भोटेकोशी गाउँपालिका देशभरी मध्येकै नमुना गाउँपालिका बनाउने छौं

पासाङ नुर्पु शेर्पा (अध्यक्ष)
भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक

गत स्थानीय तहको निर्वाचनमा दोस्रो कार्यकालको लागि निर्वाचित भएसंगै अबका जनप्रतिनिधिले गर्नुपर्ने दायित्व र भूमिका कस्तो रहन्छ र भोटेकोशी गाउँपालिकाका आगमी प्राथमिकताहरु के कस्ता रहेका छन् भन्ने सन्दर्भमा गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पासंग सिन्धुज्वालाका सम्पादक दिनेश दुलालले लिएको कुराकानीको सम्पादित अंश–सम्पादक

१) यहाँ स्थानीय तहको निर्वाचनमा दोस्रो कार्यकालको लागि भोटेकोशी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर आउनु भएको छ । यो क्षणलाई कसरी लिनु भएको छ संक्षिप्तमा बताईदिनुहोस न

भोटेकोशीलाई मेरो एउटै मात्र उद्देश्य छ की म कुनैपनि व्यक्तिगत स्वार्थ लिएर आएको होईन । भोटेकोशीमा धेरै सम्भावना हुँदा हुँदैपनि अरु गाउँपालिकाको तुलनामा धेरै पछाडि परेको छ । भोटेकोशीलाई समृद्व भोटेकोशी बनाउनको निमित्त हामीले खाकाहरु तयार पार्दै छौं । काहाँ काहाँ के आवश्यक छ । जस्तो पर्यटकीय कुरा गर्ने हो भने यस पालिकामा ठूलो सम्भावना रहेको छ । भैरबकुण्ड, लिस्ती माई, दुगुनागढी र तातोपानी धारा लगाएत धार्मिक एवं पर्यटकीय स्थल छ तर त्यसको सहि रुपमा प्रचारप्रसार हुन सकेको छैन । प्रचारप्रसारको साथै यसलाई हामीले सदुपयोग गर्नको निम्ति लाग्ने छौं । यहाँहले हेर्न सक्नु हुन्छ । धेरै ठाउँका बस्तीहरु जोखिममा छन् । त्याहाँ धेरै कठिनायीहरु छन् । यसलाई हामीले दृघकालिन योजना बनाउने छौं । यसलाई बार्षिक रुपमा कहिले ५० लाख कहिले ४० लाख हालेर अनावश्यक खर्च गराउने काम मात्र होईन प्रत्येक कामलाई कसरी हामीले दिगो रुपमा बनाउन सकिन्छ भनेर हामी एउटा योजनामा छौं । त्यो साथसाथै यहाँको धेरै धार्मिक क्षेत्रहरु छ यो कुरालाई पनि हामीले सदुपयोगमा ल्याउन सकेको छैन । त्यस्तै चाईनासंग जोडिएको ठूलो नाका जोडिएको भोटेकोशी गाउँपालिका हुँदाहुँदै पनि धेरै कुरामा पछाडि परेको छ । तैपनि हामीले क्रमशः भोटकोशी गाउँपालिकालाई उठान गर्नको निम्ति हामी लागिरहेका छौं ।

२) यहाँ निर्वाचित हुनु अघि ५ वर्षको कार्यकाल अघिल्लो जनप्रतिनिधिले पुरा गरेर विदा हुनुभएको छ । उहाँको कार्यकालको त्यो अवधिलाई यहाँले कसरी मूल्याङकन गर्नुभएको छ ?

भोटेकोशी गाउँपालिकामा अघिल्लो पाँचवर्षको कार्यकाल त्यति सफल भएको मैले पाईन । हुनत संघीय संरचना आईसकेपछि बनेको पहिलो स्थानीय तहको कार्यकालमा रहनु भएका निवर्तमान जनप्रतिनिधिलाई सबैकुरा बुझ्न अलि समय लागेको होकी भन्ने मलाई भान भएको छ । तर यहाँ समग्र रुपमा हेर्ने हो भने वास्तवमै देखिने जस्तो काम यो चाँही चेन्ज आको छ र यो ठाउँमा चाँही यो स्मरणीय विकास चाँही भएको छ वा परिवर्तन भएको छ भन्ने कुरा मैले भेटेको छैन । यसलाई मैले कसरी बुझेको छु भन्दा यो पहिलोचोटी हो । संघीय संरचना आईसकेपछि पहिलोचोटी भएको कारणले गर्दा यसलाई बुझ्न, संरचना बनाउन शिष्टममा लानलाई नै समय लागेको हो जस्तो मैले बुझ्छु ।

३) त्यसो भए अब यहाँको कार्यकालमा चाँही चेन्ज हुने काम गर्छौ भन्न खोज्नु भएको हो ?

संघीय सरचना आईसकेपछि पाँचवर्ष वितिसक्दा हुन नसकेपनि नयाँ कार्यकालमा हामीले केही न केही त पक्कै नयाँपन पाउँछौं । भोटेकोशी गाउँपालिकाका जनताले महसुस गर्नुहुन्छ की साँच्चिकै स्थानीय तहमा पनि सरकार रहेछ, सिंहदरबार गाउँ गाउँमा पुगेको रैछ भन्ने कुरा महसुस गराउन हामी लागि पर्ने छौं । यो चेन्ज गर्नको लागि त सबैभन्दा ठूलो कुरा भनेको त्यसलाई हामीले दृघकालिन रुपमा समाधान गर्न सक्यौ भने अरु विकास निर्माणको विषयमा खासै समय लाग्छ जस्तो मलाई लाग्दैन ।

४) यो भोटकोशी गाउँपालिका गत वर्ष देखि नै बाढी पहिरोको चपेटामा छ । यहाँका संरचना बाढी पहिरोका कारण क्षतविक्षत भएकाा छन । यसलाई पूर्व अवस्थामा पुननिर्माण गर्न यहाँहरुले कसरी गर्न सक्नुहोला ?

