिका यम बहादुर ज्योति र लिसंखुपाखर गाउँपालिका हिरालाल श्रेष्ठ छनौट भएका हुन । कार्यसमितिलाइ उपप्रमुख प्रधानले शुभकामना दिएसंगै अधिवशन सम्पन्न भएकाे हाे ।