हेलम्बुको नीति तथा बजेट कार्यक्रम ः शिक्षाई विशेष प्राथमिकता

बैशाख ११, (२०८०) हेलम्बु । हेलम्बु गाउँपालिकाले आफ्नो गाउँसभा अर्थात वर्षे अधिवेशन सम्पन्न गरेको छ । आईतबार सम्पन्न गाउँसभाको नीति तथा बजेट कार्यक्रम बहुमतले पास गर्दै शिक्षालाई विशेष प्राथमिकता दिएको छ ।

शैक्षिक विकासको लागि शुन्य ड्रप आउटको निति लिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले प्रस्तुत गरेको नितितथा कार्यक्रममा विद्यार्थी भर्ना हुँदा विद्यार्थिको खातामा १ लाख रकम जम्मा गरिदिने कार्यक्रम सार्वजानिक गरेको हो । गाउँपालिका अध्यक्ष अप्सरा लामिछानीद्वारा प्रस्तुत नितितथा कार्यक्रममा हेलम्बु गाउँपालिका भित्र स्थायी बसोबास गर्ने प्रति घर परिवारहरुबाट बार्षिक रु १ हजार शैक्षिक कर लिने व्यवस्था गरिने उल्लेख छ । आगामी आ.व देखि गाउँपालिकामा एक शैक्षिक कोषको स्थापना गरिनेछ उक्त कोषमा हेलम्बु गाउँपालिका भित्र कार्यक्रम संचालन गर्न अनुमती लिएका संघसंस्थाहरुले कार्यक्रमको १० प्रतिशत रकम अनिवार्य साझेदारी गर्नुपर्ने निति अगाडि बढाइने उल्लेख छ ।

साथै यस गाउँपालिकामा विद्यालय पुरा नभई विचमै पढाई छोड्ने विद्यार्थिहरुको संख्या वृद्धि हुँदै गएको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले आगामी शैक्षिक शत्रदेखि प्रत्येक विद्यालयमा वाल विकास कक्षा पार गरी कक्षा १ मा भर्ना हुने प्रत्येक छात्राको खातामा १ लाख रुपैँया जम्मा गरिदिने भएको हो । सो रकम स्नातक दोस्रो बर्षसम्म अध्ययन गरेमा निज छात्राले नै खर्च गर्न पाउने तर उक्त तहसम्म अध्ययन नगरेमा गाउँपालिकाले स्वतः फिर्तालिने नीति लिएको हो ।

गाउँपालिकाले पालिका भित्रको शिक्षालाई समान रुपले अगाडी बढाउने उद्देश्यका साथ गाउँपालिका भित्र रहेको संस्थागत विद्यालयका विद्यार्थिहरुलाई पनि दिवा खाजामा समावेश गराउनुका साथै विद्यालयलाई लाग्ने सम्पूर्ण खर्च गाउँपालिकले व्यहोर्ने र विद्यार्थिसँग कुनैपनि शुल्क लिन नमिल्न नीति अगाडी बढाइएको गाउँपालिकाले जनाएको छ । त्यस्तै हेलम्बु गाउँपालिका भित्र स्थायी बसोवास गर्ने दलित महिलावाट जन्मिएको दलित सन्तानले गाउँपालिका भित्रको सामुदायिक शैक्षिक संस्थाबाट माध्यमिक तह उर्तिण गरी स्नातक तहको दोस्रो वर्षमा अध्ययन गरिरहेको छात्राहरुलाई कार्यविधि वनाएर जनही रु एक लाख प्रदान गरीने व्यवस्था मिलाईने निति तथा कार्यक्रममा उल्लेख छ ।

हेलम्बुबासी नागरिकको स्वास्थ्य उपचारमा टेवा पुर्याउनु गाउँपालिकाको प्रमुख दायित्व रहेको गाउँपालिकाले तिथि लिएको छ । हेलम्वु सरकार आफ्ना नागरिकको स्वास्थ्य प्रति जिम्मेवार हुदै गत अर्थिक वर्ष देखि दिर्घरोगीलाई निःशुल्क औषधि वितरण, निःशुल्क एम्वुलेन्स सेवा, सुत्केरीलाई घर घरमै स्वास्थ्य उपचार तथा पोषण कार्यक्रम संचालन गर्दै आईरहेको उल्लेख गर्दै हाल हेलम्बु गाउँपालिकामा कुनै जटिल रोग लागेमा आफ्नो सम्पूर्ण सम्पत्ती उपचारमा लगाउँदा समेत उपचार हुन नसक्ने अवस्थालाई मध्यनजर गरी प्रत्येक नागरिकको स्वास्थ्यको उपचार साथमा स्थानीय सरकार कार्यक्रम सञ्चालन गरी गाउँपालिका भित्र बस्ने सम्पूर्ण नागरिकको न्यूनतम लागत सहभागीतामा एक कोष खडा गरिने अध्यक्ष शेर्पाले बताए । उक्त कोषवाट हेलम्वुवासीको सम्पूर्ण उपचार गाउँपालिकाले निशुल्क गर्ने ब्यबस्था मिलाउन आवश्यक संयन्त्र सहित नीतिगत ब्यबस्था गरी आगामी आर्थिक वर्षदेखि कार्यक्रम कार्यन्वयन गर्नको लागि २ करोड बजेट व्यवस्था गरिएको छ ।