पहिलो कुरात यो क्षेत्र बाढी पहिरोको एकदम जोखिम क्षेत्र हो । सिन्धुपाल्चोक जिल्ला भरीकै सबैभन्दा बढी क्षति भएको भोटेकोशीलाई जोखिम क्षेत्र भनेर तोकिसेको छ । यसलाई हामीले पूर्व तयारीहरु जस्तै विपद व्यवस्थापनको लागि उपयोग हुने औजारहरु खरिद प्रक्रिया अगाडि बढाएका छौं । धेरै प्राकृतिक घटनाहरु घटिराख्ने भएको कारणले यसलाई प्रथाथमिकता राखेका छौं । बैशाख भन्दा अगाडि नै पूर्व तयारी गरिसक्नु पर्दथ्यो । काँहा काँहा पहिरो खस्ने सम्भावना छ । काँहा बस्तीहरु जोखिम अवस्थामा छन् । कस्तो खालको प्रकोप हुन सक्छ यसलाई अध्ययन गरेर पहिल्यै पूर्व तयारी गरिसक्नु पर्ने हुन्छ । त्यो कुरा हामीले गत स्थानीय तहको चुनावको कारणले भ्याईएन । तर पनि हामीले तत्कालै प्रक्रिया अगाडि बढाई सकेका छौं । कति ठाउँमा बाटो बिग्रेको छ । जनताले धेरै दुखः र कठिनायी पाएको अवस्था छ यस समस्यालाई हामीले समाधान गर्ने कोसिस गर्ने छौं र आगमी वर्ष देखि यस्ता खालका प्रकोपहरु आउन नदिने लगाएतका पूर्व तयारी गरिसकेका छौं ।

५) भोटेकोशी गाउँपालिका १२ स्थानीय तहमध्ये कान्छो गाउँपालिकाको रुपमा लिईन्छ । त्यस्तै बजेट पनि कान्छो गाउँपालिकाकै रुपमा दिएको देखिन्छ । नेपाल सरकारले छुट्टयाएको जम्मा २६ करोड बजेटमा समग्र भोटेकोशीको समस्यालाई समाधान गर्न कति सम्भव होला ?

यहाँले भने जस्तै बजेट विनियोजनमा भोटेकोशी गाउँपालिकालाई कान्छो गाउँपालिकाको रुपमा दिईएको छ । त्यो बजेटले यहाँ केही पनि गर्न सकिदैन । किनकी यहाँ गर्नुपर्ने धेरै कुराहरु छ । त्यसैले हामीले यो वर्ष पुरै योजना बनाउँछौं । जस्तो की काहाँ काँहाा के कति आवश्यकता छ र के कति लागत लाग्नेछ । यो सबै कुरा हामीले योजनामा बदलि सकेपछि हामीले प्रदेश, केन्द्र सरकारसंग तथा विकास निर्माणको लागि सहकार्य गर्ने धेरै संघसंस्थाहरु छन तिनी संग सहकार्य तथा कार्यक्रम पेश गर्छौ र क्रमवद्व एकवर्षमा नसकेपनि पाँचवर्षमा यहाँका भोटेकोशीका जननताले फलानको कार्यकालमा यति चाँही चेन्ज भएको छ भन्ने कुरा पक्कै अनुभूति गर्नुहुनेछ त्यो कुरामा हामी एकदमै लागि परेका छौं ।

६) त्यसो भय भोटेकोशी गाउँपालिकाको लागि यहाँको आगमी प्राथमिकताका विषयहरु कुन कुन छन त ?

मेरो पहिलो काम भनेको यहाँका जनताले जसरी कठिनायी भोगि रहेका छन् । त्यो विषय भनेको मुख्य बाटो नै हो । सडकलाई पाँचपर्ष भित्र पाँचैवटा वडा समेट्ने गरी निर्माण गरिने छ । जस्तोकी कम्तिमा पनि १२ महिना सवारी साधन चल्नेगरी वातावरण बनाउने छौं । यो मेरो सपना हो म पुरा गरेरै छाड्ने छु । यहाँको मिडिया मार्फत आम भोटकोशी बासीलाई जानकारी गराउन चाहान्छु । र दोस्रो भनेको खानेपानीको पनि समस्या छ । स्वास्थ्य, शिक्षा लगाएतको समस्या छ । यहाँ २९ वटा स्कुलहरु छन् । यहाँका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउन सकेका छैनन् , उच्च शिक्षा पाउन सकेका छैनन् । स्वास्थ्य र शिक्षाको लागि यो वर्षमै मैले केही सुधार ल्याउँछु । भोटकोशी गाउँपालिकामा कृषि उत्पादनको निम्ति प्रशस्त जग्गा नभएपनि केही फलफूलहरु लगाउन सक्ने सम्भावना छ त्यसलाई हामीले सदुपयोगमा ल्याउने छौ । साँच्चै भोटेकोशी गाउँपालिका कान्छो गाउँपालिका भएपनि देशैभरीको नमुना गाउँपालिका बनाउने संकल्प लिएको छु ।

७) अन्तमा यस मिडिया मार्फत यहाँको भनाई केही छ की ?

हाम्रो गाउँपालिकाको सन्दर्भमा यहाँको मिडिया मार्फत मेरो धारणा तथा विचारहरु सम्प्रेशण गरिदिनु भएकोमा यहाँ र यहाँको मिडियालाई विशेष धन्यवाद व्यक्त गर्दछु । धन्यवाद ।