पुरानै ठाउँबाट मेलम्चीमा बेलिब्रीज, दुईबर्ष देखिको आवातजावत सुचारु


अषाढ २२; सिन्धुपाल्चोकको मेलम्ची नदीमा पुरानै ठाउँबाट बेलिब्रीज निर्माण भएको छ । यो पुल निर्माण भएसंगै दुईबर्ष देखिको ईन्द्रावती तथा पाँचपोखरी थाङपाल गाउँपालिका संगको आवातजावत सुचारु भएको छ । दुई साता नपुग्दै निर्माण भएको बेलिब्रीज शुक्रबार औपचारिक रुपमा सुरुवात भएको हो । उक्त पुलको उदघाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गरेका हुन् ।

मेलम्ची नदीमा पुरानै ठाउँबाट बेलिब्रीज निर्माण भएको छ । यो पुल निर्माण भएसंगै दुईबर्ष देखिको ईन्द्रावती तथा पाँचपोखरी थाङपाल गाउँपालिका संगको आवातजावत सुचारु भएको छ

उदघाटन पछिको सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आफु बोल्ने मात्र नभई काम गर्न आएको र आफुले निर्वाचनको बेला जनता समक्ष गरेको सबै बाचाहरु आफ्नो कार्यकाल भित्रै पूरा गर्ने अभिलाशा अनरुप उक्त पुल बन्न सकेको जिकिर गरे । मन्त्री बस्नेतले बाढीले बगाएका सबै पुलहरु कार्यकाल भित्र नै बनाई सक्ने, यो बेलिब्रिज शुरुवात मात्र भएको बताए । बेलिब्रिज निर्माणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिंदै उनले पुल निर्माणमा अहोरत्र खट्ने नेपाली सेनाको खुलेर प्रशंसा गरे ।

कार्यक्रममा पनि विशेष अतिथि रहेका प्रधान सेनापति प्रभुराम शर्माले जनतालाई विपद पर्दा नेपाली सेना हेरेर बस्न नसक्ने र मेलम्ची बाढीमा पनि सेनाले दिनरात नभनि उद्दार कार्यमा खटिएको बताए । भविष्यमा समेत जनतालाई पर्ने हरेक आपत विपदमा सेवा गर्न नेपाली सेना तयार रहेको प्रतिवद्वता जनाए ।

सो कार्यक्रम बागमती प्रदेश सांसद कृष्ण कुमार तामाङको अध्यक्षतामा भएको हो । २ सय २० फिट लम्बाई तथा अधिकतम भारवहन क्षमता १८ टन क्षमता भएको अस्थायी एमपी ब्रीज निर्माण भएको हो ।

२०७८ असार १ गते आएको बाढीले पुलमा क्षती पुगेपछि स्थानियलाई आवातजावत गर्न र सवारी साधन नचल्ने भएपछि कठिनाई भएको थियो । मेलम्ची बाढीले इन्द्रावती, पाँचपोखरी जोड्ने पुल बगाएपछि सोही ठाउँमा नेपाली सेनाले बेलिबृज निर्माणको जिम्मा पाएको थियो । दुई वर्षपछि बेलिबृज निर्माण सम्पन्न भएको हो । मेलम्ची १० र ११ जोड्ने बेलिब्रीजले मेलम्चीका केही वडाका साथ पाँचपोखरी र इन्द्रावती गाँउपालिकालाई यातायातमा सहज भएको स्थानीयको भनाई छ ।