चौताराका नेवार समुदायले धुमथामका साथ यसरी मनाए गाई जात्रा (फोटो फिचर सहित)

निर्मल बस्नेत
भदौ १४, चौतारा । नेवार समुदायले मनाउदै आएको विशेष पर्व गाईजात्रा अर्थात सापारु पर्व धुमथामका साथ चौतारामा मनाएका छन् । नेवार समुदायका मानिसहरु बजजारमा नेवारी भेषभूषा र बाद्यबाधनसहित घिन्ताङ घिसि र लाखे नाच प्रदर्शन गरिएको थियो ।
सिन्धुपाल्चोक जिल्लाको चौतारामा बिगतको वर्षदेखिनै गाइजात्रा पर्व बिशेष रुपमा मनाउने गरेका थिए । नेपाली पात्रोअनुसार भदौ १४ गते नै २ पर्व जनैपूर्णिमा र जाइजात्रा एकै परकोले सिन्धुपाल्चोक जिल्लाका सदरमुकाम चौतारामा भने १४ गते नै सापारु मनाइएको हो ।

चौताराका नेवार समुदायले निकालेको गाईजात्रामा हजारौं सहभागी जनता

कुनै पनि दुईवटा चाड एकै दिनमा मनाउने संस्कार नेवार समुदायमा नरहे पनि यसपटकको क्वाँटी पून्ही र गाईजात्रा पर्व एकैदिन मनाएकोे सिन्धु नेवा खलका अध्यक्ष माधवलाल कर्मचार्यले जानकारी दिए ।

विशेषगरी चौताराको पूरानो बजारमा लागेको मेलामा घिन्तङघिसीको बिशेष आर्कषण बनेको थियो । उक्त कला प्रर्दशनमा झण्डै २ सय हाराहारीका कलाकारहरु रहेका थिए । र २ हजारभन्दा माथिका दर्शकहरुको सहभिगिता रको थियो ।

बिशाल जात्रामा धिमेबाजा, लाखे नाच र विभिन्न हास्यव्यंग्यात्मक झाँकीहरु प्रदर्शनले रोचक माहोल सिर्जना भएको थियो ।
जात्रा लागेका पुरानो बजार स्थित कृष्णमन्दिरमा विगत ४५ बर्षदेखि चल्दै आएको व्यंग्यात्मक भित्ते पत्रीका प्रकाशनले जिल्लास्थीत राजनीतिक दलका नेता, कर्मचारी, पत्रकार र स्थानीय समाजसेवीहरुलाई लक्षित गरि टाँसिएका भित्ते पत्रीकाले सबैको ध्यान खिचिएको थियो । यसपालि लगत्तैसापारु पर्व भक्तपुर, ललितपुर लगायत उपत्यका बाहिरका अन्य जिल्लाहरुमा १५ गते मनाइने भएको छ ।

साथै २०७२ सालको भूइचालोले ढलेको १ सय १५ बर्ष पूरानो कृष्ण मन्दिरको पूनर्निर्माण सपन्न भएकोले भदौ २० गते नवनिर्मित मन्दिर निवर्तमान सभामुख अग्नीप्रसाद सापकोटाले उदघाटन गर्ने स्थानीय समाजसेवी एवं पत्रकार सुरेश कसजुले जानकारी दिएका छन् ।
मन्दिरको भवन उदघानसंगै भोलिपल्ट साँझमा भजनकृतन, धिमे बाजासहित कृष्णको रथारोहण हुनेसमेत उनले बताए ।