
ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्थाको पाँचौं साधारणसभा सम्पन्न

दिनेश दुलाल
पुस २१, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ मा रहेको ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्थाको पाँचौं साधारणसभा सम्पन्न भएको छ ।
२०७४ सालमा स्थापना भई १२२३ शेयर सदस्य, १३३ वटा बचत समुह र ६ वटा अन्तर समुहहरु रहेको उक्त सहकारीको साधारणसभाको वडा नम्बर १३ का वडाअध्यक्ष तथा नगर सामाजिक विकास समितिका संयोजक रामप्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
सहकारीको ५ औं साधारणसभाको उदघाटन गर्दै वडा अध्यक्ष गौतमले वडाले जनतालाई अायअार्जनका लागि केही पैसा राखेकाे जानकारी गराउँदै नगरपालिकाले घुम्ती काेष निर्माण गरेकाे समेत बताए ।
जनताले चाहेकाे जस्ताे परिवर्तन नभए पनि बिगतकाे भन्दा अहिले जनताकाे जीवनस्तरमा केही सुधार भएकाे दावी गरे ।
साना किसान सहकारी मार्फत किसानलाई बाख्रा पालन वडाकै पहल गर्न लागिएकाे उनले बताए ।
किसानले उत्पादन गरेका कृषि उपजहरूलाई सहकारीले दिवा खाजाकाे रूपमा प्रयाेग गरिएकाे प्रति प्रति प्रशंसा व्यक्त गर्दै उनले नियत राखेर सहकारीले कसैमाथि ऋण र सहयोगमा कन्चुस्याई नगर्न अाग्रह गरे । सहकारी मार्फत ऋण लिएर दिगाे अायअार्जनमा लाग्न समेत उनले अार्गह गरे ।
किसानले उत्पादन गरेकाे कृषि उपज किसानले नै बेलैमा बेच्न नसक्दा उत्पादन खेर गएकाे उनकाे तर्क छ ।
ठूलाेसिरूवारी बनाउने कुरामा सबैले सहयाेग गर्नपर्ने बेलामा राजनीतिक खिचातानीमा अल्झिएकाे भन्दै समृद्ध ठूलाेसिरूवारी बनाउन सबै क्षेत्रकाे आवश्यक रहेकाेे अाैल्याए ।
त्यस्तै कार्यक्रममा विशेष अतिथि नगर सहकारी शाखा प्रमुख दुर्गाप्रसाद ढुङगेलले ग्रामिण भेगका सहकारीहरुलाई प्राथमिकता दिएर सहकारीकै माध्यामबाट किसानहरुलाई सहयोग पु¥याईएको बताए । सहकारीले नियम र कानुन सम्वत ढंगले चल्नुपर्नेमा जोड दिंदै जनताको आर्थिक जीवनसंग जोडिएर थुप्रै कामहरु गर्न सक्ने तर्क राखे । कार्यक्रममा पूर्व जनप्रतिनिधि इन्द्रबहादुर नेपाल, सहकारी अभियान्ता शिवबहादुर केसी, सहकारीका पूर्व अध्यक्ष कुलप्रसाद दाहाल, आलोपालो अग्रसर बहुउद्देश्यका प्रवन्धक लिलाबहादुर गिरी, संस्थापक रामप्रसाद चौलागाई तोकबहादुर श्रेष्ठ र शिक्षक हरीविक्रम नेपाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारीको पाँचौं साधारणसभाको प्रतिवेदन सहकारीका अध्यक्ष होमनाथ चौलागाँईले प्रस्तुत गरेका थिए ।
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चौलागाईले यस सहकारीले आफ्नो कार्यअवधिमा साना किसान लघुवित्त वित्तीय संस्था मार्फत ३ प्रतिशत देखी १३ प्रतिशत सम्मको ऋण प्राप्तगरी आफ्ना समुहहरुमा सेवा सुविधा नलिईकन वितरण गरी बैंकिङ आवद्वताको कार्यलाई सार्थकता दिएको बताए । ४ सय ४५ ऋणी सदस्य रहेको उक्त सहकारीले हाल ३ करोड १६ लाख, १४ हजार ४ सय ४१ ऋण कारोबार भएको जानकारी दिए । उनका अनुसार ८ सय ८८ महिलाहरुको बाहुल्यता रहेको उक्त सहकारीमा ३ सय ३५ पूरुष गरेर १ हजार २ सय २३ शेयर सदस्य रहेका छन् । जसमा १ ४२ दलित सदस्य, ५ सय ८८ जनजाति सदस्य रहेका छन् ।
यसवर्ष ३ लाख ३५ हजार, ४ सय ४५ शेयर लाभांश ४० हजार ४ सय ७२ कित्ता शेयर धनीलाई वितरण गरिने समेत उनले जानकारी दिए । सहकारीले गत बर्ष नगर, वडा तथा मकैजोन लगाएत साँझेदार संस्थाहरुसंग सहकार्य गरेर किसानहरुलाई मिनि टिलर १८ वटा, व्याट्रि स्प्रे १४, टनेल प्लाष्टिक ५४, प्लाष्टिक पोखरी १ र ज्याप प्लान्ट १० वटा वितरण गरिएको उनले उल्लेख गरे ।
स्विकृत विनियम अनुसार शेयर पूँजी ३७ लाखबाट संशोधन गरी ३ वर्ष भित्रमा ५२ लाख हुँदै ८० लाख पूँजी वृद्वि गर्न सक्ने गरी उनले प्रस्ताव गरे । उनका अनुसार सहकारीले नगरको १३, १० र ८ नम्बर वडामा आफ्नो कार्यक्षेत्र बनाएको उक्त सहकारी मार्फत वडा नम्बर १० र १२ मा रहेका विद्यालयहरुलाई दिवा खाजा व्यवस्थापन गरेको छ । आगमी बर्ष दुग्ध उत्पादक किसानलाई सहुलियत कर्जाको व्यवस्था गरी उत्पादनमा वृद्वि गर्ने, सिंचाई पोखरी, लिफ्ट सिंचाई तथा कुलो निर्माण लगाएत कार्य समेतलाई निरन्तर दिने योजना बनाएको सहकारीले रासायनिक मलको आपूर्ति गर्न घुम्तिकोष तथा कृषि, तरकारी तथा दुग्धजन्य पदार्थको ओसारप्रसारका लागि मालबाहक सवारी साधन विभिन्न संस्थासंग अनुदान माग गर्ने समेत लक्ष्य लिएको अध्यक्ष चौंलागाईले बताए । सहकारीको आर्थिक प्रतिदेदन प्रवन्धक करुणा तामाङले गरेकी थिईन ।
साधारणसभा गर्नु अघि सहकारीले ६ वटा अन्तर समुह मार्फत शेयर सदस्यहरुमा पुगेर वार्षिक नीति तथा कार्यक्रम योजना प्रस्ताव गरी स्विकृत गरेको समेत सहकारीले जनाएको छ ।
यसैबीच सहकारीको बार्षिक साधारणसभाकाे अवसरमा सहकारीमा याेगदान पुर्याउने विभिन्न व्यक्तित्वहरू तथा सहकारीमा बचत तथा असल ऋणीहरूलाई सम्मान गरिएकाे थियाे ।