पूर्ण अपाङ्ग व्यक्तिहरुको लागि पूर्नस्थापना सेवा केन्द्रः यस गाउँपालिका भित्र दिर्घरोग (प्यारालाईसिस) भई घरमै रहेका विरामीहरुको लागि विभिन्न संघ संस्थाहरु सँग समन्वय गरि यसै आर्थिक वर्षमा एक स्याहार केन्द्रको स्थापना गरिनेछ । उक्त स्याहार केन्द्र स्थापना नभएसम्मको लागि घरमै प्यारालाईसिस भई बसेको विरामीको रेखदेख गर्ने परिवारको एक सदस्यलाई मासिक रुपमा रु २००० उपलब्ध गराइने निति तथा कार्यक्रममा उल्लेख छ ।

स्याहार केन्द्रमा परिवारको कोहि सदस्य नभई एकल बसोवास गरिरहेको बृद्ध, अशक्त अवस्थाका नागरिकहरु रहनेछन् र सो स्याहार केन्द्रमा स्वास्थ्य र खानाको प्रवन्धको व्यवस्था गरिनेछ । गाउँपालिका भित्र पूर्ण रुपमा अपाङ्ग भएका विद्यार्थीहरुको लागि ह्वीलचियर र वैशाखी वितरण गरिनुका साथै प्रत्येक विद्यालय, सरकारी कार्यालय लगायतका कार्यालयहरु अपांग मैत्री बनाईने निति लिइएको छ । यसको लागि आवश्यक बजेटको व्यवस्था गरिने भएको छ ।

नागरिकको स्वास्थ्य उपचार, घर घरमा डाक्टरः यस हेलम्बु गाउँपालिका भित्र वसोवास गर्ने महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै गत आर्थिक वर्षमा संचालन गरिएको पाठेघरको मुखको क्यान्सर जाँच तथा आङ खस्ने समस्या सम्वन्धी शिविरवाट ५८० जना महिलाहरुले लाभ प्राप्त गरेका छन ।उक्त कार्यक्रमको प्रभावकारीतालाई हेरी यस आर्थिक वर्षमा समेत उक्त शिविरलाई निरन्तरता दिईने छ। साथै एक जना डाक्टर तथा आवश्यक स्वास्थ्य कर्मीको व्यवस्था गरी गाउँपालिका भित्रका प्रत्येक वस्तीमा गएर दिर्घरोगी, बालबालिका, जेष्ठनागरिक अशक्त लगायत गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयमा अध्ययनरत विद्यार्थिहरुको समेत निशुल्क स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाईनेछ ।

मानवको सर्वपक्षिय विकासको लागि सुनौलो १००० दिनको सुत्केरी आमा विशेष कार्यक्रमः बालबालिकाको बौद्विक विकास गर्भमा रहँदा ३० प्रतिशत, जन्मेको १ वर्ष भित्र थप २५ प्रतिशत र २ वर्षमा थप २५ प्रतिशत गरि २ वर्ष भित्रमा ८० प्रतिशत बौद्विक विकास हुने र यसरी वालवालिका ५ वर्षको हुँदासम्म ९० प्रतिशत बौद्विक विकास भइसक्ने भएको हुनाले सो अवधिलाई गाउँपालिकाले गर्भमा हुँदा आमा र जन्मे पश्चात बच्चालाई कम्तीमा २ वर्ष सम्म आफ्नो निगरानीमा राखी बौद्धिक विकासको लागि आवश्यक व्यवस्था मिलाउने तर्फ विशेष पहल गरिने उल्लेख छ । यसको लागि गाउँपालिका भित्र रहेका प्रत्येक गर्भवती आमाहरुलाई गर्भवती भएको ३ महिनादेखि सुत्केरी भए पश्चात ४५ दिन सम्मको लागि आवश्यक पर्ने क्याल्सियम गाउँपालिकाले निशुल्क उपलब्ध गराउदै आएको र १००० दिनको आमाहरुको लागि दिनको एउटा अण्डा उपलब्ध गराउदै आएको कार्यक्रमलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिईने निति लिएको अध्यक्ष शेर्पाले बताए ।

यस्तो छ बजेट तथा नीति कार्यक्रम
निति-तथा-कार्यक्रम-२०८०-८१-फाईनल