वन तथा वातावरण मन्त्रालयले ग¥यो यस्तो निर्णय, बँदेल मारिएमा कानुन नलाग्ने

मंसिर ७, काठमडौं । किसानहरुको दुस्मन मानिएको जंगली बँदेल सम्बन्धी नेपाल सरकारले नयाँ निर्णय गरेको छ । जसअनुसार अब केही गरी जनताले बँदेल मारे भने कानुन नलाग्ने भएको छ ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्णय गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा बिहिबार जारी गरिएको सूचनामा उल्लेख गरिए अनुसार नेपाल अधिराज्य भित्रका नीजि खेत, खला बारीमा आउने सानो जातको बँदेल बाहेकको जंगली बँदेललाई नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले एकवर्ष सम्मको लागि कृषि हानिकारक बन्यजन्तु घोषणा गरी त्यस्ता जंगली बँदेलले नीजि खेत खला बारीमा आई क्षति पु¥याउने अवस्था भएमा त्यस्तो खेत, खला, बारीका धनीले देहायको शर्तको अधिनमा रहि बिना अनिज्ञापत्र धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेकोले उक्त सूचना प्रकाशन गरिएको जनाईएको छ ।

जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानीनोक्सानी पु¥याएमा किसान एक्लै वा सामुहिक रुपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा पक्रन सक्ने सूचनाको (क) बुँदामा उल्लेख छ ।

त्यस्तै (ग) खण्ड (क) बँुदा बमोजिम जंगली बँदेललाई धपाउने वा लखेट्ने क्रममा बँदेलको मृत्यु भएका त्यस्तो बँदेललाई सम्बन्धित वडाका एकजना प्रतिनिधि सहित कम्तिमा पाँजना स्थानीय व्यक्तिहरुको रोहबरमा गाड्न वा तौलको आधारमा पञ्चकृर्ती गरी मूल्य निधारण गरेर विक्री गरेमा उक्त रकम राजश्व कार्यालयमा दाखिला गर्ने उल्लेख छ ।

कानुनी रुपमै बँदेल मार्ने भएपछि बँदेलका कारण हैरानीमा परेका किसान उत्साहित भएका छन् । सरकारको निर्णय वास्तविक किसानको मर्म र वेदनासंग मिलेको चौतारा साँगाचोकगढी नगरपालिका–११ रोशनराज गिरीले आफ्नो फेसबुक पेजमा प्रतिक्रिया दिएका छन् । सरकारले बँदेल समात्न, मार्न पाईने मात्र नभई बाँदरका सन्दर्भमा समेत किसानले समातेर बढिमा दुईवटा सम्म घरमा पाल्न पाईने ब्यबस्था गरिदिए किसानको लागि ठूलो राहत हुने उल्लेख गरेका छन् ।